ताजा अपडेट

वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

बाणगंगा नगरपालिका वडा नं ४ बासिका लागि नेपाली कांग्रेसका उमेद्वार दिनेशको हार्दिकता

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

कार्तिक ३० देखि हुने लक्ष्मणघाट पूर्णिमा मेलाको तयारी तिब्र, यस्ता छन् आकर्षक !

Lumbini Darpan 2 २०८१ कार्तिक २४, शनिबार १८:०८
[sharethis-inline-buttons]

पुर्णचन्द्र परियार, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा स्थित प्रसिद्ध धार्मिक क्षेत्र लक्ष्मणघाटमा हरेक वर्ष लाग्ने पूर्णिमा मेलाको यस वर्ष पनि तयारी थालिएको छ । लक्ष्मणघाट बोलबम धाम बिकास समितीको आयोजना, लक्ष्मणघाट सामाजिक विकास केन्द्रको सह आयोजना तथा बाणगंगा नगरपालिका वडा नं. ६ संरक्षक रहेको उक्त लक्ष्मणघाट पूर्णिमा मेला कात्तिक ३० गते देखि मंसिर २ गते सम्म सञ्चालन हुने छ ।

हरेक वर्ष कात्तिक पूर्णिमाको अवसरमा यहाँ धार्मिक मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना हुदैँ आएको छ । धाम क्षेत्रको प्रचार प्रसार सँगै यहाँको सांस्कृतिक विकासका लागि यो मेला प्रसिद्ध हुदैँ समेत गएको छ ।
यस वर्षको लक्ष्मणघाट पूर्णिमा मेला यही कार्तिक ३० गतेदेखि मंसिर २ गतेसम्म बाणगंगा नगरपालिका वडा नं. ६ लक्ष्मणघाट मा.वि.को प्राङ्गणमा आयोजना हुन लागेको मेला आयोजक समितिका संयोजक रण बहादुर काउचाले जानकारी दिए ।

केही दिन अघि बसेको एक भेलाले ३ सदस्यीय मेला आयोजक मुल समिती गठन गरेको थियो । उक्त समितिको संयोजकमा रण बहादुर काउचा, सह संयोजकमा तेज बहादुर थापा र संरक्षकमा वाणगंगा नगरपालिका वडा नं. ६ को वडा कार्यालय रहेको छ । उक्त बैठकले विभिन्न १० वटा उपसमितिका संयोजक बनाई जिम्मेवारी बाँडफाँड गरिएको जनाएको छ । मेला सफल पार्नका लागि सांस्कृतिक उप समिति संयोजक प्रकाश भुसाल, सह संयोजक विनोद खनाल रहेका छन भने सुरक्षा व्यवस्थापन संयोजकमा जितबहादुर बस्नेत, स्टल व्यवस्थापन संयोजक कमल पोख्रेल लगाएत रहेका छन् ।

प्राचिन समय देखि नै यहाँ कात्तिक पूर्णिमाका दिन विशेष धार्मिका कार्यक्रम हुँदै आएको थियो । पछिल्ला वर्ष धार्मिक मेलासँगै यहाँ सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने गरिएको छ । विशेष गरी यहाँ मेला भर्न कपिलवस्तुसहित छिमेकी जिल्ला अर्घाखाँची, प्यूठान, दाङ, रुपन्देही तथा छिमेकी राष्ट भारतबाट समेत भक्तजनहरु आउने गरका बाणगंगा नगरपालिका वडा नं. ६ का वडाअध्यक्ष करुण टण्डनले जानकारी दिए ।

यस पटक मेला तथा सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु समेत आउने जनाइएको छ । प्रचार प्रसार उप समितिका संयोजक यमलाल खनालका अनुसार लोक तथा दोहोरी गायक बिक्रम परियार, दिपक गरौजा, जिबन परियार, सम्झना रणपाल, बिधान कार्की, लालमाया थापा, सुनिता सुनार, शिव खनाल, शारदा खनाल, दिनेश रन्जन, बिनोद रन्जन, लक्किसा भट्राई, भोजपुरी गायक श्रीनिवास चौधरी, खेम चौधरी, हास्य व्यंग्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खेबा), डान्सरहरु स्नेहा थापा, अजय थारु, पुजन मल्ल लगायत कपिलवस्तु डान्स आईडलहरु, नेपाल कै कान्छो जादुगर गणेश केसी लगाएत दर्जन बढी कलाकारहरुको प्रस्तुती रहने जनाएका छन् ।

यस बाहेक मेलाका मुख्य आकर्षकमा झुमरा, मयुर नाँच, थारु संस्कृतिको प्रदर्शन, पिङ, बाल उद्दान, ब्यापारिक स्टल, साथै सांस्कृतिक कार्यक्रम तर्फ स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती रहने सांस्कृतिक सह–संयोजक बिनोद खनालले जानकारी दिए । यस्तै उनले स्थानीय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने र यहाँका जातजातीहरुको विशेषता झल्कीने विभिन्न कला कौशलहरुको प्रर्दशनी समेत हुने उनले बताए ।

मेला आयोजक समिती संयोजक रण बहादुर काउचाले जिम्मेवारी पाएका उपसमिति संयोजकलाई आफ्नो जिम्मेवारी गम्भीरतापुर्वक पुरा गर्न र आवश्यक तयारीमा जुट्न आग्रह गरेका छन । यस्तै उनले मेलामा अवलोकन गरी धार्मिक लाभ तथा मनोरञ्जन समेत लिन उनले सबैलाई आग्रह गरेका छन् ।

पवित्र धार्मिक स्थलको रूपमा परिचित : लक्ष्मणघाट
कपिलवस्तुको वाणगंगा नगरपालिकामा रहेको लक्ष्मणघाट एक पवित्र धार्मिक स्थलको रूपमा परिचित छ। वाणगंगा र कोइली नदीको संगमस्थलमा रहेको यस स्थानलाई लक्ष्मणघाटको रूपमा चिनिन्छ। पौराणिक कथन अनुसार, रामले सीताको प्यास मेट्न वाण हानेर पानी निकालेर बाणगंगा नदी बनाएका थिए। यसै नदीको तटमा राम–लक्ष्मण वनबासका क्रममा लक्ष्मणले स्नान गरेको घाट भएकोले यो ठाउँलाई लक्ष्मणघाट भनिएको हो ।

जिल्लामा अवस्थित रूपमा रहेको लक्ष्मणघाट निकै चर्चित धार्मिक पर्यटकीय स्थल हो। हिन्दु धर्मावलम्बीका लागि लक्ष्मणघाट निकै पवित्र भूमि मानिन्छ। मन्दिर अवलोकनका लागि दैनिकजसो श्रद्धालु भक्तजन यस ठाउँसम्म पुग्ने गरेका छन्। छिमेकी देश भारतबाट पनि सयौंको संख्यामा तीर्थयात्री जल लिन यहाँ आउँने गर्छन्। धार्मिकस्थलको रूपमा परिचित लक्ष्मणघाट शवदहनका लागि निकै उति नै प्रख्यात छ ।

प्रत्येक बर्ष पुर्णिमा मेलाको अवसरमा बिशेष गरी थारु समुदायका मानिसहरुले बाणगंगा नदिमा स्थान गरी गौपुजन गर्ने दान दिने कथा सुन्ने, मुण्डन गरी मनाइने यो धार्मिक पर्व अहिले सबै समुदायका मानिसले मनाउने गरेको पाइन्छ ।

 


प्रकाशित : २०८१ कार्तिक २४, शनिबार १८:०८

Lumbini Darpan 2

लेखकबाट थप

  • कपिलवस्तुका घिमिरे अनेरास्ववियुको केन्द्रीय सदस्यमा लोकप्रिय मत सहित विजयी
  • अनेरास्ववियु महाधिवेशनः कपिलवस्तुका घिमिरेको केन्द्रिय सदस्यमा उम्मेद्वारी, को हुन् घिमिरे ?
  • गर्मीका कारण बाणगंगाका विद्यालयमा चार दिन बिदा
  • ‘मिराई ईन्टरनेशनल ल्यांग्वेज सेन्टर’ चारनम्बरमा विद्यार्थीको आकर्षण बढ्दो, यी हुन सुविधा
  • मिलिजुली महिला दिदी वहिनी सेनेटरी प्याड उद्योग स्थापना
प्रतिक्रिया

यो पनि पढौँ

ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

रास्वपाद्वारा आज पनि ‘सदन’मा नाराबाजी, बैठक स्थगित

४०० मुरी धान फलाएका कृषक अर्याललाई पालिकाले गर्यो सम्मान

इरानका नवनियुक्त सेना कमान्डरलाई मारेको इजरायलको दाबी

भर्खरै

  • वाणगंगामा लागूऔषधविरुद्ध सचेतनामूलक सडक नाटक सम्पन्न

  • ट्रम्पले खोमिनीलाई दिए आत्मसमर्पणको सुझाव

  • ११ महिनामा ७ लाख ६० हजारले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारीमा बढोत्तरी

  • इजरायलबाट स्वदेश फर्किन इच्छुक नेपालीको नामावली संकलन सुरु

  • इजरायल-इरान युद्ध रोक्न आग्रह गर्दै काठमाडाैंमा मानवअधिकारकर्मीकाे प्रदर्शन

  • कर्मचारीको कुलिङ पिरियडबारे छलफलमा प्रधानमन्त्री

  • रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने कांग्रेसका वडाध्यक्ष फरार

  • इजरायलमा रहेका नेपालीको उद्धार गर्न दूतावासले सुरु गर्‍यो रजिष्ट्रेसन प्रक्रिया

  • मुग्लिन–नारायणगढ सडक : हायसमा ढुंगा खस्यो, एम्बुलेन्सको सिसा चर्कियो

  • सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, ९८६११११२६०

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

सामाजिक संजालमा हामी

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech