कपिलवस्तुको बाणगंगा डुबानमा, दर्जनौ व्यवसाय जलमग्न (फोटा फिचर)

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु

लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँ डुबानमा परेका छन् । अझै दुईदिन सम्म वर्षा हुने भएकाले उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । कपिलवस्तुको बाणगङ्गाको मुख्य वजार क्षेत्र डुबानमा परेको छ । बिहानै देखी परेको भीषण वर्षाले बाणगङ्गाको मुख्य वजार क्षेत्र चारनम्बर, बैरीया, पिपरा, बोर्डगाँउका विभिन्न स्थान डुबानमा परेका छन् ।

डुबानले धनमालमा क्षति पुर्याउदाँ करोडौँको नोक्सानी भएको बताईएको छ । मुख्यगरी अण्डर ग्राउन्ड गोदाम गरिएका व्यवसायीलाई क्षति पुगेको छ । केही घर गोठहरुपनि डुबानमा परेका छन् ।
बाणगङ्गाका अधिकांश स्थानहरू अहिले डुबानमा परेका छन । अव्यवस्थित बसोवास र अव्यवस्थित विकास निर्माणका कारण चारनम्बर क्षेत्रमा डुबान भएको जनाईएको छ ।

May be an image of body of water

मुख्यत जानकारीमा आए अनुसार सरू साइकल स्टोर, महाशक्ति मार्बल, पिपराको प्रकाश मोबाइल सेन्टर, मामा रनर टेड, धुव्रतारा होटल, ओएसिस सिनेमा हल, हिरो स्वरुम, अनु सप्लायर्स, लुम्बिनी पार्टी प्यालेस, सुभ न्यौपाने कपडा पसल र फर्निसिङ, नमुना फर्निचर लगायतका पसल सहित यस क्षेत्रमा भएको डुबानका कारण करोडौँको क्षति भएको व्यवसायीहरूले बताएका छन ।

No photo description available.

कपिलवस्तुमा सहित विभिन्न जिल्लामा रातिदेखि नै भारी वर्षा भैरहेको छ । जिल्लाको बाणगङा र कोइली खोलाले जोखिम तह पार गरेकोले सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ । यता कपिलवस्तु सहित देशका विभिन्न विभिन्न स्थानमा अविरल वर्षा भैरहेको छ ।

जिल्लाको बाणगंगा र कोइली खोलाले जोखिम तह पार गरेकोले सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ । यस्तै जिल्लाका बुद्धभूमि, शिवराज, तौलिहवा, कृष्णनगर लगाएतका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।

यस्तो छ अवस्था (फोटा फिचर)

No photo description available.

May be an image of 3 people and body of water

May be an image of body of water

No photo description available.

May be an image of 2 people

May be an image of 4 people and body of water

No photo description available.


प्रकाशित : २०८१ भाद्र ४, मंगलवार १९:११