ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

युवा समाजको अगुवाइमा बैरिया दुर्गा भगवती मन्दिर बैरियामा भोलि सराँय नाँच हुंदै

Lumbini Darpan 2 २०८१ आश्विन ३०, बुधबार २०:०३
[sharethis-inline-buttons]

शागर बेल्बासे, कपिलवस्तु
बडा दशैंको आगमनसँगै देश विदेशमा रहेका हरेक नेपालीहरूको मनमा उमङ्ग छाउनु स्वाभाविकै हो । यसपालीको बडा दशैंको अवसरमा बैरिया युवा समाजको सक्रियतामा बाडगंगा नगरपालिका वार्ड नं १ बैरिया स्थितको श्री नवदुर्गा देवी भगवती मन्दिर दुलही जस्तै झिलीमिली सहित सिगारेर परम्परागत रूपमा चलिआएका र शास्त्रीय मान्यता अनुसार गरिने दैनिक नित्यकर्मका साथमा घटस्थापना सँगै प्रवेश भएको नवरात्र अवधि भरि नवदुर्गादेवी भगवतीको पूजा आराधना सँगै स्थानीय संस्कृति प्रेमिहरुको सन्ध्याकालीन नवदुर्गा आरती अन्य भजनहरु समेतले यस क्षेत्र अत्यन्त रमणीय रह्यो ।

घटस्थापनाको सुरुवात सँगै यस क्षेत्रका आम भक्तजनहरूको इतिहासिक उपस्थितिमा हरेक बेलुका अत्यन्त उत्साहपूर्वक भजन कीर्तन चलाइ यस वर्षको नवरात्र पूजा सँगै कोजाग्रत पुर्णिामा को दिन अर्थात भोलि कार्तिक १ गतेका दिन बिहान १० बजेदेखि सहयोगी दाताको सम्मान संगै परम्परागत रुपमा गरिदै आएको सराय नाच शुरु हुने मन्दिर ब्यबस्थापन समिति अध्यक्ष चेत नारायण कंडेलले जनाउनु भएको छ । सरायँ नाँच लाई अझ भब्य ढङ्गले प्रस्तुत गर्न नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठानका अध्यक्ष बुद्दी सागर बेल्वासेको संयोजकत्वमा टिम बनाइ उत्कृष्ट प्रस्तुतिका लागि युवा समाज सक्रियता पुर्वक लागिरहेको बैरिया युवा समाजका अध्यक्ष बिस्णु घिमिरेले जनाउनुभएको छ ।

भोलि हुने सराँय नाचमा नौमती बाजागाजा सहित महिला टिम समेतको आकर्षक सराय प्रस्तुति रहने भएकाले सबैलाई उक्त सराय अबलोकन गर्न उपस्थित हुन समेत संयोजक बेल्बासे ले आग्रह गर्नुभएको छ । छोटो समयमै युवा समाजको सक्रियता मा यश क्षेत्रमा सरसफाइ, बाताबरण संरक्षण, धर्म, संस्कृति संरक्षणमा क्रियाकलापमा महत्त्वपूर्ण योगदान देखाइ सकेकोले मन्दिरमा बिगत देखि भैरहेका क्रियाकलाप लाई युवा समाज संग सहकार्य गरि यस बर्षको नवरात्र संगै सराँय नाचको जिम्मेवारी प्रदान गरिएको मन्दिर ब्यबस्थापन समितिले जनाउनुभएको छ ।

युवा समाजमा यस क्षेत्रका उद्योगी, व्यवसायी, कर्मचारी समाजसेवी क्रमश सुरेश क्षेत्री, राजु पन्त, मनोज पौडेल, झविलाल भट्टराई, ज्ञानु पौडेल, श्याम घिमिरे, भुमेश्वर खनाल, सोनु पौडेल वीरेन्द्र श्रेष्ठ, नारायण श्रेष्ठ, महेश पन्त, लिलावती घिमिरे, बुद्धिसागर बेलबासे, नवदत्त घिमिरे, डोलकराम घिमिरे, उमानाथ पौडेल, नारायण पौडेल, सुवर्ण शमशेर घिमिरे, डिल्लीराज खनाल, विष्णु घिमिरे, केशव कँडेल, हिमालय भुषाल लगायत यस क्षेत्रका धेरै युवाहरूको सक्रिय सहभागिता रहेको छ । साथै उक्त सरायँ नाच भव्य रुपमा सफल बनाउनका निम्ति लायन्स क्लब कपिलवस्तुको तर्फबाट समेत १५ जना सदस्यहरु उपस्थित गराउने लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरेले जानकारी गराउनुभएको छ ।

युवा सामाजको रचनात्मक क्रियाकलापले यस क्षेत्रको सामाजिक रुपान्तरणमा समेत स्थानीय स्तरमा ठूलो आशा पलाएको छ । भोलि हुने सराय नाचलाइ एतिहासिक बनाएर अब सराय नाच हेर्न टाढा टाढा हैन बैरिया जानू पर्छ भन्ने बनाउने तयारी पूरा भएको छ।साथै सराय नाच संगै शंख घण्टी का ध्वनि संगै मौलिक मालश्री गायन का लागि शास्त्रीय जानकार तथा हरिहर संस्कृत गुरुकुल देवघाट ,श्री गार्गी कन्या गुरुकुल देवघाट, मनकामना संस्कृत बिद्यापिठ नन्दनगर का कुमार तथा कन्या बटुकहरुको सहभागिता, आलमको दर्शन, घटस्थापनामा स्थापित घडाका जल द्वारा शोस्ती शान्ती, टीका प्रसाद ग्रहण गरि भरपुर मनोरञ्जन संगै पुण्य प्राप्त गर्ने अवसरमा उपस्थित हुन सम्पूर्ण भक्तजनलाइ आयोजक परिवारले सादर निमन्त्रणा गरेको संयोजक बुद्दी सागर बेल्बासेले जनाउनुभएको छ ।


प्रकाशित : २०८१ आश्विन ३०, बुधबार २०:०३

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech