नेपाल खेलकुद महासंघद्धारा आयोजित जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि बाणगंगालाई

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको तौलिहवमा सम्पन्न जिल्ला स्तरिय अन्तरपालिका ‘नकाउट क्रिकेट प्रतियोगिता’ २०८१ को उपाधि बाणगंगा नगरपालिकाले जितेको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा बाणगंगा नगरपालिका र यशोधरा गाउँपालिका फाईनलमा प्रवेश गरेका थिए । बाणगंगाले यशोधरालाई ४ विकेटले पराजित गरेको हो ।

कपिलवस्तुका १० वटै पालिकाका टिम सहभागि रहेको प्रतियोगितामा बर्षाका कारण रोकिएका सेमि फाईनल र फाईनल खेल सम्पन्न भएका हुन् । यो संगै विजेता बाणगंगाको टिमलाई पुरस्कार नगद रु ४० हजार र उपविजेता टिमलाई पुरस्कार नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ सहभागी सबै टिमहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै म्यान अफ द सिरिजको उपाधि बाणगंगाका सुरेन्द्र थारुले प्राप्त गरेका छन् ।

प्रतियोगिताको समापन तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथी नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा पुर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री वृजेश कुमार गुप्ताले जिल्ला सदरमुकाम तौलिहवमा जिल्ला स्तरको क्रिकेट प्रतियोगिता पहिलो पटक आयोजना गरेकोमा संगठलाई धन्यवाद व्यक्त गर्नुभयो । जिल्लामा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गरि अझ स्तर बृद्धि गर्ने तर्फ संगठले जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथी नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष बाबुराम खनालले नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुको पहिलो प्रयास स्वरुप आयोजना गरिएको यो प्रतियोगिता सभ्य र भब्य रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।
त्यस्तै क्यानका केन्द्रिय उपाध्यक्ष रोशन सिंहले खेलले भाईचारको सम्बन्ध बढाउनुका साथै क्रिकेट खेल आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

स्वागत मन्तब्य राख्दै संगठनले कपिलवस्तुका खेलाडीहरुको प्रतिभा प्रस्फुटनुंगै क्षमता विकास गरि राष्ट्रिय खेलाडीको रुपमा अगाडि बढाउने उद्देश्यले खेल आयोजना गरेको नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुका अध्यक्ष कमल क्षेत्रीले बताउनुभएको छ । सहभागी १० वटै पालिकाका मेहनति टिमलाई हार्दिक धन्यवाद दिंदै सबै खेलाडीको प्रतिभा र क्षमतालाई संगठनले सदैव हौसला प्रदान गर्दै अवसर प्रदान गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटीका सदस्य खुम प्रसाद आचार्यको विशिष्ठ आतिथ्यता, पार्टी जिल्ला कमिटी सदस्य तथा कपिलवस्तु नगर ईन्चार्ज सरिता आचार्य, जिल्ला कमिटी सदस्य तथा जिल्ला निर्वाचन विभाग उप प्रमुख भिष्मराज भुसाल, पार्टी कपिलवस्तु नगर कमिटी अध्यक्ष श्याम प्रजापति, खेलकुद महासंघ ईन्चार्ज कृष्ण सापकोटा, क्यान कपिलवस्तुका अध्यक्ष तथा कपिलवस्तु ३ का वडा अध्यक्ष प्रकाश गैरे लगायको आतिथ्यता रहेको कार्यक्रम प्रेस चातारी नेपाल बाणगंगा नगर अध्यक्ष हरि आचार्यको संचालनमा सम्पन्न भएको हो ।

यस प्रतियोगितामा कपिलवस्तु नगरपालिका, बिजयनगर गाउँपालिका, यशोधारा गाउँपालिका, कपिलवस्तु नगरपालिका २, ३, ४ र ६ नं वडा कार्यालय, कपिलवस्तु सुनचाँदी व्यावसायी संघ लगायतको सहयोग रहेको थियो ।
प्रतियोगितामा अजय शर्मा, बिश्वेनेन्द्र रावल, सरोज डफाली अम्पायरको रुपमा रहनुभएको थियो भने कमेन्टर बिक्रान्त मिश्र, इरफान मुसलमान, स्कोररको बिजय कुवंर रहनुभएको थियो ।

नेपाल खेलकुद महासंघ कपिलवस्तुको अध्यक्षमा कमल क्षेत्री आएसंगै वार्षिक कार्ययोजना अनुसार पहिलो खेलकुदको कार्यक्रम सम्पन्न गरिएको हो । खेलकुद महासंघले यसरि योजनावद्ध तरिकारले खेलकुदका कार्यक्रम अगाडि बढाएको यो पहिलो रहेको नेताहरुले बताएका छन् ।

 

 


प्रकाशित : २०८१ कार्तिक ४, आईतवार १६:३३