हरि आचार्य, कपिलवस्तु
दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोगमा, विद्युत प्रसारण तथा वितरण सुदृढीककरण परियोजना, नयाँ बुटवल लमही ४०० केभी प्रसारण लाइन आयोजनाको वातावरणिय प्रभाव मुल्यांकनको मस्यौदा प्रतिवेदन उपर छलफल तथा अन्तरक्रिया गरिएको छ । कपिलवस्तु जिल्लाका विभिन्न पालिकामा तयार पारिएको अहिले सम्मको प्रतिवेदन सार्वजनिक गरिएको हो । जिल्लाको बाणगंगा नरपालिकका, बुद्धभूमि नगरपालिका र शिवराज नगरपालिकामा कार्यक्रम गरिएको हो ।
नेपाल सरकार र एसियाली बिकास बैंकको सहुलीयतपूर्ण ऋण सहयोगमा यो आयोजना निर्माण हुने भएसंगै विद्युत आपुर्तिमा सुधार आउने विश्वास व्यक्त गरिएको छ । बुटवल देखि लमहीसम्म करिव १ सय ७० किलोमिटर ४०० केभी अर्थात ४ हजार मेगावाट क्षमताको विद्युत प्रसारण गरिने योजना रहेको छ ।
जायोजना अध्ययनको कममा अन्य थुप्रै वैकल्पिक रुट अलाईन्मेन्ट बारेमा छलफल गरि रुट निर्धारण गर्दा न्युन जग्गा अधिग्रहण, आदीवासी, सीमान्तकृत एवम् स्थानीय समुदायमा न्युन प्रभावको आधारमा छनोट गरिएको कार्यक्रममा जानकारी गराईएको थियो । लोपोन्मुख प्रजातिहरु सहित प्रमुख प्रजातिहरुको बासस्थानको ह्रास, चुरे संरक्षण क्षेत्रको प्रभाव लगायत सम्पुर्ण क्षेत्रको प्रभावलाई न्युनिकरण गर्दै आयोजनाको काम हुने कार्यक्रममा बताईएको छ ।
आयोजनाका प्रमुख वीरेन्द्र कुमार झाले वस्तीको रुट बाट आयोजनाको काम सञ्चाल गर्दा धेरै घरपरिवारलाई समस्या हुने भएकाले जंगल क्षेत्रबाट रुट निर्धारण गरिएको बताउनुभयो । उहाँले आयोजनाको काम गर्दा नष्ट काट्नुपर्ने रुखहरुको सन्दर्भमा मासिएको बन क्षेत्र खरिद गरि एक रुख बराबर १० वटाका दरले वृक्षरोपण गरि वातावरणिय सन्तुलनलाई कायम राख्ने बताउनुभएको थियो ।
कार्यक्रममा आयोजनाको अहिले सम्म भएको प्रगति, वातारणीय प्रभाव मुल्यांकन प्रस्तुतीसंगै उपस्थित सरोकारवालाहरुको जिज्ञासाको जवाफ एसियाली बिकास बैंककाका प्रतिनिधि निक स्किनरले दिनुभएको थियो ।
बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, उप–प्रमुख रीता कुमारी चौधरी, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, वडाध्यक्षहरु, सामुदायिक वनका पदाधिकारी तथा सदस्यहरुले सबै पक्षलाई सन्तुलनमा राखि योजना सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा आयोजनका प्रशासन प्रमुख नारायण अधिकारी, लेखा प्रमुख पुष्प ढुंगाना, ईन्जिनियर अनिल भट्टराई, संजय पौडेल, दिपेन्द्र ठाकुर, सुपरभाईजर सन्तोष वाग्ले, प्रकाश देवकोटा, लेखापाल छविलाल पन्थी गायतको उपस्थिती रहेको थियो । आयोजनाले केहि दिन अगाडि रुपन्देहीका सैनामैना र देवदह नगरपालिकामा कार्यक्रम सम्पन्न गरिसकेको छ भने भोलि दाङ्को राप्ती गाउँपालिका र लमहि नगरपालिकामा कार्यक्रम हुने प्रशासन प्रमुख नारायण अधिकारीले जानकारी दिनुभयो ।
उक्त आयोजनाले नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, अर्घाखाँचीका ११ पालिका छुने बताईएको छ ।
यस्तो छ आयोजनाको वातावरणीय मुल्यांकन प्रभावसंगै विस्तृत विवरण






















