“पोण्ड क्रस विथ रोप” खेलमा विशाल र अभिशेख विजयी

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलवस्तु

कपिलवस्तुको वाणगंगा नगरपालिका राजापानीमा पहिलो पटक साहसिक खेल “पोण्ड क्रस विथ रोप” सम्पन्न भएको छ। लायन्स क्लब कपिलवस्तुको आयोजनामा भएको यस प्रतियोगितामा सिनियरतर्फ विशाल थारु र जुनियरतर्फ अभिशेख खड्का विजयी भएका छन्।

सिनियर विजेता थारुले ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् भने जुनियर विजेता खड्काले १५ हजार १ सय ११ रुपैयाँ प्राप्त गरेका छन् । सिनियरतर्फ दोस्रो भएका सुशील थारुले २५ हजार १ सय ११ रुपैयाँ र तेस्रो स्थानमा रहेका रोशन श्रेष्ठले १५ हजार १ सय ११ रुपैयाँ जितेका छन्।

जुनियरतर्फ दोस्रो स्थानमा रहेका कपिम सापकोटाले ७ हजार १ सय ११ रुपैयाँ र तेस्रो स्थानका सौरभ शर्माले ५ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

कार्यक्रम संयोजक राम सुभागे थारुले जानकारी दिएअनुसार खेलमा दुई विधा—जुनियर ९८ देखि १६ वर्ष उमेर समूह० र सिनियर—समावेश गरिएको थियो। खेलाडीहरूले डोरीमा राखिएका रिङ समाउँदै तोकिएको दुरी छिटो पार गर्नुपर्ने थियो। जुनियरतर्फ २५ मिटर र सिनियरतर्फ ४८ मिटरको दुरी पार गर्ने आधारमा प्रतिस्पर्धा भएको थियो।

खेलबाट सङ्कलित रकम लागू पदार्थ दुर्व्यसन र अटिजम प्रभावितलाई सहयोगार्थ खर्च गरिने क्लबका अध्यक्ष नवदत्त घिमिरेले जानकारी दिनुभयो । क्लवले यो साहसिक खेल नेपालमै पहिलो पटक आफुहरुले गराएको दाबी गरेको छ । विगतमा लायन्सले ‘साइकल प्लाङक ब्यालेन्स’ गराउँदै आएको थियो ।


प्रकाशित : २०८१ आश्विन २५, शुक्रबार ०८:१७