
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाको आगामी आर्थिक बर्ष २०८१/८२ को नीति, कार्यक्रम र बजेट भोलि सार्वजनिक हुने भएको छ । बाणगंगा नगर कार्यपालिकाको २१ औं बैठक दोस्रो बैठकको निम्ति कार्यसूची पास गरेको छ । नगरप्रमुख चक्रपाणी अर्यालज्यूको अध्यक्षतामा सम्पन्न बैठकले बैठकले १५ औं नगरसभाको पहिलो अधिवेशनको दोस्रो बैठकको निमित्त कार्यसूची पास गरेको नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेलले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।
प्रथम अधिवेशनको दोस्रो बैठक भोलिनै असार १० गते बिहान ७ः३० बजे मायादेवी रिसोर्ट बैरी यामा आयोजना गर्ने निर्णय गरिएको छ । उक्त नगरसभामा आर्थिक वर्ष २०८१÷८२ को कार्यपालिकाको बैठकको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले गर्नुभएको थियो । छलफल पश्चात विषय राखिएका विषयवस्तुहरू पास भइसकेपछि सोही दिन अर्थात् भोलि असार १० गते १ बजे भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारीको प्रमुख अतिथ्यतामा आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम र बजेटलाई सार्वजनिककरण गर्ने कार्यक्रम समेत कार्यपालिकाको बैठकले पारित गरेको बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेलले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।
आगामी आर्थिक बर्षको बजेट तथा कार्यक्रम एवं विनियोजन विधेयक नगरका उप प्रमुख रिता कुमारी चौधरीले पेश गर्नुहुनेछ ।
यसैगरी विभिन्न विषयगत छवटा समितिका संयोजकहरूले आआफ्नो समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यतालिका समेत पास गरिएको छ । पेश गरिएका प्रस्तावहरू नगरसभाका सदस्यबाट राखिएका जिज्ञासाहरूलाई नगर प्रमुख चक्रपाणि अर्यालले सम्बोधन हुनेछ । यसपछि सभामा विविध विषयहरूमाथि विविध विषयहरूलाई निर्णयर्थ पेश गरिनेछ ।
बैठकमा नगर उप प्रमुख, वडा अध्यक्षहरू, कार्यपालिकाका सदस्य र विषयगत शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो । आजको बैठकको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले गर्नुभएको थियो ।

