ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

बाणगंगामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि अन्तरक्रिया

Lumbini Darpan 2 २०८१ आश्विन १२, शनिबार ०६:१७
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि स्थानीय तह स्तरीय अन्तरक्रिया गरिएको छ। नगरपालिकाको सभाहलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले सुशासन प्रवर्द्धनका लागि यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरु महत्वपूर्ण रहेको बताए। उनले सार्वजनिक पदधारण गरेका व्यक्तिहरु राष्ट्रप्रति उत्तरदायी भई, नैतिक दायित्व बोध गर्दै, पारदर्शिता र विधिको परिधिमा रही कार्य गर्नुपर्नेमा जोड दिए। अर्यालले भ्रष्टाचारले राष्ट्रको स्रोत र लगानीको दुरुपयोग हुने भन्दै यसलाई रोक्न सबै नागरिक, समाजका हरेक तह र तप्काबाट सहयोग आवश्यक रहेको बताए।

त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले सहभागीहरुको प्रश्नहरुको जवाफ दिँदै भ्रष्टाचार नियन्त्रणका विभिन्न विधिहरु, अख्तियारको कार्यशैली र भ्रष्टाचारविरुद्धको कानुनी प्रक्रिया स्पष्ट पारे। उनले कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दै, अख्तियार भ्रष्टाचार नियन्त्रणका लागि प्रतिबद्ध रहेको बताएका थिए।

कार्यक्रममा अख्तियारका अनुसन्धान अधिकृत बाबुराम न्यौपानेले भ्रष्टाचारको अवधारणा, कारण, यसको कानुनी व्यवस्था, सजाय, र नेपाल तथा विश्वभरको भ्रष्टाचारको अवस्था सम्बन्धी कार्यपत्र प्रस्तुत गरे। उनले भ्रष्टाचारको प्रवृत्ति, भ्रम र वास्तविकतालाई पनि विस्तृत रुपमा व्याख्या गरे।

कार्यक्रममा उप प्रमुख रिता कुमारी थारु, उपाध्यक्ष बासमती हरिजन, र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनिले पनि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनको लागि आवश्यक विचार व्यक्त गरे।

अन्तरक्रियामा बाणगंगा नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेल सहित जनप्रतिनिधिहरु, विभिन्न सरकारी विभागका प्रमुखहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, वन उपभोक्ता समिति, तथा सञ्चारकर्मीहरुले आफ्नो जिज्ञासा राखेका थिए भने अख्तियारलाई विभिन्न सुभाव पनि दिएका थिए।

यो कार्यक्रमले नगरपालिकामा सुशासन प्रवर्द्धन गर्ने र भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान गरेको विश्वास गरिएको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, विद्यालयका प्रधानाध्यापक, वन उपभोक्ता समिति तथा पत्रकारहरुको उपस्थिती रहेको थियो।


प्रकाशित : २०८१ आश्विन १२, शनिबार ०६:१७

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech