फम नारायण काफ्ले, कपिलवस्तु
हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय देवदह ९ घोडाहा रुपन्देहीले बीमा वापतको रकम हस्तान्त्रण गरेको छ । संस्थाको क्रेन्द्र नम्बर ५४ की सदस्य हेमा क्षेत्रीको मृत्यु भएसंगै उहाँको परिवारलाई बीमा वापतको रकम हस्तान्त्रण गरिएको हो ।
उहाँले लिएको ऋण रु एक लाख बीमा बाट आएको एक लाख पच्चिस हजार र उहाँले तिनुपर्ने किस्ता छुट सहित ५३ हजार ७ सय २६ रुपैयाँ ५९ पैसा बराबरको चेक हेमा क्षेत्रीका श्रीमान भेष बहादुर क्षेत्रीलाई हस्तान्तरण गरिएको हो ।
देवदह ९ घोडाहाका वडा अध्यक्ष मोहन बहादुर जि.सी, वडा सदस्य लक्ष्मी वि.क देवदह शाखा प्रमुख लक्ष्मण तिवारी, कर्मचारी शिशिर खनाल, प्रतिमा कार्की र सोहि समुहका शोभा भट्टराई, दिल कुमारी अर्याल, तिला डुम्रे्रे, यमकला अधिकारी काफ्ले र स्थानीयको रोहवरमा चेक हस्तान्त्रण गरिएको थियो ।




















