क्रिकेट महोत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस, काठमाडौं
नेपाली क्रिकेटको सबैभन्दा प्रतिक्षा गरिएको प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) टी २० फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ ।

एनपीएल(फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।

स्टार स्पोर्ट्सबाट पहिलो पटक प्रत्यक्ष प्रशारण, पहिलो पटक फ्रेन्चाइज लिगमा ८ टिम सहभागि, टीयू मैदानमा विभिन्न खालका सुविधा, करोडौँ लगानी देखि स्टार विदेशी खेलाडीको आगमनले एनपीएले सुरु हुनु अघि नै निकै ठूलो हाइप पाइसकेको छ ।

सहभागि टिम र खेलाडीहरुका साथै लगानीकर्ता अनी क्रिकेटका क्रेजी समर्थकहरु आज देखि हुने एनपीएलका लागि तयार छन् र निकै उत्सहित भएर बसेका छन् । अब त्यो प्रतिक्षाको घडी सकिन केही घण्टा मात्र बाँकी छ ।

आयोजक नेपाल क्रिकेट संघले दुई वर्षअघि नेपाल टी २० लिग गरेपनि त्यसलाई निरन्तरता दिन सकेन र नयाँ शैलीमा एनपीएल आयोजना गर्न लागेको जनाइसकेको छ । क्यानले एनपीएलको पहिलो संस्करण भनेको छ ।

उद्घाटन खेलका लागि तयार किंग्स र बोल्ट्स

एनपीएलको पहिलो संस्करणको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२स्१५ बजे सुरु हुनेछ ।

त्यसअघि टीयू मैदानमा उद्घाटन समारोह हुने क्यानले जनाएको छ । जसमा केही प्रस्तुती पनि हुने जनाइएको छ ।

विराटनगर किंग्सको कप्तानी लेगस्पीनर सन्दीप लामिछाने र जनकपुरको कप्तानी टप अर्डर ब्याटर अनिल शाहले गर्नेछन्

सन्दीप विराटनगरका मार्की खेलाडी पनि हुन् । जनकपुरको मार्की आसिफ शेख हुन् तर अनिललाई कप्तान चयन गरेको हो । जनकपुरले मात्र मार्की बाहेक फरक खेलाडी कप्तान बनाएको हो ।

उद्घाटन खेलका लागि दुवै टोली तयार रहेको कप्तानले बताएका छन् ।

विराटनगरका कप्तान सन्दीपले टिमले धेरै लगानी गरेको र जितकै लागि खेल्ने बताए । ‘निश्चित रुपमा हामी जितकै लागि खेल्नेछौँ । मैदान उत्रेपछि जसले पनि जित्न नै चाहन्छ ।’

मैदान बाहिर सबै जना राम्रो साथी भएपनि मैदान भित्र राइभलरी हुने र सबैले जितका लागि नै खेल्ने सन्दीपले बताए ।

यस्तै जनकपुरका कप्तान अनिल शाहले पनि बोलेर भन्दा मैदानमै खेलेर देखाउने बताए ।

आईपीएल देखि विश्वका चर्चित सबै लिग खेलेको अनुभव रहेको सन्दीपले एनपीएलका लागि सबै जना उत्सहित रहेको र आफ्नै लिग खेल्ने सपना पूरा भएको बताए ।

यसैगरी जनकपुरका कप्तान अनिलले अहिले एनपीएलले माहोलले सबैलाई उत्सहित बनाएको बताए ।

यसैगरी अनिलले मार्की खेलाडी नै कप्तान हुनुपर्ने जरुरी नरहेको र आसिफसँग सल्लाहमै कप्तानको निर्णय भएको बताए ।

अनिलले पहिलो पटक फ्रेन्चाइज लिगको कप्तानी गर्दैछन् । उनले इपीएल, डीपीएल र पीपीएल खेलिसकेका छन् । राष्ट्रिय टिममा पछिल्ला खेलमा आसिफ र अनिलले ओपनिङ गरेका थिए । जनकपुरमा पनि यहि जोडीले ओपनिङ गर्नेछन् ।

संयोगवस दुवै खेलाडी मधेश कप्रदेशका हुन् र आफ्नै क्षेत्रलाई प्रतिनिधित्व गरेर खेल्न पाउँदा खुशी छन् ।

सन् २०२२ मा भएको नेपाल टी२० का विजेता लुम्बिनी अल स्टार्सकै व्यवसथ्पनले जनकपुर बोल्ट्सको टिम लिएकोले लुम्बिनी अल स्टार्सको लेगेसी कायम राख्ने लक्ष्यमा छन् ।

त्यस बेला अनिल सहित अल स्टार्सबाट खेलेका ललित राजवंशी र किशोर महतो अनी विदेशी लाहिर अहिले पनि जनकपुरमा सँगै छन् । यस बाहेक जनकपुरमा यू१९ टिमका कप्तान हेमन्त धामी र आकाश त्रिपाठी छन् ।दुवै खेलाडी अहिले यू१९ एसिया कप खेल्ने युएईमा छन् ।

किंग्स र बोल्ट्स दुवै जितसहित लिग सुरु गर्ने लक्ष्यमा छन् ।

दुवै टोद्यीमा विदेशी खेलाडीहरुको राम्रो साथ छ । विराटनगर किंग्समा विश्व चर्चित ब्याटर मार्टिन गप्टिलसहित ओमानका आकिब इल्यास, क्यानडाका निकोलस किर्टोन र स्कटल्याण्डका क्रिस सोल छन् । पहिलो खेलमा यही चार जना खेल्नेछ ।

यस्तै जनकपुरको टिममा न्युजलियाण्डकै अलराउण्डर जिम्मी निसम देखि पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकन लाहिरु मिलान्था र जोसुअ ट्रोम्प, इंग्ल्याण्डका बेन माइक र क्यानडाका अलराउण्डर हर्श थाकेर छन् । निसम र ट्रोम्प बाहेक बाँकी चार खेलाडी नेपाल आइसकेका छन् र पहिलो खेलमा स्पीन अलराउण्डर मोहसिन, टप अर्डर ब्याटर लाहिरु तथा अलराउण्डरद्वय बेन र थाकेर खेल्नेछन् ।

एनपीएलमा हरेक टिमले चार खेलाडी पहिलो रोजाईँमा खेलाउनुपर्नेछ । टिममा भने ६ जना सम्म विदेशी खेलाडी राख्न पाउनेछ । नाम चलेका स्टार विदेशी खेलाडीहरु आउँदा नेपालका युवा खेलाडीहरुका लागि सिक्ने अवसर हुनेछ ।

विराटनगरमा राष्ट्रिय टिमका सन्दीप सहित राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश बम प्रतिश जिसी र बसिर अहमद जस्ता खेलाडी छन् । यस्तै २०१४ को विश्वकप खेलेका जितेन्द्र मुखिया पनि छन् ।

किग्स र बोल्ट्स दुवैमा टप अर्डर स्पीन अट्याक राम्रो देखिएको छ । जनकपुरमा नेपाली ओपनिङ जोडी अनिल र आसिफ छन् । यस्तै लहिरु मिलान्थ मुख्य ब्याटरको रुपमा छन् । तीनै जनाले ओपनिङ र टप अर्डरमा खेल्ने अनी विकेटकिपर समेत हुन् ।

त्यसपछि भने मध्यक्रममा जनकपुरको भर विरेशी खेलाडीमा हुनेछ । पहिलो खेलमा निसम उपलब्ध हुने छैनन् । अमजन बोल्ट्सबाट टि२० लिग खेलिरहेका निसम उता खेल छाडेर एनपीएलका लागि नेपाल आउँदैछन् । पहिलो खेलमा जनकपुरका विदेशी खेलाडीमा लाहिरु मिलान्थासँगै अलराउण्डरहरु मोहसिन, बेन माइक र थाकेरले खेल्नेछन् ।

यस्तै विराटनगरमा मार्टिन गप्टिलसहित ओमानका आकिश इल्यास र नेपालकै लोकेश बम छन् ।

स्पीनतर्फ विराटनगरमा कप्तान सन्दीप लामिछाने सहित स्पीन अलराउण्डर बसिर अहमद, युवा स्पीनरद्वय सुवास भण्डारी र अनिल खरेल छन् । पेस बलिङका स्कटिस क्रिस सोलसहित नेपालका प्रतिशत जिसी र जितेन्द्र मुखिया छन् ।

यसैगरी जनपुरमा ललित राजंवक्कीको नेतृत्वमा रहेको स्पीन अट्याकमा मोहसिन र शेर मल्लको साथ हुनेछ । पेस बलिङमा अष्ट्रेलियाबाट आएका किशोर महतो छन् । उनलाई बलिङ अलराउण्डर बेन माइक र हर्श थाकेरले साथ दिनेछन् ।

पुबुदु भर्सेस केभिन ओ’ब्रायन

मैदान भित्र खेलाडीहरुको प्रतिस्पर्धा हुँदा मैदान बाहिर पनि जितका लागि रणनीतित बनाउने पुबुद दासानायके भर्सेस केभिन ओ’ब्रायन हेर्न लायक हुनेछ ।

पुबुदु नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक हुन् । उनलाई नेपाली खेलाडी र यहाको क्रिकेटबारे राम्रो ज्ञान छ । केही समयअघि नेपालले अमेरिकामा लिग टु खेल्दा पुबुद नेपाली टिमको मेन्टर थिए । त्यसबेला आसिफ र अनिलसँगै ललित पनि टिममा थिए । त्यसले गर्दा पनि जनकपुर टिमलाई सहज हुनेछ ।

उता विराटनगरका मुख्य प्रशिक्षक केभिन ओ’ब्रायनले यसअघि नेपालमा फ्रेन्चाइज लिग इपीएपल खेलेका थिए । उनी पहिलो पटक प्रशिक्षकको भूमिकामा फ्रेन्चाइज टिम हेर्न नेपालमा आएका हुन् ।

यसअघि केभिन ओ’ब्रायनले सन् २०२१ मा काठमाडौं किंग्स ११ बाट यपीएल खेलेका थिए । केभिन ओ’ब्रायन प्रशिक्षक अनी र सन्दीपको कप्तानीमा विराटनगरले कस्तो खेल्ला हेर्न लायक हुनेछ । अझ यसमा विश्वकै स्टार मराटिन गप्टिल जस्ता खेलाडी समावेश हुँदा विराटनगरको टिम सन्तुलित देखिन्छ ।


प्रकाशित : २०८१ मंसिर १५, शनिबार ०६:१७