
हरि आचार्य, कपिलवस्तु
कपिलवस्तु जिल्लामै एक मात्र बि.बि.ए.कार्यक्रम सञ्चालन गर्न सफल लुम्बिनी भिजन कलेज कपिलवस्तु जिल्लामै प्रथम भएको छ । हालै प्रकाशित बि.बि.एस.तेस्रो बर्षको परिक्षाको नतिजामा कपिलवस्तु जिल्लामै प्रथम भएको हो । कपिलवस्तुको बाणगंगा ३ गंगौलियामा अवस्थित उक्त कलेज ब्यबस्थापन शंकाय अन्तर्गत कपिलवस्तुमै एक मात्र बि.बि.ए. कार्यक्रम सञ्चालन गरेको कलेज हो ।
हालै प्रकाशन स्नातक तह बि.बि.एस तेस्रो बर्षको परिक्षाको नतिजामा सोहि कलेजमा अध्यापनरत छात्रा शोभा न्यौपानेले ६९.४ प्रतिशत प्राप्त गरि कपिलवस्तु जिल्लामै सर्वोत्कृष्ट भएको क्याम्पस प्रमुख सुन्दर पाण्डेले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।
सर्वोत्कृष्ट नतिजा प्राप्त गरेसंगै विद्यार्थी पाण्डेलाई कलेज परिवारले बधाई ज्ञापन गर्दै आगामी भविष्य सफलताको कामना गर्नुभयो ।