ताजा अपडेट

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

नेपाल खेलकुद महासंघद्धारा आयोजित जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि बाणगंगालाई

Lumbini Darpan 2 २०८१ कार्तिक ४, आईतवार १६:३३
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको तौलिहवमा सम्पन्न जिल्ला स्तरिय अन्तरपालिका ‘नकाउट क्रिकेट प्रतियोगिता’ २०८१ को उपाधि बाणगंगा नगरपालिकाले जितेको छ । नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा बाणगंगा नगरपालिका र यशोधरा गाउँपालिका फाईनलमा प्रवेश गरेका थिए । बाणगंगाले यशोधरालाई ४ विकेटले पराजित गरेको हो ।

कपिलवस्तुका १० वटै पालिकाका टिम सहभागि रहेको प्रतियोगितामा बर्षाका कारण रोकिएका सेमि फाईनल र फाईनल खेल सम्पन्न भएका हुन् । यो संगै विजेता बाणगंगाको टिमलाई पुरस्कार नगद रु ४० हजार र उपविजेता टिमलाई पुरस्कार नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ सहभागी सबै टिमहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । त्यस्तै म्यान अफ द सिरिजको उपाधि बाणगंगाका सुरेन्द्र थारुले प्राप्त गरेका छन् ।

प्रतियोगिताको समापन तथा शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथी नेकपा (एमाले) का केन्द्रिय सदस्य तथा पुर्व कानुन, न्याय तथा संसदीय मामिला मन्त्री वृजेश कुमार गुप्ताले जिल्ला सदरमुकाम तौलिहवमा जिल्ला स्तरको क्रिकेट प्रतियोगिता पहिलो पटक आयोजना गरेकोमा संगठलाई धन्यवाद व्यक्त गर्नुभयो । जिल्लामा रहेका खेलाडीहरुको प्रतिभा प्रस्फुटन गरि अझ स्तर बृद्धि गर्ने तर्फ संगठले जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका विशिष्ठ अतिथी नेकपा (एमाले) कपिलवस्तुका अध्यक्ष बाबुराम खनालले नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुको पहिलो प्रयास स्वरुप आयोजना गरिएको यो प्रतियोगिता सभ्य र भब्य रुपमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो ।
त्यस्तै क्यानका केन्द्रिय उपाध्यक्ष रोशन सिंहले खेलले भाईचारको सम्बन्ध बढाउनुका साथै क्रिकेट खेल आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुभयो ।

स्वागत मन्तब्य राख्दै संगठनले कपिलवस्तुका खेलाडीहरुको प्रतिभा प्रस्फुटनुंगै क्षमता विकास गरि राष्ट्रिय खेलाडीको रुपमा अगाडि बढाउने उद्देश्यले खेल आयोजना गरेको नेपाल खेलकुद महासंघ जिल्ला कमिटी कपिलबस्तुका अध्यक्ष कमल क्षेत्रीले बताउनुभएको छ । सहभागी १० वटै पालिकाका मेहनति टिमलाई हार्दिक धन्यवाद दिंदै सबै खेलाडीको प्रतिभा र क्षमतालाई संगठनले सदैव हौसला प्रदान गर्दै अवसर प्रदान गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

समापन कार्यक्रममा नेकपा (एमाले) प्रदेश कमिटीका सदस्य खुम प्रसाद आचार्यको विशिष्ठ आतिथ्यता, पार्टी जिल्ला कमिटी सदस्य तथा कपिलवस्तु नगर ईन्चार्ज सरिता आचार्य, जिल्ला कमिटी सदस्य तथा जिल्ला निर्वाचन विभाग उप प्रमुख भिष्मराज भुसाल, पार्टी कपिलवस्तु नगर कमिटी अध्यक्ष श्याम प्रजापति, खेलकुद महासंघ ईन्चार्ज कृष्ण सापकोटा, क्यान कपिलवस्तुका अध्यक्ष तथा कपिलवस्तु ३ का वडा अध्यक्ष प्रकाश गैरे लगायको आतिथ्यता रहेको कार्यक्रम प्रेस चातारी नेपाल बाणगंगा नगर अध्यक्ष हरि आचार्यको संचालनमा सम्पन्न भएको हो ।

यस प्रतियोगितामा कपिलवस्तु नगरपालिका, बिजयनगर गाउँपालिका, यशोधारा गाउँपालिका, कपिलवस्तु नगरपालिका २, ३, ४ र ६ नं वडा कार्यालय, कपिलवस्तु सुनचाँदी व्यावसायी संघ लगायतको सहयोग रहेको थियो ।
प्रतियोगितामा अजय शर्मा, बिश्वेनेन्द्र रावल, सरोज डफाली अम्पायरको रुपमा रहनुभएको थियो भने कमेन्टर बिक्रान्त मिश्र, इरफान मुसलमान, स्कोररको बिजय कुवंर रहनुभएको थियो ।

नेपाल खेलकुद महासंघ कपिलवस्तुको अध्यक्षमा कमल क्षेत्री आएसंगै वार्षिक कार्ययोजना अनुसार पहिलो खेलकुदको कार्यक्रम सम्पन्न गरिएको हो । खेलकुद महासंघले यसरि योजनावद्ध तरिकारले खेलकुदका कार्यक्रम अगाडि बढाएको यो पहिलो रहेको नेताहरुले बताएका छन् ।

 

 


प्रकाशित : २०८१ कार्तिक ४, आईतवार १६:३३

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

भर्खरै

  • नागढुङ्गा सुरुङमार्गको उदघाटन, शुरुमा अत्यावश्यक गाडीलाई मात्रै अनुमति

  • सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech