ताजा अपडेट

असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

आज जनैपूर्णिमा : दिनभर जुनसुकै बेला पनि रक्षाबन्धन गर्न मिल्ने

Lumbini Darpan 2 २०८१ भाद्र ३, सोमबार ०६:२३
[sharethis-inline-buttons]

लुदस, काठमाण्डौ
हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् ।

मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

आज जुनसुकै बेला रक्षाबन्धन गर्न मिल्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार विशिष्ट व्यक्तिले मात्र भद्रा कटाइ दिनको १ बजेर ३१ मिनेटपछि रक्षाबन्धनको कर्म गर्नु उपयुक्त हुन्छ ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवम् तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । वैदिक गुरु परम्पराअनुसार जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ ।

रक्षाबन्धन बाँध्न एवम् नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरको अशोकविनायक, काठमाण्डौको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवम् नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा बिहानैदेखि मेला लाग्ने गर्छ ।अरु मठमन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

जनैपूर्णिमाका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । तराई क्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।


प्रकाशित : २०८१ भाद्र ३, सोमबार ०६:२३

Lumbini Darpan 2

लेखकबाट थप

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने
  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने
  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै
  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने
प्रतिक्रिया

यो पनि पढौँ

एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

नेता मोहम्मद अफताब आलमको मृत्यु

युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

कपिलवस्तुमा चक्रवात मोन्थाको असर: धानबालीमा ठूलो क्षति, किसानहरू पिडित

पिपरा कोठी वनमा झलक बहादुर कार्कीको नेतृत्वमा उम्मेद्वारी दर्ता, यस्ता छन् प्रतिवद्धता

कपिलवस्तुको बनकसवासामा बस दुर्घटना : पैदलयात्रुको मृत्यु, पाँच जना घाइते

मैत्रीपूर्ण खेलमा नेपालले भारतलाई पेनाल्टी सुटआउटमा हरायो

बाणगंगा वेलफेयर सोसाइटीद्वारा एकादशीको अवसरमा देउसी–भैलो सांस्कृतिक कार्यक्रम गर्ने

भर्खरै

  • असक्त युवालाई लक्ष्मणघाटका युवाहरुद्धारा क्रिकेट प्रतियोगिताबाट संकलित ७० हजार सहयोग

  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको दोस्रो अधिवेशन भोलि कात्तिक २७ गते हुने

  • एमाले कपिलवस्तुले बाणगंगामा कात्तिक २९ गते शक्ति प्रदर्शन सहित बिशाल जनसभा गर्ने

  • सनलाईट स्कुलमा मंसिर ५ र ६ गते वृहत १० औं ‘एस.क्यु.सी.’ (विद्यार्थी गुणीय चक्र) सम्मेलन हुंदै

  • बुद्धभूमि मेला स्थगनको माग गर्दै होटल व्यवसायी संघको ज्ञापनपत्र

  • दुई मोटरसाइकल ठोक्किँदा कोपवामा कार्यरत प्रहरी हवल्दारको मृत्यु

  • नेता मोहम्मद अफताब आलमको मृत्यु

  • युवाको हातमा सुनौलो बिहानी’ नारासहित बुद्धरंगशालामा मंसिर १८ देखि कपिलवस्तु महोत्सव सुरू हुने

  • बाणगंगामा मंसिर ५ देखि १७ गते सम्म ‘प्रथम कपिलवस्तु महोत्सव–२०८२’ सञ्चालन हुने

  • बाणगंगा २ युवाहरुले गरे विरामी र विपन्न परिवारलाई सहयोग


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech