सहकारी ठगीमा फरार रहेका ढोरपाटनका मेयर नयाँ दिल्लीबाट पक्राउ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, काठमाण्डौ
सहकारीको बचत रकम अपचलन गरी फरार रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतमा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीले नयाँ दिल्लीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक प्रक्रिया अघि बढाएको प्रहरीको भनाइ छ । यसअघि गएको माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले मेयर नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी गरेको थियो ।

नेपाली बाग्लुङ र पोखरामा सञ्चालनमा रहेको इमेज सहकारीका संस्थापक अध्यक्ष हुन् । उनीसहितका सहकारी सञ्चालकले बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा धेरै रकम अपचलन गरेको मुद्दा बाग्लुङ जिल्ला अदालतमा विचाराधीन छ ।

 


प्रकाशित : २०८१ आश्विन १२, शनिबार ०६:३९