‘पोषण मार्फत जीवन रुपान्तरण’ परियोजनाद्वारा सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

रामु यादव, कपिलवस्तु
कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा हेलन केलर इन्टरनेशनलको साझेदारीमा सञ्चालित पोषण मार्फत जीवन रुपान्तरण परियोजना द्वारा सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ को अनुसार लुम्बिनि प्रदेश मा ६ देखि ५९ महिना का बच्चाहरु मा १६ प्रतिशत ख्याउटेपन रहेको छ । कपिलवस्तु जिल्लामा बर्षौ देखि कुपोषण विरुद्धको को कार्यक्रम सञ्चालन भए पनि कुपोषणको स्थिति आवश्यकता अनुसार सुधार भएको छैन ।

कालिका स्वावलम्बन सामाजिक केन्द्र तथा हेलन केलर इन्टरनेशनलको साझेदारीमा सञ्चालित पोषण मार्फत जीवन रुपान्तरण परियोजनाले कपिलवस्तु जिल्लाको ६ वटा स्थानीय तहमा ६.५९ महिनाको बच्चाको मुआक स्क्रीनिंग,घर भेट जस्तो कार्यक्रम सञ्चालन गरि पोषण स्थतिको अवस्था पत्ता पहिचान गरि यस जिल्लामा ६.५९ महिना बच्चाको कुपोषण स्थिती ६.७५ पहिचान भएको छ ।

६.५९ महिना सम्मा बच्चाहरु २८०८० को स्क्रीनिंग गर्दा १८८० बालबालिका कुपोषित रहेको पहिचान भएको छ। जसमध्ये कडा शीघ्र कुुपोषण बालबालिका १२५ र मध्यय शीघ्र कपोषित बालबालिका १५२५ रहेको छन । महाराजगन्ज नगरपालिका मा ८.६५, विजयनगर गाउँ पालिकामा ८५, यसोधरा गाउँ पालिकामा ७।८५,मायादेवी गाउँ पालिकामा ७.३५, शुद्धोधन गाउँ पालिकामा ५.९५ र शिवराज नगरपालिकामा ३.२५ रहेको फिल्ड कोर्डीनेटर सुदर्शन गौतमले बताउनु भयो ।

यस परियोजना द्वारा कडा शीघ्र कुपोषित बालबालिका लाई आर.यु.टी.एफ. र मध्यम शीघ्र कुपोषित बालबालिका लाई सुपर सिरियल प्लस खुवाएर सुपोषित बनाउनुको साथै कपिलवस्तु जिल्ला लाई सुपोषित बनाउने उद्देश्य कार्यक्रम गरिएको हो । सेवाको पहुँच बढाउन ओटिसी सेन्टरको विस्तारका लागि उचाइ लम्बाइ र तौल नाप्ने मसिन र ओटिसी सेन्टरलाई सबलीकरणको लागि अनसाइट कोचिङ जस्ता कार्यक्रमहरू पोषण मार्फत जीवन रुपान्तरण कार्यक्रमबाट लागू गरिएको थियो ।

आफुहरुले कुपोषण विरुद्ध गाउँ गाउँ अभियान सञ्चालन गरिए पनि चेतना स्तर र अपनत्व ग्रहण नगर्दा समस्या भएको कार्यक्रम फिल्ड कोर्डीनेटर सुदर्शन गौतमले बताउनु भयो ।

कुपोषण जिल्लाको मुख्य समस्याको रुपमा देखा परेको र कुपोषण कै कारण जिल्लाको धेरै बालबालिका समेत रक्तअल्पताको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नारायण चौधरीले बताउनु भयो ।

कपिलवस्तु जिल्ला स्वास्थ्य क्षेत्रमा निकै पछाडि परेको चिन्ता व्यक्त गर्दै कुपोषण अवस्थामा सुधार ल्याउन पालिका तथा सरोकारवाला लाई विशेष पहल गर्नु पर्ने कपिलवस्तु जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यले बताउनु भयो ।

यस परियोजना द्वारा कपिलवस्तु जिल्लाको १० वटै स्थानीय तहहरुमा ६.५९ महिना बालबालिका को पोषण स्थिती सुधार गर्ने उद्देश्यले काम गर्ने भन्ने प्रतिबद्धता कालिका स्वावलम्बन सामाजिक केन्द्र को अध्यक्ष रामेन्द्र सिंह रावलले गर्नुभयो।

कालिका स्वावलम्बन सामाजिक केन्द्रको महासचिव तथा हेलन केलर इन्टरनेशनलको साझेदारीमा सञ्चालित पोषण मार्फत जीवन रुपान्तरण परियोजनाको कपिलवस्तु जिल्लाको फोकल व्यक्ति शान्ता पौडेलको सञ्चालन, जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्यको अध्यक्षता, कपिलवस्तु जिल्लाको स्थानीय ६ वटै तहको प्रमुख, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा संयोजक, कालिका स्वावलम्बन सामाजिक केन्द्रको कार्यसमिति सदस्य, कालिका स्वावलमबन सामाजिक केन्द्र तथा हेलन केलर इन्टरनेशनलको साझेदारीमा सञ्चालित पोषण मार्फत जीवन रुपान्तरण परियोजना कर्मचारी र गैससंको अध्यक्ष लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।


प्रकाशित : २०८१ जेष्ठ २८, सोमबार १७:१३