ताजा अपडेट

बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कपिलवस्तुमा असोज २३ गते पहिलो पटक ‘पोण्ड क्रस विथ रोप’ प्रतियोगिता हुने

Lumbini Darpan 2 २०८१ आश्विन १७, बिहीबार ०८:५३
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
यस वर्षको दशैँ, तिहार र छठ पर्वको अवसरलाई लक्षित गर्दै लायन्स क्लब अफ कपिलवस्तुले नयाँ साहसिक खेल “पोण्ड क्रस विथ रोप” प्रतियोगिता आयोजना गर्न लागेको छ। यस प्रतियोगिता असोज २३ गते फुलपातिको दिन बाणगंगाको वडा न। ३ राजापानिमा पोखरीमाथि गराइने तयारी भइरहेको छ। क्लबले यसअघि साइकल प्लाङक ब्यालेन्स प्रतियोगिता सञ्चालन गर्दै आएको थियो, जसले चर्चा कमाएको थियो।

खेल संयोजक राम शुभागे थारुका अनुसार, यो साहसिक खेलमा खेलाडीहरूले पोखरीमाथि १० फिटको उचाइमा राखिएको डोरीमा अड्काइएका रिङहरू समातेर ५० मिटरको दुरी पार गर्नुपर्नेछ। सबैभन्दा छिटो उक्त दुरी पार गर्ने खेलाडीलाई विजेता घोषणा गरिनेछ। यो खेल पहिलोपटक नेपालमा गर्न लागेको थारुले दाबी गरे।

प्रतियोगितामा दुई उमेर समूहको खेलाडीहरूले भाग लिन पाउनेछन् । ८ देखि १६ वर्षका बालबालिकाहरूका लागि छुट्टै संरचना तयार गरिएको छ भने १६ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिहरूका लागि अर्को प्रतियोगिता हुनेछ। यस प्रतियोगितामा सहभागिता जनाउने बालबालिबाले भने अभिभावकको स्वीकृति लिनुपर्नेछ। सबै सहभागिले १ हजार रुपैयाँको फारम भर्नु पर्ने छ ।

नगद पुरस्कारको व्यवस्था गरिएको प्रतियोगितामा प्रथमले ५१ हजार १ सय ११, दोस्रोले २५ हजार १ सय ११ र तृतीय पुरस्कार १५ हजार १ सय ११ पुरस्कार पाउनेछन्। जुनियरतर्फ पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ। यस प्रतियोगिताले खेलकुद मार्फत पर्यटन प्रवर्द्धन गर्नका साथै अटिजम समस्या र लागू पदार्थ दुर्व्यसनविरूद्ध जनचेतना जगाउन मद्दत पुग्ने क्लबका अध्यक्ष नवदत्त घिमिरेले बताए।

क्लबले खेलाडीहरूको सुरक्षालाई विशेष ध्यान दिँदै आवश्यक सावधानी अपनाउने योजना बनाएको छ। सुरक्षाका लागि उच्च सतर्कता अपनाइने र खेलाडीहरूलाई कुनै जोखिम नहुने व्यवस्था गरिनेछ।

यस प्रतियोगितालाई सफल बनाउन क्लबका पूर्व अध्यक्ष सुरेन्द्र घिमिरेले सबैको साथ र सहयोग आवश्यक रहेको बताए। यसैबीच, कपिलवस्तु पत्रकार महासंघका अध्यक्ष किरणमान बज्राचार्यले लायन्स क्लबले हरेक वर्ष नयाँनयाँ खेल आयोजना गरी जिल्लाको प्रचारप्रसारमा योगदान पु¥याएकोमा धन्यवाद व्यक्त गरे।

राजापानी सामुदायिक वनकी अध्यक्ष सितादेवी पौडेलले यस साहसिक खेलको आयोजना प्रति आफूहरू निकै उत्साहित भएको बताउँदै, प्रतियोगिता हेर्नको लागि कुनै शुल्क नलाग्ने जानकारी गराइन्।

पहिलेका दुई संस्करणको साइकल प्लाङक ब्यालेन्स प्रतियोगिता विश्वव्यापी चर्चा पाएको भए पनि विविध कारणले निरन्तरता दिन नसकिएको क्लबले जनाएको छ। यसपटकको प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख रुपैयाँ खर्च लाग्ने अपेक्षा गरिएको छ।

पत्रकार सम्मेलनमा क्लबका प्रथम उपाध्यक्ष नरायण पौडेलको स्वागत मन्तव्यपछि सचिव दामोदर पन्थीले कार्यक्रम सञ्चालन गरेका थिए।


प्रकाशित : २०८१ आश्विन १७, बिहीबार ०८:५३

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको तयारी तिब्र
  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
प्रतिक्रिया

यो पनि पढौँ

संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव

लक्ष्मणघाट सामाजिक विकास केन्द्रको चौथो अधिवेशन सम्पन्न, सरिता थारुको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन

माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुँदै

कपिलवस्तु कारागार फरार प्रकरण: प्रहरीले एक जनालाई पक्राउ गर्‍यो

कपिलवस्तुको मायादेवीमा बोर्डिङको बस दुर्घटनामा ७ बालबालिका घाइते

बाणगंगा नगरपालिकाको घुम्ती शिविरबाट ९ सय ७० जनाले लिए सेवा

कपिलवस्तु-३ मा प्रतिनिधिसभा सदस्यका लागि चार उम्मेदवार सिफारिस

भर्खरै

  • बोन म्यारो रोगसँग जुधिरहेकी शिक्षिका पार्वती आचार्यको उपचारका लागि सहयोगको अपिल

  • संस्कृति र सेवाको संगम : बाणगंगामा माघी महोत्सव, रक्तदान कार्यक्रम सफल

  • आज बुद्ध रंगशालामा महिला लुङ्गी फुटबल प्रतियोगिता हुँदै

  • लक्ष्मणघाट बोलबम धाममा माघे सक्रान्तिको अवसरमा भव्य स्नान तथा खिचडी प्रसाद वितरण

  • आज माघे सङ्क्रान्ति, देशैभरि सार्वजनिक बिदा

  • बालविकासमा लगानी बढाउने प्रतिवद्वता शुद्धोधन गाउँपालिकामा सरोकारवालाहरूको संयुक्त कार्यशाला

  • प्रवासमा पनि थारू पहिचान जोगाउने अभियान: दुबईमा थारू नयाँ वर्ष २६४९ सांस्कृतिक उत्सवसहित मनाइयो

  • दशर्क झुकाउँदै लालमटिया महाेत्सव, नआउने कलाकारकाे प्रचार गरी टिकट बिक्री

  • सिनर्जी सहकारीमा पुनः बेल्बासेको नेतृत्व, अध्यक्षमा निर्विरोध चयन

  • सांस्कृतिक एकता र पर्यटन प्रवर्द्धनको सन्देशसहित बाणगंगामा माघी महोत्सव


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech