जनसेवा कृषि सहकारी मोतिपुरको १७ औं बार्षिक साधारण सम्पन्न

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदस ,कपिलवस्तु

लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले स्थानीय उत्पादन प्रयोग गरी अर्थतन्त्र बिकास गर्नुपर्ने बताउनु भएको छ । जनसेवा कृषि सहकारी सस्था लिमिटेड मोतिपुरको १७ औं बार्षिक साधारण सभालाई आज शनिवार सम्बोधन गर्दै सांसद पन्थीले नेपाली पूँजी धेरै बाहिरिएकाले स्थानीय उत्पादनलाई प्रवर्धन गरेर अर्थतन्त्र बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।कार्यक्रमका प्रमुख अतिथि पन्थीले प्रत्येक पालिकाले आफूलाई चाहिने कृषिजन्य उत्पादन आफै गरेर आत्मनिर्भर बन्ने योजना हुनुपर्ने बताउनुभयो । उहाँले उर्भर भूमि भएकाले कृषि उत्पादकत्व बृद्धि गरेर अन्यत्रको पूँजी नगरमा भित्रयाउँदै आत्मनिर्भर बन्न सकिने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा नगर उपप्रमुख रिता कुमारी चौधरीले उत्पादन, कृषि र उद्यम संग जोडिएको सहकारीलाई नगरले विशेष प्राथमिकता दिएको जिकिर गर्नुभयो । उहाले युवा शक्तिलाई विदेश पलायन हुनबाट रोक्न पालिकाले विभिन्न कार्यक्रमहरु समेत संचालन गर्दै आईरहेको बताउनुभयो ।

कार्यक्रममा वडा नंं ७ का वडा अध्यक्ष बिष्णु गिरी, साना किसान सहकारी संस्थाका अध्यक्ष भिम प्रसाद साप्कोटा, फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरी,प्रगतिशिल युवा क्लवका अध्यक्ष , लेखा संयोजक तथा सल्लाहकार ,विभिन्न सामाजिक व्यक्तित्व लगाएतले शुभकामना मन्तव्य राख्दै एक सहकारी एक उत्पादनको नितीलाई अबलम्बन गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा बार्षिक प्रतिवेदन एवं आगामी निती तथा कार्यक्रम संस्थाका अध्यक्ष क्या टोप बहादुर थापाले प्रस्तुत गर्नुभएको थियो । यस्तै प्रगति प्रतिवेदन सचिव मिना क्षेत्री, आर्थिक प्रतिवेदन कोषाध्यक्ष अमर बहादुर गुरुङग र लेखा प्रतिवेदन लेखा संयोजक झगेश्वर अर्यालले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत सम्पुर्ण प्रतिवेदन सर्व सम्मतीले पारित समेत भएको छ । अध्यक्ष क्या टोप बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष राम बहादुर बस्नेतको स्वागत, तथा सचिव मिना क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।

साधारण सभामा सफल उद्यमी, उत्कृष्ट सदस्य, किसान तथा सहकारीलाई सहयोग पु¥याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।


प्रकाशित : २०८१ मंसिर १६, आईतवार ०८:१८