क्षत्री समाज नेपाल कपिलवस्तुले घटस्थपनाको दिन क्षत्री दिवस मनाउने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु
राष्ट्रिय अखण्डता जातिय सद्भावकाक्षत्री समाज नेपालले बडा दशैको पहिलो दिन घटस्थपनामा अर्थात यहि आश्विन १७ गते विहिबार क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति कपिलवस्तुले शिवराज नगपालिकामा उत्वसका साथ क्षत्री दिवस मनाउने निर्णय गरेको छ ।

शिवराज नगरपालिकाको दुर्गा मन्दिर परिसरमा बसेको बैठकले सो निर्णय गरेको थियो । क्षत्री समाज नेपाल जिल्लाकार्य समितका अध्यक्ष ज्ञान वहादु कार्कीको अध्यक्षता, क्षत्री समाज नेपाल केन्द्रिय समितिका सदस्य एवम् कपिलवस्तु इन्चार्ज देवेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यता, केन्द्रिय सदस्य मेहर सिंह कुवर, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा विशिष्ठ आतिथ्यता, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश क्षेत्री, पूर्व जिल्ला अध्यक्ष दुर्गा के.सीं लगायतले बैठकलाई सम्वोद्धन गर्दै यो दिवस धार्मिक सहिष्णुता, जातिय सद्भावको सन्देश फैलाउने अवसरका रुपमा सावित हुने कुरा बताउनु भएको थियो ।

दिवसलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि संयोजक ज्ञान वहादुर कार्कीको संयोजक र शिवराजका अध्यक्ष जगत वहादुर जि.सी.को निर्देशकमा १५ सदस्यीय मूल समिति र विभिन्न उप समितिमा विभाजन गरी कामको बाँडफाँड समेत गरेको छ । त्यस्तै नगर प्रमुख थापाले जिल्ला भरी छरिएर रहनु भएका क्षत्रीलाई आफु स्वातगका निम्ति उत्साहित र गर्वका रुपमा लिएको जानकारी गराउनु भएको खबर प्रचार प्रसार विभाग प्रमुख देवेन्द्र थापाले जानकारी गराउनु भएको छ ।


प्रकाशित : २०८१ आश्विन १०, बिहीबार १६:२९