ताजा अपडेट

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

३ महिनामा लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ९ प्रतिशत मात्र, कुन मन्त्रालयको कति ?

Lumbini Darpan 2 २०८१ कार्तिक २३, शुक्रबार ०६:११
[sharethis-inline-buttons]

लुदस, बुटवल
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा जम्मा ९ दशमलव ४३ प्रतिशत बजेट खर्च गरेको छ । पुँजीगततर्फ ८ प्रतिशत र चालुतर्फ ११ दशमलव ६८ प्रतिशत बजेट खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीले जनाएको छ । चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेश सरकारले ३८ अर्ब ९७ करोड रुपैयाँ बजेट ल्याएकोमा साउनदेखि असोज मसान्तसम्म तीन अर्ब ६७ करोड ५९ लाख रुपैयाँ अर्थात् ९ दशमलव ४३ प्रतिशत खर्च गरेको देखिन्छ ।

पुँजीगततर्फ २४ अर्ब ५८ करोड ५९ लाख बजेट रहेकोमा एक अर्ब ९९ करोड ५२ लाख ६२ रुपैयाँ समीक्षा अवधिमा खर्च भएको छ, जुन ८ दशमलव १२ प्रतिशत हुन्छ । चालुतर्फ १४ अर्ब ३८ करोड ४१ लाख रुपैयाँ बजेट रहेकोमा एक अर्ब ६८ करोड ६ लाख अर्थात् ११ दशमलव ६८ प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

असोज मसान्तसम्म प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले जम्मा ६.०८ प्रतिशत बजेट खर्च गरेको छ । जसमा पुँजीगत ५ दशमलव ६४ प्रतिशत र चालुतर्फ १५ दशमलव ९० प्रतिशत खर्च भएको छ । प्रदेशको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको पुँजीगत खर्च ७ दशमलव ९० प्रतिशत हुँदा चालुतर्फ १७ दशमलव २४ प्रतिशत खर्च भएको छ ।

खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्रालयको पुँजीगत खर्च ९ दशमलव १० प्रतिशत हुँदा चालुमा १३ दशमलव ३९ प्रतिशत बजेट खर्च भएको देखिन्छ । स्वास्थ्य मन्त्रालयको पुँजीगततर्फ २५ दशमलव ९६ प्रतिशत बजेट खर्च भएको छ । यो मन्त्रालयले चालुतर्फ १३ दशमलव ५१ प्रतिशत बजेट खर्च गरेको छ ।

त्यस्तै, कृषि तथा भूमि व्यवस्था मन्त्रालयले पहिलो त्रैमासिक अवधिमा पुँजीगततर्फ १० दशमलव ५५ प्रतिशत खर्च गर्दा चालुतर्फ ८ दशमलव ५७ प्रतिशत बजेट खर्च गरेको छ । उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको पुँजीगत खर्च शून्य दशमलव ७७ प्रतिशत छ । चालुतर्फ भने ९ दशमलव ८४ प्रतिशत बजेट खर्च भएको छ ।

सामाजिक विकास मन्त्रालयको पुँजीगत खर्च १ दशमलव १३ प्रतिशत रहँदा चालुतर्फ ९ दशमलव ८२ प्रतिशत बजेट खर्च गरेको छ । वन तथा वातावरण मन्त्रालयको पुँजीगततर्फ जम्मा १ दशमलव ६१ प्रतिशत बजेट खर्च भएको छ । चालुतर्फ भने १५ दशमलव ७९ प्रतिशत खर्च भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ३ महिनामा १ दशमलव ६४ प्रतिशत पुँजीगत खर्च गर्दा चालु खर्च ६ दशमलव ९९ प्रतिशत छ । साउनको पहिलो साता सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्री चेतनारायण आचार्यले केही अघिमात्रै मन्त्रिपरिषद्मा ३ मन्त्री थपेका छन् । यद्यपि सरकारले अझै पूर्णता पाउन सकेको छैन ।

लामो समयसम्म मन्त्रीमण्डलले पूर्णता नपाउँदा त्यसको असर विकास निर्माण केन्द्रित खर्चमा परेको सरकारका प्रवक्ता एवं मन्त्री दिनेश पन्थी बताउँछन् । आर्थिक वर्षको सुरुवाती केही महिनामा पुँजीगत खर्च स्वाभाविक रूपमा कम हुने मन्त्री पन्थीको भनाइ छ । यही ४ कात्तिकको मन्त्रिपरिषद् बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई सामाजिक विकास मन्त्रालयमा गाभ्ने र युवा तथा खेलकुद मन्त्रालय बनाउने निर्णय गरेको थियो । उक्त मन्त्रालयको पुँजीगत खर्च कमजोर देखिन्छ ।

सामाजिक विकास मन्त्री र आन्तरिक मामिला तथा कानुनमन्त्री गत सातामात्रै नियुक्त भएका छन् भने युवा तथा खेलकुदमन्त्रीको नियुक्ति हालसम्म हुन सकेको छैन । आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालका अनुसार मन्त्रिपरिषद्ले समयमा पूर्णता लिएर सरासर काम गरेको भए पुँजीगत खर्च वृद्धि हुन सक्थ्यो । उनले सरकारले पुँजीगत बजेट आर्थिक वर्षको अन्तिमतिर खर्च गर्ने परिपाटीका कारणले पनि यस्तो अवस्था देखिएको बताए ।


प्रकाशित : २०८१ कार्तिक २३, शुक्रबार ०६:११

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

भर्खरै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

  • मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech