हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको वाणगंगा नगरपालिका ४ गजेहडा स्थित बालज्योती ईङ्गलीस बोर्डिङ्ग स्कुलले अतिरिक्ति क्रियाकलापका कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाईरहेको छ । किताबी ज्ञानमा मात्र सिमित नभई विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराई आवश्यक अवसर प्रदान गर्ने उद्देश्यले अतिरिक्ति क्रियाकलापलाई निरन्तर अगाडि बढाईरहेको विद्यालयले जनाएको छ ।
सोहि अन्तर्गत २ दिन ट्यालेन्ट हन्ट कार्यक्रम गरेको छ । हिजो कक्षा १ देखि ५ सम्म र आज कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु बिच ट्यालेन्ट हन्ट अन्तर्गत विभिन्न प्रतिभाहरु प्रस्फुटन गराईएको छ । ट्यालेन्ट हन्ट अन्तर्गत विद्यार्थीहरुले एकल तथा समुह नृत्य, गायन, चित्रकला, अभिनय, गितार सहित गायन, कथा कविता वाचन जस्ता क्रियाकलापहरु निकै सक्रियता पुर्वक प्रस्तुत गरेका थिए ।
जसको नतिजा प्रकाशन तथा पुरस्कार वितरण आईतवार हुने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक राजेश थापाले जानकारी दिनुभयो । ट्यालेन्ट हन्टको निर्णायक मण्डलमा सगुन भण्डारी, रोशनी थापा र सुन्दरी मल्ल रहनुभएको थियो ।
स्कुलका प्रिन्सिपल सर्वेन्द्रदेव खनालले विद्यार्थीहरुमा रहेको जुनसुकै प्रतिभा अनुसार विद्यार्थीहरुकै ईच्छा र रुची अनुसार कक्षा ९ ले संयोजन गरि विद्यार्थीहरुले ट्यालेन्ट हन्ट कार्यक्रम निकै सक्रियताका साथ सम्पन्न गरेको बताउनुभयो । कार्यक्रमका अध्यक्ष समेत रहनुभएका प्रिन्सिपल खनालले वालवालिकाहरुमा रहेको अन्र्तनिहित प्रतिभाहरुको प्रस्तुत गरि उचित अवसर प्रदान गर्ने उद्देश्यका साथ अतिरिक्ति क्रियाकलाप अन्र्तगत यो कार्यक्रम गरिएको बताउँदै आगामी दिनमा निरन्तरता दिने बताउनुभयो ।
कक्षा ९ का विद्यार्थी सुशन थापा र कक्षा १० का विद्यार्थी दर्शन पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल अजय पाण्डे, अन्य शिक्षक, शिक्षिका, कर्मचारी तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।