महेन्द्र खनाल, कपिलबस्तु
आज कृष्णनगरमा सामाजिक मेलमिलाप, धार्मिक सहिष्णुता र साम्प्रदायिक एकता कायम गर्ने उद्धेश्यले अन्तर साँस्कृतिक संवाद सम्पन्न भएको छ । नेपाल पुनर्स्थापकिय न्याय मञ्वको आयोजनामा संवाद समूह कपिलबस्तुले उक्त संवादको कार्यक्रम सञ्वालन गरेको हो ।
चाड पर्बको बेला हुने गरेका हिंसा र सामाजिक सदभाव भडकाउने क्रियाकलाप न्यून गर्न सरोकारवालाहरु बिच संवाद गरिएको आयोजकको दाबि छ । उक्त कार्यक्रममा नगर प्रमुख, सशस्त्र प्रहरि बलका प्रहरि उपरिक्षक, जन पद प्रहरीका प्रहरी निरिक्षक, सिमा सुरक्षा सम्बन्धि नपाल प्रहरि बरिष्ठ प्रहरी नायब निरिक्षक, मौलानाहरु, पुजारीहरु, नागरिक समाज, पत्रकार लगायतको उपस्थिति थियो ।
सबै जनाले शान्ति स्थापना गरि कृष्णनगरमा सम्भावित हिंसालाई अन्त्य गर्न जोड दिएका थिए । संवाद समूहले संवाद प्राप्त निष्कर्षलाई कार्यान्वयनका लागि नगरपालिका, सुरक्षा निकाय, सांसद र बिधायक समक्ष प्रस्तुत गरि कार्यान्वयनका लागि पहल गर्ने का
कार्यक्रम संयोजक महेन्द्र प्रसाद खनालले बताउनु भएको छ । कार्यक्रम उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो ।