ताजा अपडेट

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

बागेश्वरीको १६ औं साधारणसभा 

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

सामुदायिक वनले जैविक मल उत्पादन तर्फ जोड दिन आवश्यक : सांसद पन्थी

Lumbini Darpan 2 २०८१ कार्तिक ३०, शुक्रबार ०६:१४
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु प्रसाद पन्थीले सामुदायिक वनले अब जैविक मल उत्पादन गरि रासायनिक मलको विस्थापन तर्फ जोड दिन आवश्यक रहेको बताउनुभएको छ । मनकामना सामुदायिक वन उपभोक्ता समुह बाणगंगा नगरपालिका १ र २ कपिलवस्तुको १७ औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै सांसद पन्थीले जैविक मलले माटोको उर्वरा शक्ति वृद्धि हुनुका साथै स्वस्थ र रसायनमुक्त उत्पादन हुने भएकाले जैविक मल उत्पादन तर्फ ध्यान दिनुपर्ने बताउनुभएको हो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सांसद पन्थीले वनको संरक्षण, संवद्र्धन गर्ने दायित्वसंगै उपभोग गर्ने अधिकार पनि उपभोक्ताहरुको हुने बताउनुभयो । सामुदायिक वनको संरक्षणसंगै वनबाट उत्पादन हुने घाँस, दाउरासंगै काठको पनि उपभोग आम उपभोक्ताले गर्ने बताउनुभएको हो । वनको संरक्षणको नाममा पुराना रुखहरु राख्न नहुने भन्दै वृक्षारोपण, विरुवा हुर्काउने र उत्पादित काठबाट आम्दानी गर्नुपर्नेमा जोड दिनुभयो । वनको संरक्षणको जिम्मा उपभोक्ता समितिको मात्र नभई आम उपभोक्ताहरुको पनि उत्तिकै रहेको बताउँदै अगाडि भन्नुभयो ।

वनको बार्षिक साधारण सभामा अध्यक्षको प्रतिवेदन वनका अध्यक्ष मुक्त बहादुर कार्की, प्रगति प्रतिवेदन सचिव गंगा कुमारी भट्राई, आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मी थारु र लेखा प्रतिवेदन लेखा समिति संयोजक ताराजन घिमिरेले प्रस्तुत गर्नुभएको थियो भने सबै प्रतिवेदन पारित भएका छन् ।

कार्यक्रमका विशिष्ठ अतिथि डिबिजन वन कार्यालयका प्रमुख अजित कर्णले सामुदायिक वन वैज्ञानिक वन व्यबस्थापन प्रणालिमा आधारित वन व्यबस्थापन नै वन व्यबस्थापनको उत्तम प्रणालि रहेको बताउनुभयो । उहाँले वनको बजेट उत्पादन क्षेत्रमा मात्र खर्च गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै वडा नंं. २ का वडाध्यक्ष तथा नगरपालिकाका प्रवक्ता बिष्णु प्रसाद पौडेलले बाणगंगा नगरपालिकाका सामुदायिक वनमा अनियमितता नरहेको बताउँदै सुशासन र पारदर्शिता सहित उपभोक्ताहरुको हक हितका लागि कार्य गरिरहेको बताउनुभयो । उहाँले मनकामना सामुदायिक वनले सुशासन र पारदर्शिताका साथ काठ विक्रि गरिरहेको बताउँदै भएको आम्दानीलाई हक हितमा खर्च गरेको जसको अनुगमन आफुले गरिरहेको बताउनुभयो । वडाध्यक्ष पौडेलले वन भित्र ईको पार्क निर्माण लगायतका काममा नगरपालिका, वडा र वनको सहकार्य हुने बताउनुभयो ।

त्यस्तै सव डिविजन कार्यालय पिपराका बरिष्ठ वन अधिकृत मोहन मिश्रले वनले बनाएका योजनाहरु नियमवद्ध हुनुपर्ने बताउँदै उपभोक्ताहरुको माग र आवश्यताका आधारमा संशोधन गर्नुपर्ने बताउनुभयो ।

मनकामना सामुदायिक वनका अध्यक्ष मुक्त बहादुर कार्कीले साधारण सभामा पेश भएका आगामी कार्ययोजनाहरुको पुर्ण रुपमा कार्यान्वयन गर्दै सबै उपभोक्ताहरुको माग आवश्यकता आधारमा अगाडि बढ्ने बताउनुभयो । अध्यक्ष कार्कीले वन कार्यालय, जनप्रतिनिधि, आम उपभोक्ताहरुको सल्लाह सुझावको आधारमा योजना कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दै साधारण सभा सफल पार्न सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।

वनका अध्यक्ष मुक्त बहादुर कार्कीको अध्यक्षता, बैज्ञानिक वन व्यबस्थापन महासंघ कपिलवस्तुका अध्यक्ष शेषकान्त बेल्बासे, बाणगंगा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष विश्व कार्की, मायादेवी साझेदारी व्यबस्थापन समुहका अध्यक्ष दिनेश जयसवाल, शिव मन्दिर सामुदायिक वनका अध्यक्ष झलक मल्ल ठकुरी लगायतको आतिथ्यता, उपाध्यक्ष पुष्कर घिमिरेको स्वागत तथा सचिव गंगा कुमारी भट्राईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ कार्तिक ३०, शुक्रबार ०६:१४

Lumbini Darpan 2

लेखकबाट थप

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने
  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
प्रतिक्रिया

यो पनि पढौँ

मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली

चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

भर्खरै

  • मनोरञ्जन मात्र होइन महोत्सव, होराइजनका विद्यार्थीले संसद नै चलाए!

  • लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि, कपिलवस्तुको ४ नं मा खुसियालीमा आकाशबाणी

  • अनिर्वाचित सत्ता एमालेलाई मञ्जुर हुँदैन : ओली


  • बागेश्वरीको १६ औं साधारणसभा 

  • चौथो शितगंगा महोत्सवको आकर्षण : डमरु दहमा स्टिमर संचालन हुने

  • रोचक बन्दै १६ औ कपिलवस्तु महोत्सव,पर्दा भित्रका पात्र पौडेलको चर्चा, आज प्रकाश सपुतको प्रस्तुति

  • लुम्बिनी क्रेशरमा ‘गौरव आयोजना’ नाममा दोहोरो खेल, राजश्व छलि, निजि क्षेत्रमा विक्रि

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech