ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

अर्घाखाँची शितगंगा ६ को सानाढुंग्रेमा सामान्य विवादमै मामाले गरे भान्जाको विभत्स हत्या

Lumbini Darpan 2 २०८१ कार्तिक ३०, शुक्रबार ०६:५०
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
अर्घाखाँचीको शितगंगा नगरपालिका ६, सानाढुंगे्रमा सामान्य विवाद हुँदा मामाले भान्जाको विभत्स हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार घटना मँगलबार रातीको हो ।

स्थानीय ५३ वर्षीय झन्द्र बहादुर गाहाले सोही ठाउँका भान्जा पर्ने ३५ वर्षीय तिलक रेश्मीको हत्या गरेका हुन् । गएको मंगलबार साँझ ५ बजे भने झन्द्र एक्लैले मदिरा सेवन गरेर भान्जा तिलकलाई अनावश्यक गाली गरेपछि भन्जा कारण बुझ्न मामाको घरमा पुगेका थिए । तिलकले आफ्नी श्रीमतिलाई मामाकोमा जान्छु भनेर हिँडे पनि भोलि विहानसम्म नआएपछि खोजी गर्दै जाँदा मामाको घर नजिकै मृत अवस्थामा फेला परेको थियो । घटना लगत्तै प्रहरीलाई खबर गरेपछि भएको अनुसन्धानमा मामा झन्द्रबहादुरले हत्या गरेको स्वीकार गरेका छन् ।

उनले सुरुमा भान्जा तिलकको टाउकामा ढुंग्रा प्रहार गरेको र बेहोस भएपछि घाँटी थिचेर हत्या गरेको स्वीकार गरेका छन् । आफ्नै घरमा आएका भान्जालाई हत्या गरेपछि २ सय मिटर पर घिसारेर लगि फालेको उनले प्रहरी समक्ष बयान दिएका छन् ।

यसरी थियो घटनाको रहस्य
मामा झन्द्र र भान्जा तिलक दुबै जनाले मदिरा पिएर अन्य समयमा समेत सामान्य झगडा गर्ने गर्दथे । तर, उनीहरु बीच बोली बाराबारनै हुने तथा ठूलो झगडा भने कहिले पनि भएको थिएन । मँगलबारको साँझ भने भान्जा तिलकले मदिरा पिएका थिएनन्, उनी घरमै थिए, मामा झन्द्र भने मदिराले मातेर भान्जाको घरमा आएर उनलाई विभिन्न गाली गर्दै त्यहाँबाट निस्किए । मामाको गाली सुनेपछि आफ्नो कौतूहलता मेट्न तिलक मामा झन्द्रको घरमै गएर भेट्ने निणर्यमा पुगे । झन्द्रले गाली गरेको आधा घण्टापछि तिलक उनको घर पुगे ।

मामा घर जान्छु भनेर हिँडेको श्रीमान रातीसम्म पनि नफर्केपछि तिलककी श्रीमतिलाई लाग्यो मामा घरमै बसे होलान् । त्यसैले उनी राति श्रीमानको चिन्ता नलिई सुतिन् । तिलक बुधबार बिहान हुँदा समेत घर फर्किएपछि भने उनी श्रीमानको खोजीमा लागिन् । मामाससुरा झन्द्रको घर पुगेर उनले सोधिन्, ‘‘तिलक कहाँ गयो मामा रु हिजो यतै जाने भनेर आएको हो, घर फर्किएन ।’’ झन्द्रले जवाफ फर्काए, ‘‘हो, हिजो आएका थिए । साँझ नै फर्किएका हुन् । यता बस्नु भएन ।’’

त्यसपछि उनी मामा झन्द्रको घरबाट फर्कन लाग्दा त्यहीँ आँगनमा ढुंगामा रगत लत्पतिएको देखिन् । तर, श्रीमानको होला भन्ने शंका गरिनन् । उनी तिलक साथीको घर पो गए कि भनेर मनोजबहादुर गाहाको घर जाने बाटोतर्फ लागिन् । बाटोमा समेत रगतका टाटाहरू देखिन् । श्रीमान्को खोजीका निम्ति हिँडेकी उनी बाटोभरि रगत देखिपछि चिन्तित बनिसकेकी थिइन् ।

रगतको टाटा देखिएको बाटो हुँदै हिँड्दा मनोजको घरनजिकैको अर्यान भीरपाखोमा तिलक ढलेको अवस्थामा देखिन् । दौडँदै उनी तिलक भएको ठाउँतिर पुगिन् । तिलकको शरीर छामिन् । सास फेरेको चाल पाइनन् । शरीर चिसो भइसकेको थियो ।

शरीरका विभिन्न भागबाट रगत बगेको थियो । त्यसपछि उनले प्रहरीलाई खबर गरिन् । प्रहरी टोलीले हत्याको आशंका गर्‍यो । अनुसन्धान गर्दै जाँदा मामा झन्द्रले नै हत्या गरेको स्वीकार गरे । विवाद के विषयमा थियो र अन्य थप के–के घटना भएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।


प्रकाशित : २०८१ कार्तिक ३०, शुक्रबार ०६:५०

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech