
लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगंगामा रहेको यूनाईटेड अस्पताल आफ्नो सेवालाई विस्तार गर्दै आईसियु सेवा शुभारम्भका निम्ति भवनको निर्माण कार्य तिव्र पारेको छ ।
लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पंथीले एक कार्यक्रमका बीच युनाईटेट अस्पतालको आई सियु सेवाका निम्ति नव निर्मित भवनको शिलान्यास गर्नु भएको हो ।
अस्पतालले आधुनिक भवन निर्माण गरी अत्याधुनिक उपकरण सहित आईसियु भेन्टिलेटर सहितको सेवा छोटै अवधीमा सेवा प्रारम्भ गर्ने लक्ष्य रहेको अस्पतालका कार्यकारी निर्देशक सुन्दर आचार्यले जानकारी दिनु भयो ।