ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा नगरपालिकाद्धारा १ अर्ब ६२ करोड बढीको बजेट सार्वजनिक

Lumbini Darpan 2 २०८१ असार १०, सोमबार २०:०३

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकाले आगामी आर्थिक बर्षका लागि १ अर्ब ६२ करोड ४६ लाख ८६ हजार बराबरको नीति, कार्यक्रम तथा बजेट पेश गरेको छ । नगरपालिकाको १५ औं नगर सभामा स्वीकृत आगामी आर्थिक बर्ष २०८१/८२ का लागि योजना, बजेट तथा कार्यक्रम नगर उप प्रमुख रीता कुमारी चौधरीले पेश गरी एक कार्यक्रम गरि सार्वजनिक समेत गरिएको छ ।

बाणगंगाले आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेटमा आर्थिक बिकास तर्फ ७ करोड २७ लाख ७४ हजार, सामाजिक विकास तर्फ ९१ करोड ११ लाख ५९ हजार, भौतिक पुर्वाधार तर्फ ४१ करोड ६९ लाख ९९ हजार विनियोजन गरेको छ । त्यस्तै वन वातावरण तथा विपद व्यबस्थापन तर्फ २ करोड २ लाख १० हजार, सुशासन तथा संस्थागत विकास तर्फ २० करोड ३५ लाख ५० हजार बजेट विनियोजन गरिएको बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले बताउनुभयो ।

कार्यक्रममा नगरपालिकाले उत्कृष्ट उद्यमी, कर्मचारी, पत्रकार, रोजगारीकर्ता, नगरपालिकाको लोगो डिजाईनकर्ता लगायतलाई नगद राशि, खादा सहित सम्मान समेत गरेको छ ।

नीति, कार्यक्रम तथा बजेट सार्वजनिकिकरण कार्यक्रमका प्रमुख अतिथि भुमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नगरको बजेट उत्कृष्ट रहेको भन्दै कार्यान्वयन महत्वपुर्ण पाटो रहेको बताउनुभयो । मन्त्री अधिकारीले जिल्लाको विकास लागि संघबाट विभिन्न क्षेत्रका लागि बजेट विनियोजन भएकाले आफु जिल्लाको विकासका लागि तल्लीन रहेको बताउनुभयो । उहाँले बाणगंगाको बजेटले मात्र नगर समृद्ध नहुने भन्दै संघ प्रदेशबाट पनि पहल भईरहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय सभा उपाध्यक्ष बिमला घिमिरे, लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपानेले बजेट कार्यान्वयनका लागि नगरपालिका मात्र नभई सम्पुर्ण नगरवासीहरुले अपनत्व लिनुपर्ने बताउनुभयो ।

त्यस्तै विभिन्न राजनीतिक दल, संघ संस्था लगायतका प्रमुख तथा प्रतिनिधिहरुले मन्तब्य राख्दै कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

बाणगंगाका मेयर चक्रपाणि अर्यालले आगामी आर्थिक बर्षको बजेट निश्पक्ष र सफलताका साथ कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका मेयर अर्यालले निकै मेहनतका साथ विभिन्न सरोकारवालाहरुसंग सल्लाह सुझाव संकलन गरि सार्वजनिक गरिएको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनका लागि सबैकोे साथ अपरिहार्य रहेको बताउनुभयो ।

नगरपालिका उप प्रमुख रीता कुमारी चौधरी, सबै वडाका वडाध्यक्ष सहित जनप्रतिनिधि, कार्यपालिका सदस्य, सम्पुर्ण कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको स्वागत मन्तब्य तथा नगरका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ७ का वडाध्यक्ष बिष्णु गिरीको सञ्चालनमा सम्पन्न भएको हो ।

 


प्रकाशित : २०८१ असार १०, सोमबार २०:०३

Lumbini Darpan 2

लेखकबाट थप

  • मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा
  • राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा
  • दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित
  • विद्यालयका समस्या पहिचान गर्न वडा स्तरिय युवा क्लवकाे छलफल, विद्यार्थीलाई चित्रकला प्रशिक्षण
  • शान्ति दिवसकाे अवसरमा १० बुदे बुद्धभूमि घाेषणा पत्र जारि
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech