महायज्ञले अभियान, जागरण र जागृति सिर्जना गर्छ : मन्त्री पाण्डे

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, कपिलबस्तु
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृतिको संरक्षण र सम्बर्धन गर्नुपर्ने बताउनुभएको छ ।

कपिलवस्तुको बाणगंगा नगरपालिका –२ नन्दनगरस्थित कैलाश आश्रममा महायज्ञको उदघाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले सानो भुगोलमा हामीसँग विविधता पूर्ण संस्कृति रहेको हुनाले यसको जगेर्ना र संरक्षण गर्न सबैको दायित्व रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यस्ता कार्यक्रमले एउटा अभियान, जागरण र जागृति सिर्जना गर्नेछ ।’ समयको आवश्यकताअनुसार जसले अंग्रेजी र संस्कृतिमा योग्यता राख्यो त्यो व्यक्ति कँही पराजित नहुने मन्त्री पाण्डेले बताउनुभयो ।

उहाँले संस्कृति भाषालाई जननी भाषा पनि भन्ने गरेको उहाँको भनाइ छ । संस्कृति भाषाको दर्शन र साहित्य बुझ्ने मान्छे यो समाजको लागि योग्य पत्रको रुपमा रहेको बताउनुभयो ।

महायज्ञको मुख्य उद्देश्य बैदिक सत्य सनातन धर्मको रक्षा, राष्ट्र र विश्व शान्ति तथा मनकामना संस्कृत विद्यापिठ गुरुकुलको संरक्षण गर्नु रहेको छ । हाल गुरुकुलमा १ सय २५ जना बटुक अध्ययनरत छन् ।


प्रकाशित : २०८१ मंसिर ९, आईतवार ०७:५७