ताजा अपडेट

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

क्रिकेट महोत्सव एनपीएल आजदेखि, विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

Lumbini Darpan 2 २०८१ मंसिर १५, शनिबार ०६:१७
[sharethis-inline-buttons]

लुदस, काठमाडौं
नेपाली क्रिकेटको सबैभन्दा प्रतिक्षा गरिएको प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) टी २० फ्रेन्चाइज लिग आज देखि सुरु हुँदैछ ।

एनपीएल(फेस्टिभल अफ हिमालयज भन्ने नाराका साथ आयोजना हुन लागेको एनपीएलमा ८ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन् ।

स्टार स्पोर्ट्सबाट पहिलो पटक प्रत्यक्ष प्रशारण, पहिलो पटक फ्रेन्चाइज लिगमा ८ टिम सहभागि, टीयू मैदानमा विभिन्न खालका सुविधा, करोडौँ लगानी देखि स्टार विदेशी खेलाडीको आगमनले एनपीएले सुरु हुनु अघि नै निकै ठूलो हाइप पाइसकेको छ ।

सहभागि टिम र खेलाडीहरुका साथै लगानीकर्ता अनी क्रिकेटका क्रेजी समर्थकहरु आज देखि हुने एनपीएलका लागि तयार छन् र निकै उत्सहित भएर बसेका छन् । अब त्यो प्रतिक्षाको घडी सकिन केही घण्टा मात्र बाँकी छ ।

आयोजक नेपाल क्रिकेट संघले दुई वर्षअघि नेपाल टी २० लिग गरेपनि त्यसलाई निरन्तरता दिन सकेन र नयाँ शैलीमा एनपीएल आयोजना गर्न लागेको जनाइसकेको छ । क्यानले एनपीएलको पहिलो संस्करण भनेको छ ।

उद्घाटन खेलका लागि तयार किंग्स र बोल्ट्स

एनपीएलको पहिलो संस्करणको उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो १२स्१५ बजे सुरु हुनेछ ।

त्यसअघि टीयू मैदानमा उद्घाटन समारोह हुने क्यानले जनाएको छ । जसमा केही प्रस्तुती पनि हुने जनाइएको छ ।

विराटनगर किंग्सको कप्तानी लेगस्पीनर सन्दीप लामिछाने र जनकपुरको कप्तानी टप अर्डर ब्याटर अनिल शाहले गर्नेछन्

सन्दीप विराटनगरका मार्की खेलाडी पनि हुन् । जनकपुरको मार्की आसिफ शेख हुन् तर अनिललाई कप्तान चयन गरेको हो । जनकपुरले मात्र मार्की बाहेक फरक खेलाडी कप्तान बनाएको हो ।

उद्घाटन खेलका लागि दुवै टोली तयार रहेको कप्तानले बताएका छन् ।

विराटनगरका कप्तान सन्दीपले टिमले धेरै लगानी गरेको र जितकै लागि खेल्ने बताए । ‘निश्चित रुपमा हामी जितकै लागि खेल्नेछौँ । मैदान उत्रेपछि जसले पनि जित्न नै चाहन्छ ।’

मैदान बाहिर सबै जना राम्रो साथी भएपनि मैदान भित्र राइभलरी हुने र सबैले जितका लागि नै खेल्ने सन्दीपले बताए ।

यस्तै जनकपुरका कप्तान अनिल शाहले पनि बोलेर भन्दा मैदानमै खेलेर देखाउने बताए ।

आईपीएल देखि विश्वका चर्चित सबै लिग खेलेको अनुभव रहेको सन्दीपले एनपीएलका लागि सबै जना उत्सहित रहेको र आफ्नै लिग खेल्ने सपना पूरा भएको बताए ।

यसैगरी जनकपुरका कप्तान अनिलले अहिले एनपीएलले माहोलले सबैलाई उत्सहित बनाएको बताए ।

यसैगरी अनिलले मार्की खेलाडी नै कप्तान हुनुपर्ने जरुरी नरहेको र आसिफसँग सल्लाहमै कप्तानको निर्णय भएको बताए ।

अनिलले पहिलो पटक फ्रेन्चाइज लिगको कप्तानी गर्दैछन् । उनले इपीएल, डीपीएल र पीपीएल खेलिसकेका छन् । राष्ट्रिय टिममा पछिल्ला खेलमा आसिफ र अनिलले ओपनिङ गरेका थिए । जनकपुरमा पनि यहि जोडीले ओपनिङ गर्नेछन् ।

संयोगवस दुवै खेलाडी मधेश कप्रदेशका हुन् र आफ्नै क्षेत्रलाई प्रतिनिधित्व गरेर खेल्न पाउँदा खुशी छन् ।

सन् २०२२ मा भएको नेपाल टी२० का विजेता लुम्बिनी अल स्टार्सकै व्यवसथ्पनले जनकपुर बोल्ट्सको टिम लिएकोले लुम्बिनी अल स्टार्सको लेगेसी कायम राख्ने लक्ष्यमा छन् ।

त्यस बेला अनिल सहित अल स्टार्सबाट खेलेका ललित राजवंशी र किशोर महतो अनी विदेशी लाहिर अहिले पनि जनकपुरमा सँगै छन् । यस बाहेक जनकपुरमा यू१९ टिमका कप्तान हेमन्त धामी र आकाश त्रिपाठी छन् ।दुवै खेलाडी अहिले यू१९ एसिया कप खेल्ने युएईमा छन् ।

किंग्स र बोल्ट्स दुवै जितसहित लिग सुरु गर्ने लक्ष्यमा छन् ।

दुवै टोद्यीमा विदेशी खेलाडीहरुको राम्रो साथ छ । विराटनगर किंग्समा विश्व चर्चित ब्याटर मार्टिन गप्टिलसहित ओमानका आकिब इल्यास, क्यानडाका निकोलस किर्टोन र स्कटल्याण्डका क्रिस सोल छन् । पहिलो खेलमा यही चार जना खेल्नेछ ।

यस्तै जनकपुरको टिममा न्युजलियाण्डकै अलराउण्डर जिम्मी निसम देखि पाकिस्तानका मोहम्मद मोहसिन, अमेरिकन लाहिरु मिलान्था र जोसुअ ट्रोम्प, इंग्ल्याण्डका बेन माइक र क्यानडाका अलराउण्डर हर्श थाकेर छन् । निसम र ट्रोम्प बाहेक बाँकी चार खेलाडी नेपाल आइसकेका छन् र पहिलो खेलमा स्पीन अलराउण्डर मोहसिन, टप अर्डर ब्याटर लाहिरु तथा अलराउण्डरद्वय बेन र थाकेर खेल्नेछन् ।

एनपीएलमा हरेक टिमले चार खेलाडी पहिलो रोजाईँमा खेलाउनुपर्नेछ । टिममा भने ६ जना सम्म विदेशी खेलाडी राख्न पाउनेछ । नाम चलेका स्टार विदेशी खेलाडीहरु आउँदा नेपालका युवा खेलाडीहरुका लागि सिक्ने अवसर हुनेछ ।

विराटनगरमा राष्ट्रिय टिमका सन्दीप सहित राष्ट्रिय टिमबाट खेलिसकेका लोकेश बम प्रतिश जिसी र बसिर अहमद जस्ता खेलाडी छन् । यस्तै २०१४ को विश्वकप खेलेका जितेन्द्र मुखिया पनि छन् ।

किग्स र बोल्ट्स दुवैमा टप अर्डर स्पीन अट्याक राम्रो देखिएको छ । जनकपुरमा नेपाली ओपनिङ जोडी अनिल र आसिफ छन् । यस्तै लहिरु मिलान्थ मुख्य ब्याटरको रुपमा छन् । तीनै जनाले ओपनिङ र टप अर्डरमा खेल्ने अनी विकेटकिपर समेत हुन् ।

त्यसपछि भने मध्यक्रममा जनकपुरको भर विरेशी खेलाडीमा हुनेछ । पहिलो खेलमा निसम उपलब्ध हुने छैनन् । अमजन बोल्ट्सबाट टि२० लिग खेलिरहेका निसम उता खेल छाडेर एनपीएलका लागि नेपाल आउँदैछन् । पहिलो खेलमा जनकपुरका विदेशी खेलाडीमा लाहिरु मिलान्थासँगै अलराउण्डरहरु मोहसिन, बेन माइक र थाकेरले खेल्नेछन् ।

यस्तै विराटनगरमा मार्टिन गप्टिलसहित ओमानका आकिश इल्यास र नेपालकै लोकेश बम छन् ।

स्पीनतर्फ विराटनगरमा कप्तान सन्दीप लामिछाने सहित स्पीन अलराउण्डर बसिर अहमद, युवा स्पीनरद्वय सुवास भण्डारी र अनिल खरेल छन् । पेस बलिङका स्कटिस क्रिस सोलसहित नेपालका प्रतिशत जिसी र जितेन्द्र मुखिया छन् ।

यसैगरी जनपुरमा ललित राजंवक्कीको नेतृत्वमा रहेको स्पीन अट्याकमा मोहसिन र शेर मल्लको साथ हुनेछ । पेस बलिङमा अष्ट्रेलियाबाट आएका किशोर महतो छन् । उनलाई बलिङ अलराउण्डर बेन माइक र हर्श थाकेरले साथ दिनेछन् ।

पुबुदु भर्सेस केभिन ओ’ब्रायन

मैदान भित्र खेलाडीहरुको प्रतिस्पर्धा हुँदा मैदान बाहिर पनि जितका लागि रणनीतित बनाउने पुबुद दासानायके भर्सेस केभिन ओ’ब्रायन हेर्न लायक हुनेछ ।

पुबुदु नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक हुन् । उनलाई नेपाली खेलाडी र यहाको क्रिकेटबारे राम्रो ज्ञान छ । केही समयअघि नेपालले अमेरिकामा लिग टु खेल्दा पुबुद नेपाली टिमको मेन्टर थिए । त्यसबेला आसिफ र अनिलसँगै ललित पनि टिममा थिए । त्यसले गर्दा पनि जनकपुर टिमलाई सहज हुनेछ ।

उता विराटनगरका मुख्य प्रशिक्षक केभिन ओ’ब्रायनले यसअघि नेपालमा फ्रेन्चाइज लिग इपीएपल खेलेका थिए । उनी पहिलो पटक प्रशिक्षकको भूमिकामा फ्रेन्चाइज टिम हेर्न नेपालमा आएका हुन् ।

यसअघि केभिन ओ’ब्रायनले सन् २०२१ मा काठमाडौं किंग्स ११ बाट यपीएल खेलेका थिए । केभिन ओ’ब्रायन प्रशिक्षक अनी र सन्दीपको कप्तानीमा विराटनगरले कस्तो खेल्ला हेर्न लायक हुनेछ । अझ यसमा विश्वकै स्टार मराटिन गप्टिल जस्ता खेलाडी समावेश हुँदा विराटनगरको टिम सन्तुलित देखिन्छ ।


प्रकाशित : २०८१ मंसिर १५, शनिबार ०६:१७

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

भर्खरै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech