हरि आचार्य, कपिलवस्तु
हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहकारी शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम मार्फत शेयर सदस्यहरुलाई सचेत गराएको छ । बाणगंगा नगरपालिका २ पिपरा स्थित उक्त सहकारीले शेयर सदस्यहरुलाई उक्त तालिम प्रदान गरेको हो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लुम्बिनी प्रदेश प्रमुख नारायण बेल्बासे प्रमुख प्रशिक्षकको रुपमा रहनुभएको थियो । उहाँले शेयर सदस्यहरुलाई सहकारी भनेको के हो, सहकारीमा आवद्ध किन, सहकारीका मुल्य मान्तयताहरुको बारेमा स्पष्ट पार्नुभएको थियो । त्यस्तै प्रशिक्षक बेल्बासेले बचत गर्ने तरिका, बचतका महत्व, सहकारीमा आवद्ध भए पछि शेयर सदस्यहरुले सहकारीको दिगो व्यबस्थापनका लागि शेयर सदस्यले पुरा गर्नुपर्ने दायित्वको बारेमा प्रशिक्षण प्रदान गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले यो सहकारी बाणगंगा नगरपालिका भित्र रहेका सहकारी मध्ये सुशासन र पारदर्शि सहकारीको सुचीमा पर्ने बताउनुभयो । उहाँले अन्य सहकारीको भ्रम तर्फ नलागि ढुक्क भएर बचत गर्न अनुरोध गर्नुभयो । नगरपालिकाका प्रवक्ता समेत रहनुभएका पौडेलले नगरपालिका भित्रका व्यक्तिहरुनै संचालक रहेका सहकारीमा अहिले सम्म समस्या नआएको बताउनुभयो ।
सहकारीका अध्यक्ष सुरेन्द्र पाण्डेले सहकारीको वर्तमान अवस्था, आगामी कार्ययोजनाको बारेमा स्पष्ट पार्नुभएको थियो । अध्यक्ष पाण्डेले आफ्नो नेतृत्वमा संचालक समिति बने पछि सहकारीमा सुशासन, पारदर्शिता र जवाफदेहीतालाई मुल मन्त्र बनाई अगाडि बढेको बताउनुभयो । अध्यक्ष पाण्डेले कार्यक्रममा सफल बनाउन सहयोग गर्नुहुने शेयर सदस्य, प्रमुख अतिथि, प्रशिक्षक लगायत सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।
सहकारीका सचिव यादव मरासिनीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
वि.स.२०६६ साल असोज १ गते स्थापना भएको हाम्रो दिगो बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ८ सय ५८ जना शेयर सदस्य रहेका छन् ।