
लुदस, कपिलबस्तु
स्केटिङ्ग प्रेमीहरुका लागि कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ गजेहडा स्थित मिलन चोकमा गजेहडा स्केट पार्क संचालनमा आएको छ । बाणगंगा ४ गजेहडाको मिलन चोकमा नवनिर्मित स्केट पार्क आज एक कार्यक्रमका बीच नगरप्रमुख चक्रपाणी अर्यालले उद्घाटन गर्नुभएको हो । आज सोमबार स्केट पार्क उद्घाटन भएपछि अव यहाँ नियमित खेल र अभ्यासका लागि खुल्ला गरिएको स्केट पार्कका संचालक सन्तराम चौधरीले बताउनुभयो ।
स्केट खेलका पारखीहरुलाई लक्ष्ति गरि गजेहडामा पहिलो पकट स्केट पार्क संचालन भएको संचालक चौधरीले बताउनुभयो । स्केट खेल आफैंमा साहसी खेल भएकोले यसबाट बालबालिकाहरुले लाभ लिन सक्ने उहाको भनाई छ । शारिरीक रुपमा स्वस्थता कायम गर्न, स्केट शुजको सहायताले जमिनमा गुड्ने खेल बालबालिकाहरुका लागि मनोरञ्जन र शारिरीक व्ययम पनि हुने उहाको दाबी छ ।
यता पार्ककको उद्घाटन गर्दै नगरप्रमुख चक्रपाणी अर्यालले नगरभित्र बाहिरका संचालकहरु आएर खोलिएका स्केट पार्कका संचालकहरुलाई पनि नगरको कानुनी दायरा ल्याईने प्रतिबद्धता जनाउनुभयो ।
स्तै कपिलबस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष गणेश क्षेत्रीले नगरभित्र नया स्केट पार्क खोल्नु भन्दा पनि रहेकालाई व्यवस्थित रुपमा संचालन गर्न आग्रह गर्नुभयो । साथै उहाले उद्योग बाणिज्य सघंमा आबद्ध हुनसमेत आग्रह गर्नुभयो ।
कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य सुमित्रा थारु, भोजराज थारु, भग्गु थारु, समाज सेवी खगेन्द्र घिमिरे, ऋषिराम चौधरी, सम्भु खनाल, व्यवसायिक तिलक थापा लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको औपचारिक संचालन पत्रकार हरि अचार्यको संचालनमा सम्पन्न भएको हो । पछिल्लो समय स्केट खेल प्रति बालबालिकाहरुको रुचि बढ्दै गएको छ । बालबालिका तथा किशोरकिशोरीलाई लक्षित गरि संचालनमा ल्याइएको स्केट पार्कमा एक पटकमा ६० जनाले खेल्न सक्ने छन् ।

