ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

विशेष अधिवेशन मागमा लुकेको रास्वपाको स्वार्थ

Lumbini Darpan 2 २०८१ कार्तिक २, शुक्रबार ०६:२६
[sharethis-inline-buttons]

लुदस, काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार वक्तव्य जारी गर्दै भन्यो, ‘‘समसामयिक समस्याबारे छलफल गर्न आवश्यक देखिएकाले प्रतिनिधि सभाको विशेष अधिवेशनका लागि अपील गर्दै सबै दलहरुको ध्यानाकर्षण गराउँदछ ।’

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार प्राकृतिक विपद्को समयमा सरकारको उपस्थिति प्रभावकारी रुपमा देखिएन ।‘बाढी, पहिरो र डुबानपछि उद्दार, राहत र पुनस्र्थापनाको काममा सरकार भएको अनुभूत प्रभावित र पीडित नागरिकले गर्न पाएनन्’, उनले भने, ‘सरकारलाई जिम्मेवार र जवाफदेही बनाउन आवश्यक छ ।’

प्रतिनिधिसभाको वर्षे अधिवेशन भदौ ३१ गते अन्त्य भएको थियो । संविधानतः एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुनु हुँदैन । विगतको अभ्यास हेर्दा मंसिर अन्तिम साता वा पुस पहिलो साता हिउँदे अधिवेशन आह्वान हुनसक्छ ।

‘कानुनी बाध्यता छैन, तर मंसिर अन्तिम वा पुस पहिलो साता हिउँदे अधिवेशन आह्वान गर्ने प्रचलन छ’, संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने ।

तर रास्वपा कार्यवाहक प्रवक्ता झाले भने नियमित अधिवेशन कुर्दा समय लाग्ने भएकाले विशेष अधिवेशन चाहिएको बताए ।

संविधानको धारा ९३ मा संघीय संसदको विशेष अधिवेशनसम्बन्धी व्यवस्था छ । जसअनुसार विशेष अधिवेशन बोलाउन प्रतिनिधिसभाका एकचौथाइ अर्थात् ६९ सदस्यले राष्ट्रपतिसमक्ष लिखित अनुरोध गर्नुपर्छ । त्यसपछि राष्ट्रपतिले अधिवेशनको मिति र समय तोक्न सक्छन् ।

विशेष अधिवेशन आह्वानका लागि एक्लै आवेदन दिन रास्वपासँग पर्याप्त सांसद संख्या छैन । प्रतिनिधि सभामा रास्वपाको २१ सिट छ । तर प्रतिपक्षमा रहेका दलहरू मिल्दा विशेष अधिवेशन बोलाउनका लागि आवश्यक सांसद संख्या ६९ पुग्छ ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसँग ३२ सांसद छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० सँग १४, एकीकृत समाजवादीसँग १० सांसद छन् ।

यसैगरी एक एक सांसद भएका नेपाल मजदुर किसान पार्टी ९नेमकिपा०, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी पनि प्रतिपक्षमै छ ।

तर रास्वपाले विशेष अधिवेशन बोलाउने विषयमा विपक्षी दलहरूसँग छलफल समेत गरेको छैन । ‘रास्वपाले विशेष अधिवेशन माग गरेको जानकारी पाएको छु, तर प्रतिपक्षमा रहेका दलहरुसँग छलफल भएको मेरो जानकारीमा छैन’, माओवादी प्रमुख सचेतक हितराज पाण्डेले भने । अरु दलका नेताहरुले पनि यसबारे छलफल नभएको बताएका छन् ।

माओवादीले त नियमित अधिवेशन नै छिटो बोलाउन सरकारलाई दबाब दिनुपर्ने मत राखेको छ । ‘नियमित अधिवेशन नै बोलाउने बेला भइसक्यो’, पाण्डेले भने, ‘संघीयता कार्यान्वयनसँग सम्बन्धित संघीय निजामती विधेयक, विद्यालय शिक्षा विधेयक छिटो अगाडि बढाउनुपर्ने छ । यसकारण चाडपर्व सकिएलगत्तै सरकारले नियमित अधिवेशन बोलाएर कानुन निर्माणमा गति दिनुपर्छ ।’

एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वाला पनि संसदको अधिवेशन चाहिएको बताउँछन् । पूर्व सूचना हुँदा पनि सरकारले विपदको पूर्वतयारी नगरेको र विपद् आइसकेपछि पनि जनतालाई साथ दिन नसकेको भन्दै उनले भने, ‘यो सहित राष्ट्रिय सरकारको विषय उठाउन संसद आवश्यक छ ।’ तर विशेष अधिवेशन बोलाउने विषयमा विपक्षमा रहेका दलहरुसँग कुनै सम्वाद नभएको ज्वालाले बताए ।

रास्वपाको आफ्नै दाउ

विपक्षमा रहेका दलहरुसँग सम्वाद नै नगरी रास्वपाले एकाएक विशेष अधिवेशन किन माग गर्‍यो त रु रास्वपाका नेताहरुका अनुसार विशेष अधिवेशन माग गर्नुका पछाडि विपदको विषय उठाउने मात्र होइन, आफ्नै केही एजेण्डा पनि छ ।

प्रतिनिधि सभाको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकार चलाएका छन् । यो बेलामा प्रतिपक्षी बेञ्च गणितीय रुपमा कमजोर देखिएको छ ।

त्यसमा पनि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले संसदको अधिवेशनका लागि रुची नदेखाएको रास्वपाको बुझाइ छ । ‘संख्यामा प्रतिपक्षी कमजोर छ, तर विषय उठाउन पछाडि परेको छैन भन्ने सन्देश दिन खोजेका हौं’, रास्वपाका एक नेता भन्छन् ।

त्यो भन्दा महत्वपूर्ण चाहिँ पार्टी सभापति रवि लामिछाने पक्राउ पर्नसक्ने त्रासले काम गरेको छ ।

सहकारीको रकम अपचलनमा संसदीय छानबिन विशेष समितिले रविलाई कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको छ । कारबाही सिफारिस भएकामध्ये कुमार रम्तेल पुर्पक्षका लागि थुनामा छन् भने जीबी राई फरार छन् । गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी प्रहरी हिरासतमा छन् ।

जोशी पक्राउ परे लगत्तै रास्वपामा सभापति लामिछाने पनि पक्राउ पर्ने त्रास देखिएको थियो । रास्वपाले राजधानीमा भएका समर्थकहरुलाई केन्द्रीय कार्यालयमा भेला पार्नुका साथै चीन भ्रमणमा रहेका नेताहरुलाई फिर्ता बोलाएको थियो ।

दशैं बिदा सकिएर कार्यालयहरु खुलेसँगै फेरि रवि पक्राउ पर्ने त्रास रास्वपा नेताहरुमा देखिएको छ । यो बेला संसदको अधिवेशन भए सहज हुने रास्वपाको बुझाइ छ ।

‘यस अगाडि पनि हाम्रो सभापतिलाई पक्राउ गर्न खोजिएको थियो । फेरि पनि धरपकड हुनसक्छ’, रास्वपाका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘यस्तोमा संसद अधिवेशन हुनु र नहुनुले धेरै ठूलो अर्थ राख्छ । त्यसैले विशेष अधिवेशन मागेका हौं ।’

अर्का एक पदाधिकारीका अनुसार सरकारको आलोचना नगरोस् भनेर पनि सत्तारुढ कांग्रेस र एमालेका नेताहरुले ‘रास्वपा सभापति पक्राउ पर्दैछन्’, भन्ने डर देखाएको हुनसक्छ ।

सभापति पक्राउ परे पनि रास्वपा मौन बस्दैन भन्ने सन्देश दिन पनि आफूहरुले विशेष अधिवेशनका लागि दलहरुको ध्यानाकर्षण गराएको उनले बताए ।

पार्टी सभापतिलाई पक्राउ गरे विशेष अधिवेशन माग गरिरहेका बेला समातेको भनेर सरकारमाथि प्रश्न गर्न सकिने र यो राजनीतिक प्रश्नले भविष्यमा समेत अर्थ राख्ने उनको बुझाइ छ ।

‘विशेष अधिवेशनको प्रक्रिया र यसका लागि आवश्यक पर्ने संख्या हामीलाई थाहा छ । प्रक्रिया र संख्या पुर्‍याउन खोज्नु भन्दा सिधै बहसमा जाऔं भन्ने चाहेका हौं’, ती पदाधिकारीले भने, ‘कांग्रेस र एमालेलाई रास्वपा डराएर भागेको छैन भन्ने सन्देश पनि दिन चाहेका हौं । बाँकी उनीहरूले सोच्ने विषय हो ।’


प्रकाशित : २०८१ कार्तिक २, शुक्रबार ०६:२६

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech