ताजा अपडेट

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

७० करोड लागतको लुम्बिनीको सभाहलको आम्दानी भन्दा खर्च बढी

Lumbini Darpan 2 २०८१ मंसिर ६, बिहीबार ०६:२९
[sharethis-inline-buttons]

लुदस, बुटवल

६ मंसिर लुम्बिनीमा अन्तर्राष्ट्रिय सभाहल निर्माण सम्पन्न भएको साढे दुई वर्ष भयो । २०७९ जेठ २ गते २५६६ औँ बुद्ध जयन्तीका अवसरमा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ’अन्तर्राष्ट्रिय बौद्ध सभा तथा ध्यान हल’ को तामझामका साथ उद्घाटन गरेका थिए ।

२०७३ सालमा २५६० औँ बुद्ध जयन्ती समारोहका लागि खडा गरिएको टेन्ट हावाहुरीले उडाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम स्थलबाटै लुम्बिनीमा पाँच हजार जना अटाउने सभा हल निर्माण गर्ने घोषणा गरेका थिए । प्रधानमन्त्रीको घोषण अनुसार २०७५ साल वैशाख १७ गते २५६२ औँ बुद्ध जयन्तीका दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सभा हलको शिलान्यास गरेकी थिइन्। दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको भए पनि चार वर्षमा निर्माण पूरा भएको थियो । दुई चरणमा गरेर ७० करोड रुपैयाँ लागतमा उक्त बनेको हो ।

अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सभाहल निर्माण भएपछि लुम्बिनीका आन्तरिक र बाह्य कार्यक्रम बढ्ने विश्वास गरिएको थियो । तर, यसरी करोडौँमा बनाइएको उक्त हल अहिले प्रयोगविहीन जस्तै बनेको छ । उद्घाटन भएको साढे २ वर्षको अवधिमा हल भाडामार्फत २७ लाख ३० हजार रुपैयाँ मात्रै सङ्कलन भएको छ । सो हलमा साढे २ अवधिमा केबल ११ वटा मात्रै कार्यक्रम भएका छन् ।

उक्त हल प्रयोग गरे बापत आर्थिक वर्ष २०७९र८०मा भएका ७ वटा कार्यक्रमको भएकामा १३ लाख ५० हजार रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्ष २०८०र८१ मा ३ वटा कार्यक्रम भएको र त्यसबापत ८ लाख रुपैयाँ रुपैयाँ सङ्कलन भएको लुम्बिनी विकास कोषका लेखा प्रमुख नबल यादव बताउँछन् ।यस्तै आर्थिक वर्ष २०८१र८२ एउटा कार्यक्रम ५ दिनको भएको थियो । सो कार्यक्र बाफत ५ लाख ८० हजार भाडा लिइएको लेखा अधिकृत यादवले बताए ।

यी हुन हलमा भएका ११ कार्यक्रम
लुम्बिनीमा अन्तराष्टिय सभा हल प्रयोग गर्दा दिनको १ लाख ५० हजारसम्म भाडा लिने कार्यविधि बनाइएको छ । यस्तै आधा दिन कार्यक्रम गरेको १ लाख रुपैयाँ लिने गरिन्छ । तर, त्यो अनुसार कार्यक्रम निकै कम भएका छन् ।
लुम्बिनी विकास कोषका अनुसार ९ दिन राम कथा प्रवचन र जीव विज्ञान प्रतिष्ठान काठमाडौँले सभाहलमा ७ दिन कार्यक्रम गर्दा ५र५ लाख भाडा तिरेका थिए ।

यस्तै हेफर इन्टरनेसनल नामको गैरसरकारी संस्था, सुनेयानी नामक संस्था, नेपाल शिक्षक सङ्घ, सत्य शाई सेवा सङ्गठन, श्रुति फाउन्डेसन, सुर्यता इन्टर नेशलन फाउन्डेसन इन्डिया, ५०० अर्डिनेशन थाई विहार, टिजु चि फाउन्डेशन र बुद्धिटहको कार्यक्रम सभा हलमा भएका छन् । ती कार्यक्रम अधिकांश एक दिने हुन्। जसबाट एक लाख ५० हजारदेखि दुई लाख ५० हजार रुपैयाँसम्म रकम लिइएको थियो

यस्तै नेपाल बौद्ध अम्बेडकर महासभाले ५ दिन सभाहलको प्रयोग गरेवाफत ५ लाख ८० हजार रुपियाँ राजश्व संकलन भएको थियो । साढे २ वर्षको अवधिमा २७ लाख ३० हजार रुपैया मात्रै भाडा वाफत राजश्व सङ्कलन भएको कोषले जनाएको छ ।

लुम्बिनी विकास कोषका सुचना अधिकारी हरिध्वज राईले सभाहल प्रयोग गरे वाफत उठेको भन्दा खर्च बढी रहेको बताउँछन् । ‘अहिले सुरक्षा गार्ड, सरसफाई, विद्युत र पानीको व्यवस्था लुम्बिनी विकास कोषले नै गरेको छ । यसका लागि छुट्टै कर्मचारी राख्ने हो भने त भाडा उठे भन्दा धेरै खर्च हुन्छ होला,’ उनले भने ।

हल निर्माण भएपछि लुम्बिनीको पर्यटन विकास बढ्ने अपेक्षा रहेता पनि सोही अनुसारको कार्यक्रम हुन नसकेको सुचना अधिकारी राईले बताए । साथै उनले सभाहल ठुलो भएकाले सधै भरी ठुलो कार्यक्रम नभइ नरहने भएकाले कार्यविधि संशोधन गरेर भए पनि साना कार्यक्रमका गर्ने वातावरण सृजना गराउनु पर्ने बताए ।

’अहिले दिनको १ लाख भाडा छ । यति धेरै पैसा साना संस्थाहरुले दिन सक्ने अवस्था हुँदैन् । यसकारण साना कार्यक्रम पनि सभाहलमा गर्ने वातावरणको सृजना गराउनु पर्छ । अनि हल नियमति रुपमा संचालन गर्न सकिन्छ ,’ उनले भने । प्रध्यापक नुरजंग केसीले आवश्यकताको आधारमा भन्दा पनि हचुवाको भरमा संरचना बनाउँदा राज्यको लगानी खेर गएको बताउँछन् । ‘राज्यले लगानी गर्दा आवश्यकताको आधारमा गर्नु पर्छ । आवश्यकता भन्दा पनि हचुवाको भरमा काम गर्दा त्यसबाट राज्यलाई प्रतिफल हुन नसकेको हो,’–उनले भने ।


प्रकाशित : २०८१ मंसिर ६, बिहीबार ०६:२९

Lumbini Darpan 2

लेखकबाट थप

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु
  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

लुम्बिनी सरकार निर्माणका लागि मोहनविक्रम सिंहसँग ओली र प्रचण्डको दुई बुँदे सहमति

वन संरक्षणमा उत्कृष्ट कामको कदर, कपिलवस्तुका कोइलीचौर र मायादेवी पुरस्कृत

प्रभाकर माविको प्रशासनिक कक्षमा तालाबन्दी, सामाजिक सञ्जालमा अनियमितताको तरङ्ग

वृक्षारोपण गरि मनाईयो सामुदायिक वन दिवस

हराएका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला, घटना शंकास्पद

बाणगंगा नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न : नगर दररेट स्वीकृत, उद्योग शाखा स्थापना गर्ने निर्णय

लुम्बिनी प्रदेशको ५२ बुँदे बजेट मार्गदर्शन : असारमा तालिम–गोष्ठी रोक, बजेट अनुशासन उल्लङ्घन गर्नेलाई कारबाही

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

भर्खरै

  • प्रधानमन्त्री बालेन र भारतीय सेना प्रमुख सेठबीच भेटवार्ता हुँदै

  • कप्तानगञ्ज घटनाको छानबिन प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

  • लोकदोहोरीमा चम्किँदै सम्झना रणपाल

  • शुभयात्रा ई.मोबिलिटी प्रा.लि.द्वारा कपिलवस्तुमा विद्युतीय सवारी सेवा सुरु

  • लक्ष्मणघाट बोलबमधाममा श्रावणी मेला, भक्तजनको घुइँचो

  • नागको पूजा गरेर मनाइयो नागपञ्चमी

  • सपनाको जापान र तीतो यथार्थ : राज्यको उदासीनता र नेपाली विद्यार्थीको जोखिमपूर्ण भविष्य

  • सरसफाइको जागरण गाउँ–गाउँ पुर्‍याउन उत्प्रेरकको क्षमता अभिवृद्धिमा जोड

  • निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा मापदण्ड लागू

  • एमालेको ‘मिसन पार्टी जागरण’ अभियान : कपिलवस्तुमा संगठन सुदृढीकरणको सन्देश


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech