ताजा अपडेट

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

राजनैतिक भागबण्डा नमिल्दा समिति विहिन त्रिशक्ति वनः निर्वाचन मण्डल असफल

Lumbini Darpan 2 २०८१ मंसिर ५, बुधबार ०६:४४
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
कपिलवस्तुको बाणगङ्गा नगरपालिका वडा नम्बर ८ मोर्मी स्थित त्रिशक्ति सामुदायिक वनमा राजनैतिक भागवण्डा नमिल्दा पछिल्लो एक वर्षदेखि सामुदायिक वन कार्यसमिति विहिन बनेको छ । समितिको म्याद गुर्जिएको झण्डै १ वर्ष भइसक्दा समेत अधिवेशन हुन नसक्दा वनको पछिल्लो एक वर्षको काम समेत अस्तव्यस्त बनेको छ ।

वन कार्यसमितिको गत माघ ६ गते सम्पन्न सभाले एक महिना भित्र निर्वाचन गराउने म्यान्डेड दिएर निर्वाचन मण्डल गठन गरेको थियो । तर वर्ष दिन बितिसक्दा समेत वनले नयाँ कार्यसमिति पाउन सकेको छैन । जसका कारण वनका एक वर्षका वार्षिक कार्यहरु ठप्प अवस्थामा छन् । स्थानीय राजनैतिक दलहरुको आपसी पदीय हानथापका कारण सामुदायिक वनको आर्थिक, सामाजिक र प्रशासनिक गतविधिमा गतिरोध उत्पन्न भएको स्थानीय वन उपभोक्ताहरुले बताएका छन् ।

त्रिशक्ति सामुदायिक वनको अधिवेशन सम्पन्न गर्न कानुन व्यवसायी समेत रहेका स्थानीय रविराज आचार्य मुख्य निर्वाचन अधिकृतसहित सदस्यमा दुर्गा आचार्य र दिनेश आचार्य रहने गरि निर्वाचन मण्डल गठन गरी जिम्मेवारी दिइएको थियो । समुहको विधान अनुसार निर्वाचन समितिले १ महिना भित्र निर्वाचन गराउने भनिएको थियो ।

यहाँका मुख्य राजनैतिक दल एमाले, कांग्रेस र माओवादीसहितका अन्य दलहरुबीच नेतृत्वदायी पदमा सहमती नमिलेपछी हाल सम्म पनि नयाँ समिति चयन हुन् नसकेको हो । एक महिना भित्र चुनाव गराउन नसकेपछी निर्वाचन समितिका दुई जना सदस्यले राजिनामा दिए । जसले कानुनी जटिलता समेत थपिएको जनाइएको छ । पुःन विशेष साधारण बोलाई निर्वाचन प्रकृया सुरु गर्नु पर्ने भए पनि यो सामुदायिक वनले नयाँ कार्यसमिति हाल सम्म पनि पाउने सकिरहेको छैन ।

त्रिशक्ति सामुदायिक वनमा १ हजार ३ सय ५७ उपभोक्ता सदस्यहरु रहेका छन् । यसरी केही व्यक्तिको सिमित स्वार्थका लागि वनलाई समिति विहिन बनाएर अनिर्णयको बन्दी बनाएको र समाजमा अराजकता मच्याएको भन्दै तत्काल सहमती सहकार्य वा लोकतान्त्रिक विधि पद्धती अनुसार नयाँ समिति गठन गर्न माग गर्दै वडा नं ८ का केही स्थानीयले वनको कार्यालयमा तालावन्दी समेत गरेको छ ।

खासगरी यहाँ स्थित मुख्य तीन दल एमाले, कांग्रेस र माओवादी केन्द्रका बिचमा भागबण्डा नमिल्नुको कारण नै समिति बन्न सकिरहेको छैन ।

सामुदायिक वनका अध्यक्ष रहेका विष्णु पन्थीले पटक पटक राजनैतिक दलका नेताहरुबीच वार्ता भइरहेको तर वार्ता सफल नभएको बताए । बरिष्ठ उपाध्यक्षको प्रस्ताव ल्याएपछि कार्यसमितिले पुर्णता पाउन नसकेको उनले बताए । उनले आफ्नो अब दाबी नरहेको पनि उनको भनाइ छ ।

एमालेका एक नेताले बरिष्ठ उपाध्यक्ष नेपाली कांग्रेसलाई दिने सहमतिमा हस्ताक्षर गरे । तर उनको त्यो निर्णय एमाले पार्टी कमिटिले अस्विकार गर्यो । लुम्बिनी दर्पणलाई प्राप्त जानकारी अनुसार यहाँ राजनितिक भागबण्डा मिलाउन अध्यक्ष कांग्रसलाई दिने, उपाध्यक्ष र सचिव एमालेलाई दिने सहमति गरिएको जनाइएको छ । यस्तै माओवादी केन्द्रलाई कोषाध्यक्ष र सह सचिव रास्वपालाई दिने गरी भागबण्डा भएको छ ।

बरिष्ठ उपाध्यक्षमा अड्कियो हलो

कार्यसमितिको शिर्ष पदमा राजनितिक भागबण्डा मिलेको सन्दर्भमा नेपाली कांग्रेसले बरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने र त्यो आफुहरुले पाउने पर्ने दाबी गरेपछि समितिको पूर्णतामा हलो अड्किएको छ । वनको ऐन तथा नियममा समेत कार्यसमिति गठनका लागि बरिष्ठ उपाध्यक्ष पद नरहने व्यवस्था छ । तर पटक पटकका वार्ता र छलफलमा भाग लिएका यहाँका दलहरुका नेताले बरिष्ठ उपाध्यक्ष पद सिर्जना गरी भाग लगाउने सहमति समेत गरिएको बुझिएको छ ।

वडा नम्बर ८ का वडा सदस्य समेत रहेका शैलेन्द्र बेल्बासे वर्ता टोलीमा एमालेका तर्फबाट सहभागि छन् । उनका अनुसार एमालेले नियममा नरहेको पद सिर्जना गर्न नसकिने बताए । वनको विधानमा बरिष्ठ उपाध्यक्ष पद नरहेका कारण आफुहरुले त्यो स्विकार्न नसेकको बताए । अन्य सहमति गर्न तयार तर एमाले बरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्न नसक्ने अडानमा रहेको बताए । उता एमालेका नेता दुर्गा आचार्यले यस अघिको एक वार्तामा बरिष्ठ उपाध्यक्ष पद सिर्जना गर्ने र उक्त पद कांग्रेसलाई दिन सहमति जनाएका थिए । आचार्यले कांग्रेसलाई दिएको आश्वासन उनकै दल एमालेले अस्विकार गरेपछि विवाद थप लम्बिएको हो ।

उता नेपाली कांग्रेसका तर्फबाट कार्यसमितिको टुङ्गो लगाउने वार्तामा सहभागी नेता धुव्र कडेँलले यस अघि पनि बरिष्ठ उपाध्यक्षको व्यवस्था रहेको दाबी गरे । उनले यस अघिको कार्यसमिति सदस्य संख्या १५ पु¥याएर उक्त पद त्यसैमा मिलाइएको बताए । यस अघिको अधिवेशनमा भएको सहमतिमा एमालेलाई अध्यक्ष दिने र अर्को कार्यकालमा कांग्रेसलाई दिने सहमति रहेको सुनाए । एमालेबाट २१ सदस्यीय कार्यसमिति बनाउने प्रस्ताव आएकोमा आफूहरुले १५ सदस्यीय समितिमा सहमति गर्ने र पछि सोही समितिले २१ बनाउने प्रस्ताव राखेको बताए । आफूहरु सहमति नभए चुनाव गरी समिति बनाउने प्रस्तावमा गाएको भन्दै वन कार्यालयबाट पत्र लेखाएर चुनाव समेत हुन नदिने स्थिति सिर्जना भएको बताए । एमालेबाट पटक पटक आफुहरुसँग फरक फरक प्रस्तावसहितका छलकपट गरिरहेका कारण विवाद उत्कर्षमा पुगेको उनले बताए । एक पटक आफ्नो पार्टीबाट वार्तामा बसेर निर्णय गरेका व्यक्तिलाई आफ्नै पार्टीले नमानेपछि व्यक्ति फेरबदल गर्दै वर्ताका नाममा पठाउने र फरक फरक प्रस्ताव ल्याएर विवाद सिर्जना गर्ने काम भएकाले समस्या थप बल्झिएको बताए । पार्टीका तर्फबाट वार्तामा बसेका एक व्यक्तिले बरिष्ठ उपाध्यक्ष पद कांग्रेसलाई दिन सहमति जनाउने तर पार्टीले नमान्ने र अर्को प्रस्ताव ल्याउने गरेका कारण एमालेको विश्वास गर्न नसकिएको बताए ।

राजनितिक भागबण्डा मिलाउन जम्बो कार्यसमिति

त्रिशक्ति सामुदायिक वनको कार्यसमिति गठनमा राजनितिक भागबण्डा मिलाउने बाहानामा जम्बो कार्यसमिति बन्ने देखिएको छ । कार्यसमिति संख्या १५ बाट बढाएर २१ मा पु¥याउने गरी राजनितिक भागबण्डामा यहाँका राजनितिक दलहरु लाग्दा कार्यसमिति यति ठूलो बन्ने भएको हो । ठूला देखि साना दलहरुलाई समेत भाग लगाएर मुख्य पद हत्याउने खेलमा ठुला राजनितिक दल छन् । जसका कारण १५ सदस्यीय कार्यसमितिबाट बाडीँचुडी वनको नेतृत्व लिने राजनितिक सहमति गरी २१ सदस्यीय बनाउने वर्ता टोलीका सदस्यहरु बताउँछन् ।

कार्यसमितिको यो जम्बो आकारको सृजनाले नयाँ नेतृत्वको संरचनाले काम गर्न समेत थप समस्या सिर्जना हुने कतिपयको विश्लेषण छ । सूत्रका अनुसार, १५ सदस्यीय कार्यसमिति विस्तार गरेर २१ सदस्यीय बनाउने निर्णय सत्तारुढ दल र प्रतिपक्षी दलहरुबीचको छलफलमा लिएको सहमति हो। आफुहरुलाई जसरी पनि भाग चाहिने दलहरुको अडान एकातर्फ छ भने जति अधिक दलहरु कार्यसमितिमा समावेश हुनेछन्, त्यति नै प्रमुख दलहरुको प्रभाव र शक्ति पनि घट्ने डर अर्को पक्षलाई छ ।

बाडीँचुडी वनको नेतृत्वको विषयमा सहमति गर्ने र कार्यसमिति गठनको प्रक्रिया लम्बिँदै गएको अवस्थामा “सहमति मिलाउनुको सट्टा त्रिशक्ति सामुदायिक वनको कार्यसमिति गठनको यो राजनीतिक खेलले स्थनीय उपभोक्ता सदस्यहरुमा यहाँका नेतृत्वकर्ताहरु प्रतिको विश्वास घट्न सक्ने समेत देखिन्छ ।


प्रकाशित : २०८१ मंसिर ५, बुधबार ०६:४४

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

भर्खरै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech