ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

भोलि देखि नन्दनगरमा हुने महायज्ञको तयारी पुरा, मन्त्री पाण्डेले उद्घाटन गर्ने

Lumbini Darpan 2 २०८१ मंसिर ७, शुक्रबार १९:१६
[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा २ नन्दनगर स्थित कैलाश आश्रम परिसरमा हुने श्री वराहपुराण पाठ पारायण तथा श्रीमद् भागवत महापुराण धन धान्याञ्चल ज्ञान–महायज्ञ २०८१ को सम्पुर्ण तयारी पुरा भएको छ । भोलि अर्थात यहि मंसिर ८ गते देखि १६ गते सम्म हुने महायज्ञको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलन मार्फत आयोजक श्री मनकामना संस्कृत गुरुकुल प्रवर्धन समाजले जनाएको छ । भोलि दिउँसो १ बजे नेपाल सरकारका संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले समुद्घाटन गर्ने कार्यतालिका तय भएको र त्यस अगाडि विहान ९ बजे बैरिया सिमलपानी चोक देखि विभिन्न झांकीहरु सहित शोभाकलश यात्रा सुरु हुने महायज्ञ सम्पादन मुल समितिले जानकारी दिएको छ ।

उक्त महायज्ञ सफल बनाउन विभिन्न राजनितक दल, शैक्षिक संस्था, युवा क्लव लगाएत संघ संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको र जिल्ला तथा जिल्ला बाहिरका विभिन्न पालिकाहरुले महायज्ञ सफल बनाउन आँफुहरुको भरपुर सहयोग गर्ने बताएको महायज्ञ सम्पादन मुल समितिका संयोज तथा प्रवर्धन समाजका अध्यक्ष रबिराज शर्मा ज्ञवालीले बताउनुभयो । उहाँले यस महायज्ञमा करिव ४० लाखको आर्थिक तथा अन्नदान संकलन हुने अपेक्षा गरिएको बताउनुभयो ।

यस क्षेत्रमै पहिलो पटक प्रत्येक दिन संगितमय श्रृंगारिक महाआरती हुने यस महायज्ञको प्रमुख विशेषता रहेको छ । बैदिक सत्य सनातन धर्मको रक्षार्थ राष्ट्र शान्ति र विश्व शान्तीको कामना सहित श्री मनकामना संस्कृत विद्यापिठ गुरुकुलमको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले ३० औं अनुष्ठानको रुपमा श्रृंगिऋषिको तपोभुमी भागिरथी नदिको तटमा अवस्थित कैलाश आश्रम परिसरमा ज्ञान महायज्ञ हुदै धनधान्याञ्चल ज्ञान–महायज्ञको आयोजना गरिएको महायज्ञका प्रचार प्रसार उप समिति संयोजक तथा समाजका उपाध्यक्ष जगतराज रेग्मीले बताउनुभयो ।

अहिले गुरुकुलमा १ सय २५ जना बटुकहरुले अध्ययन गरिरहेका छन् । पत्रकार सम्मेलनमा प्रवर्धन समाजका सचिव कमल पौडेल, व्यवस्थापक मोहन प्रसाद पन्थी, प्राचार्य लगायतले गुरुकुलमको परिचय सहित महायज्ञ संचालनको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।  पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य कृष्ण पौडेल लगायत बाणगंगाका क्रियाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०८१ मंसिर ७, शुक्रबार १९:१६

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech