
लुदस, कपिलवस्तु
नेकपा (एमाले) कपिलवस्तुका पूर्व जिल्ला सल्लाहकार सदस्य एवम् सेल्टरदाता स्व.शारदा पोख्रेलको संझनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । श्रद्धाञ्जली सभाका प्रमुख अतिथी नेकपा (एमाले) केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथी, लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष सरोज खनाल, एमाले पूर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल, एमाले बाणगंगा इन्चार्ज यूवराज पोख्रेलले शोक मन्तब्य राख्नु भएको थियो ।
शोक मन्तब्य राख्दै बोल्ने ब्क्ताहरुले जिल्ला सल्लाहकार एवम् सेल्टर दाता स्व. पोख्रेलले पारिवारिक जीवन, पार्टी जीवन संगै सामाजिक, सांस्कृतिक, राजनैतिक क्षेत्रमा पु¥याएको योगदान निकै महत्वपूर्ण, एवम् स्मरण योग्य रहेको चर्चा गर्नु भएको थियो । स्व.पोख्रेलको निधनबाट सिंगो पार्टी एवम् समुदायलाई क्षती पुगेको चर्चा गर्दै स्व.पोख्रेलका सकारात्मक पक्षलाई पार्टीले अवलम्बन गर्ने धारणा राख्नु भएको थियो ।
अकल्पनिय दुःखद् निधनबाट सिंगो पार्टी पंक्ति मात्र नभई सिंगो समुदाय नै स्तब्ध एवम् शोकाकूल बनेको चर्चा गर्नु भयो । स्व. शारदा पाख्रेल तत्कालिन नेकपा (एमाले) जिल्ला कमिटी कपिलवस्तुको उपसचिव स्व.लक्ष्मण पोख्रेलकी जीवन संगिनी हुुनुहुन्छ । स्व.पोख्रेलका ३ छोरी र १ छोरा रहेका छन् ।
एमाले जिल्ला अध्यक्ष बाबुराम खनालको अध्यक्षता, जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न श्रद्धाञ्जली सभामा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवम् पूर्व जिल्ला अध्यक्ष डम्मर शर्मा, संविधान सभा सदस्य विश्राम प्रसाद चौधरी, बाणगंगा नगर प्रमुख चक्रपाणी अर्याल, एमाले प्रदेश कमिटी सदस्यद्धय धर्मराज भुसाल, द्रोणराज सुवेदी, एमाले जिल्ला उपाध्यक्ष शंकर पाण्डे, जिल्ला उपसचिव देवी बहादुर पोख्रेल, एमाले जिल्ला सचिवालय एवम् जिल्ला कमिटीका नेता, कार्यकर्ता, स्थानियबासी, शुभेच्छुकहरुको उपस्थिती रहेको एमाले जिल्ला प्रकाशन तथा प्रचार विभाग कपिलवस्तुले जनाएको छ ।

