शान्ति सुरक्षाका लागि प्रहरीसंगै सञ्चार क्षेत्रको भुमिका महत्वपुर्ण छ : प्रहरी निरीक्षक रायमाझी

[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
इलाका प्रहरी कार्यालय पिपरा बाट सरुवा भई जान लाग्नुभएका पिपरा प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक गोपाल जङ्ग रायमाझीले समाजमा शान्ति सुरक्षा कायम गर्न सञ्चार क्षेत्रको भुमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । बाणगङ्गाका सञ्चारकर्मी सङ्गको फेरि भेटौला कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

त्यस्तै रायमाझीले बाणगङ्गाको प्रमुख समस्याको रुपमा रहेको लागुपदार्थ दुर्व्यसनीका विरुद्ध आफु सक्रिय भएर लागेको भएपनी समग्र शान्ति सुरक्षाको विषयमा आफू गम्भीर रहेर काम गरेको बताउनुभयो ।

त्यस्तै पत्रकार महासंघ कपिलवस्तुका उपाध्यक्ष हरि अधिकारीले प्रहरी निरीक्षक रायमाझी सङ्ग ठूलो समुहलाई पनि नेतृत्व गर्न सक्ने क्षमता रहेको भन्दै प्रशंसा गर्नुभयो ।

सञ्चारकर्मीद्वारा मायाको चिनो सहित सम्मान गरेका थिए । रायमाझी २०८० भदौ ३ गते इलाका प्रहरी कार्यालय पिपरामा प्रमुखको जिम्मेवारी सम्हाल्न आउनुभएको थियो । रायमाझी बुटवल प्रदेश ट्राफिकमा सरुवा भएर जादै हुनुहुन्छ । जिल्लामा रहदा रायमाझीले विभिन्न ठाउँमा हुने चोरी तस्करीहरुलाई बन्देज गर्ने, सडकहरुमा सवारी दुर्घटना न्युनिकरण गर्ने, महत्वपुर्ण स्थानहरु, आम नागरिकहरुको सुरक्षा गर्न प्रहरी हरपल तत्पर रहने गरी काम गर्नु भएको थियो ।


प्रकाशित : २०८१ भाद्र २५, मंगलवार ०६:२९