हरि आचार्य, कपिलवस्तु
शैक्षिक क्षेत्रमा लुम्बिनी प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशन ( लुम्बिनी लर्निङ्ग सेन्टर) बाणगंगा कपिलवस्तुले निःशुल्क जापनिज सेमिनार आयोजना गर्ने भएको छ । प्रदेशमै उत्कृष्ट उक्त संस्थाले जापान जान चाहाने विद्यार्थीहरुको मागलाई मध्यनजर गर्दै यहि भदौ २६ गते बुधवारका दिन सेमिनार आयोजना गरिएको ब्राइट लुम्बिनी इन्टरनेशनल एजुकेशनका प्रमुख असिम क्षेत्रीले जानकारी दिनुभएको छ ।
विगत २० बर्ष देखि वैदेशिक अध्ययनमा जाने विद्यार्थीहरुलाई परामर्श दिंदै आएका परामर्शदाताले प्रशिक्षण दिने संस्थाले जनाएको छ ।
परामर्शदाताले अध्ययनका लागि जापान जाने बिद्यार्थीहरुलाई भाषा अध्ययन, कागजात तयार, निवेदन पठाउने कार्य, लाग्ने शुल्क लगायत सम्पुर्ण गतिविधिहरुबारे जानकारी गराईनेछ भने जापान पुगिसकेपछि हुने सम्पुर्ण क्रियाकलापको बारेमा पनि स्पष्ट जानकारी गराईने प्रमुख क्षेत्रीले बताउनुभयो । साथै विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको पनि बताईएको छ ।
उहाँले सम्पुर्णलाई उक्त सेमिनारमा उपस्थित भई ज्ञान हासिल गर्न अनुरोध गर्नुभएको छ ।
फुड एण्ड रेस्टुरेन्ट सम्बन्धित जापानी कम्पनीका पदाधिकारीहरु सङ्ग संस्थाकै हलमा अन्तरक्रिया गर्न लागेको बताईएको छ ।
जापानका विभिन्न कम्पनी तथा विश्वविद्यालयहरुको बारेमा बुझ्न इच्छुक विद्यार्थीहरु यस सेमिनारमा सहभागि हुन सक्ने उहाँले बताउनुभयो । सहभागी हुनको लागि कुनै शुल्क नरहेको पनि संस्थाले जनाएको छ ।