कपिलवस्तुको चार नम्बरमा ‘द फिटनेस क्लब’ सञ्चालनमा

[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
पछिल्लो समय युवाहरु बैदेशिक रोजगारीका लागि विदेश पलायन भईरहेको समयमा कपिलवस्तुको बाणगंगाका २ जना युवाहरुले सेवामुलक व्यवसाय सञ्चालन गरेका छन् । बदलिदो जीवनशैलिका कारण निम्तिने समस्यालाई मध्यनजर गर्दै बाणगंगाका दुई युवाहरुले बाणगंगाको चारनम्बरमा जिम हाउस सञ्चालनमा ल्याएका हुन् । विलासीता उपभोग बाट निम्तिने शरीरिक तथा मानसिक समस्यालाई शारीरिक व्यायाम मार्फत समाधान गर्ने उद्देश्यले सञ्चालन गरिएको उनीहरुले बताए ।

बाणगंगाका सुगम खनाल र शुसील आचार्यले उक्त जिम हाउस सञ्चालन सञ्चालनमा ल्याएका हुन । युवा पुस्ता मात्र नभएर हरेक उमेरका महिला तथा पुरुषहरुको लागि उपयुक्त हुने गरि जिम हाउस सञ्चालन गरिएको उनीहरुले बताए ।

जिम हाउसमा उपलब्ध हुने प्राय सबै सेवा सुविधा सहित सञ्चालन गरिएको उनीहरुले बताएका छन । अहिले उक्त हाउसमा ३ जनलाई रोजगरा समेत दिइएको उनीहरुले बताए ।


प्रकाशित : २०८१ भाद्र २५, मंगलवार ०६:१७