होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगरको अध्यक्षमा शिव घिमिरे चयन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगर नगर समितिको अध्यक्षमा शिव घिमिरे सर्वसम्मत रुपमा चयन हुनुभएको छ । होटल तथा पर्यटन व्यवसायीहरुको हक हितमा कार्य गर्दै आएको संघ कृष्णनगर नगर समितिको प्रथम साधारण सभा तथा अधिवेशनबाट व्यवसायी घिमिरेको अध्यक्षतमा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको हो । जसको बरिष्ठ उपाध्यक्षमा प्रशान्त कुमार गुप्ता, उपाध्यक्षमा कमला पोख्रेल, सचिवमा घनश्याम पोख्रेल, सह सचिवमा महेश कुमार बस्नेत, कोषाध्यक्षमा बसन्त पौडेल सर्वसम्मत चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा हिरामणि घिमिरे, कल्पना थापा, रजत गुप्ता, भुमा घिमिरे, टोप बहादुर बिसी, जेदुराम घिमिरे र यम कुमार महरा रहनुभएको छ ।

नवगठित समितिका अध्यक्ष घिमिरेले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गर्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्दै आगामी दिनमा संघलाई सशक्त रुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नयाँ गठित समितिलाई बधाई ज्ञापन गर्दै होटल तथा पर्यटन व्यवसायीहरुको हक हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नगरपालिकको तर्फबाट संघलाई आवश्यक सहयोग गर्ने बताउनुभयो ।

त्यस्तै विशिष्ठ अतिथि होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेलले नयाँ समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले कोरोना पछिको आर्थिक मन्दी र व्यवसाय चलायमान नभईरहेको अवस्थामा होटल तथा पर्यटन व्यवसायी मारमा परेको बताउँदै स्वस्थ प्रतिस्पर्धा र सेवामा गुणस्तरता सहित अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नागरिकलाई गुणस्तर सेवा सुविधा प्रदान गरि राज्यलाई समेत आवश्यक कर तिरेर व्यवसाय सञ्चालन गर्न सुझाव दिनुभयो ।

अध्यक्ष पौडेलले पछिल्लो समय होटल व्यवसायीहरुलाई लक्षित गरि विभिन्न टिका टिप्पणि र नागरिकमा भ्रम छर्ने काम भईरहेको भन्दै यसलाई चिर्नका लागि कानुनको अधिनमा रहेर सौहार्द पुर्ण बाताबरणमा ब्यबसाय संचालन गर्नुहुन पनि अनुरोध गर्नुभयो त्यसका लागि संघ सक्रियता पुर्वक लाग्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख उद्धवराज न्यौपान, कृष्णनगर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्णकुमार गुप्ता, नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रका प्रमुख, सुशील पौडेल, इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख सुरज खत्री, सशस्त्र प्रहरी बल कृष्णनगरका प्रमुख सुरेन्द्र न्यौपाने, राष्ट्रिय अनुसन्धान बिभागका बब्लु चतुर्वेदी लगायको आतिथ्यता तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, होटल व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

 

 


प्रकाशित : २०८१ श्रावण ३१, बिहीबार ०६:५७