ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

जिल्ला स्तरिय ‘नकाउट क्रिकेट प्रतियोगिता’ : सेमिफाईनल र फाईनल खेल बाँकी

Lumbini Darpan 2 २०८१ आश्विन २०, आईतवार १९:१३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुको आयोजनामा यहि असोज १८ गतेबाट सुरु भएको जिल्ला स्तरिय अन्तरपालिका ‘नकाउट क्रिकेट प्रतियोगिता’ मा पहिलो चरणका खेल सकिएका छन् । कपिलवस्तुका १० वटै पालिकाका टिम उपस्थिती रहेको प्रतियोगितामा पहिलो चरणका खेल सकिएसंगै अब सेमि फाईनल र फाईनल खेल बांकी रहेका छन् । यो संगै बाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका र विजयनगर गाउँपालिका सेमिफाईनलमा प्रवेश गरेका छन् । जसअन्तर्गत बाणगंगा र कपिलवस्तु बिच खेल हुने छ भने यशोधरा र विजयनगर बिच सेमिफाईनल प्रतिस्पर्धा हुने छ भने यी २ वटा खेलमा जित हाँसील गर्ने २ टोलि फाईनल प्रवेश गर्ने छन् । मौसममा सुधार आएसंगै खेलाडीहरुको समहमतिमा अबका खेल संचालन गरिने आयोजक नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुका अध्यक्ष कमल क्षेत्रीले बताउनुभएको छ । उस अघि सेमिफाईनल र फाईनल खेल आज संचालन गर्ने योजना रहेको थियो गयरातीको बर्षाका कारण रद्ध गरिएको हो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद गिरधारीलाल न्यौपाने र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद न्यौपानेले खेल अनुशासन, स्वास्थ्य र मित्रताको प्रतिक रहेको बताउनुभयो । नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा कपिलवस्तु ईन्चार्ज समेत रहनुभएका न्यौपानेले कार्यक्रम आयोजक संगठनलाई धन्यवाद व्यक्त गर्नुभयो ।

त्यस्तै विशिष्ठ अतिथि कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले यस्ता खेलले युवाहरुमा बढ्दै गईरहेको लागु औषध दुवर््सनी सेवनको न्युनिकरण गर्न महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । उहाँले खेल क्षेत्रको विकास र खेलाडीहरुको क्षमता विकासका लागि नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा नेकपा (एमाले) केन्द्रिय निर्वाचन आयोग सदस्य झबिलाल पोख्रेल, पार्टी प्रदेश कमिटी सदस्य खुम प्रसाद आचार्य, नेकपा (एमाले जिल्ला कमिटी कपिलवस्तुका अध्यक्ष बाबुराम खनाल, पार्टी कपिलवस्तु नगर कमिटी ईचार्ज सरिता आचार्य, जिल्ला कमिटी सदस्य तथा जिल्ला निर्वाचन विभाग उप प्रमुख भिष्मराज भुसाल, कपिलवस्तु नगर कमिटी अध्यक्ष श्याम प्रकाश प्रजापति, क्यान कपिलवस्तुका अध्यक्ष प्रकाश गैरे लगायत पदाधिकारी, आयोजक संगठनका पदाधिकारी तथा सदस्य, खेलाडी तथा खेलप्रेमीहरुको उपस्थिती रहेको प्रतियोगिताका संयोजक तथा आयोजक संगठनका उपाध्यक्ष सबिना आचार्यले बताउनुभयो । उद्घाटन कार्यक्रम आयोजक संगठनका सचिव मनु रसालीको सञ्चालनमा सम्पन्न भएको हो ।

 

संगठनले कपिलवस्तुका खेलाडीहरुको प्रतिभा प्रस्फुटनुंगै क्षमता विकास गरि राष्ट्रिय खेलाडीको रुपमा अगाडि बढाउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरेको नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुका अध्यक्ष कमल क्षेत्रीले बताउनुभएको छ । प्रतियोगिताको विजेता टिमलाई पुरस्कार नगद रु ४० हजार र उपविजेता टिमलाई पुरस्कार नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ सहभागी सबै टिमहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई अन्य विभिन्न विधाका पुरस्कार समेत प्रदान गरिनेछ ।


प्रकाशित : २०८१ आश्विन २०, आईतवार १९:१३

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech