लायन्स कपिलवस्तुद्धारा आयोजित पिस पोस्टरको उपाधि हिलबर्ट स्कुललाई

[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
लायन्स क्लब अफ कपिलवस्तुले हर्षोल्लासका साथ “विश्व शान्तीको सिमा“ विषयमा पिस पोस्टर प्रतियोगिता आयोजना गर्यो। यो प्रतियोगितामा विभिन्न विद्यालयका छात्रछात्राहरूले आफ्नो सिर्जनात्मकता र सामाजिक चेतनालाई चित्रमा उतारेका थिए।

प्रतियोगितामा प्रथम स्थान हिलवर्ट इग्लिस बोर्डिङ स्कुलले प्राप्त गर्यो। द्धितिय स्थान वाणगंगा माध्यमिक विद्यालय, गजेहडाले, र तृतिय स्थान ज्ञानपुन्ज बोर्डिङ स्कुलले प्राप्त गर्यो।

लायन्स क्लबका अध्यक्ष नवदत घिमिरेले प्रतियोगिताको समापनमा भने, “हामी हरेक वर्ष पिस पोष्टर प्रतियोगिता गर्दै आएका छौं, जसले विद्यार्थीहरूको सिर्जनात्मकतालाई उचाईमा पुर्याउँछ।“ उनले यो पनि जानकारी दिए कि पहिलो हुने विद्यालयले लायन्स डिस्ट्रिक्ट ३२५ पि मा सहभागिता जनाउन पाउनेछ र उत्कृष्ट प्रदर्शन गरेमा उनीहरूलाई अमेरिकामा हुने लायन्स अन्तराष्ट्रिय सम्मेलनमा पनि भाग लिने अवसर मिल्नेछ।

यस प्रतियोगिताले शान्ती र सद्भावनाको सन्देश फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् र भविष्यमा पनि यस्ता प्रतियोगितामा भाग लिने उत्साह जनाएका छन्।

प्रतियोगितामा प्रथम हुनेले पाँच हजार एक सय, द्धितिय हुनेले तिन हजार एक सय र तृतिय हुनेले दुइ हजार एक सय पुरस्कार रासी सहित प्रमाण पत्र प्राप्त गरेका थिए ।

लायन्स क्लव अफ कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरेको अध्यक्षता, प्रथम उपाध्यक्ष नारायण पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव दामोदर पन्थीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ कार्तिक १३, मंगलवार ०८:२९