ताजा अपडेट

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगा र गजेहडा भू.पू. सैनिक खानेपानीको १० औं वार्षिक साधारण सभा

Lumbini Darpan 2 २०८१ मंसिर १६, आईतवार ०८:२०
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
बाणगंगा र गजेहडा भूपू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त साधारण सभा ‘सफा पानि सफा बानि, सहयोग पुर्याउन भू।पू। सैनिक खानेपानी’ भन्ने मूल नारासहित शनिबार सम्पन्न भएको हो ।

साधारण सभाका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेशका सांसद विष्णु पन्थीले प्रदेश स्तरीय पानी परिक्षण ल्याबले यस क्षेत्रका जनता मात्र नभइ समग्र प्रदेशवासीनै लाभान्वित हुने बताए । यस क्षेत्रका जनातालाई शुद्ध पानी खुवाउन भू।पू।सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समिती अहोरात्र खटिएको भन्दै जनताको सेवामा खटिने सम्पूर्ण समितीलाई धन्यवाद समेत प्रदान गरेका थिए ।

उनले भू पू सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समितीले उत्कृष्ट काम गरेकाले यस क्षेत्रमा प्रदेश स्तरीय पानी परिक्षण ल्याब बनेको बताए । उनले अब विकास निर्माण गर्दा बसाइसराई र जनसंख्याको चापलाई मध्यनजर गर्दै दिर्घकालिन योजनाको साथ काम गर्नुपर्ने बताए ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले यस खानेपानीले नगरपालिका संग समन्वय गर्दै आएको स्मरण गर्दै यस क्षेत्रका जनतालाई शुद्ध, स्वच्छ खानेपानी उपलब्ध गराईरहेको बताए । उनले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्न नगरपालिका सदैव प्रतिवद्ध रहेको बताए । अध्यक्ष राजेन्द्र विक्रम शाहले समितिलाई लुम्बिनी प्रदेशकै एक नमुना आयोजनाका रुपमा विकास गर्न सफल भएको बताए । आफुले नेतृत्व गरेको खानेपानी संस्था प्रदेशभर चर्चाको केन्द्र बनेको उनले दाबी गरे ।

उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउन आफु प्रतिवद्ध रहेको उनले जिकीर गरे । उनले अझै पनि धेरैले खानेपानीको महत्व बुझ्न नसकेको बताए । स्थानीय सरकारदेखि संघीय सरकारले जनतासम्म सुरक्षित खानेपानी पुर्याउन थप लगानीसंगै चासो देखाउन जरुरी रहेको उनको भनाई छ । उनले पानीको अभावमा मानिसको जीवन रक्षा हुन नसक्ने बताउँदै उनले भने, ‘पानी विना मानव जिवनको कल्पना पनि गर्न सकिदैन् । पानी विना जीवनयापन हुन सक्दैन् ।’

साधारण सभामा समितीका सचिव कृष्ण बहादुर शाहीले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन, कोषाध्यक्ष राममाया रानाले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन बन्द तथा खुलासत्रबाट पारित भएको छ । यस्तै कार्यक्रममा आन्तरीक लेखा परिक्षण प्रतिबेदन संयोजक कमल पौडेलले र पानी सुरक्षा समितीको प्रतिबेदन संयोजक निर्मल शाहीले प्रस्तुत गरेका थिए ।

समितिले ४ करोड ५० लाख ६१ हजार ३०८ रुपैयाँ बराबरको निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कार्यक्रम समितीका अध्यक्ष राजेन्द्र विक्रम शाहको अध्यक्षता, उपाध्यक्ष झलक मल्ल ठकुरीको स्वागत मन्तब्य र सचिव कृष्ण बहादुर शाखीको संचालनमा सम्पन्न भएको हो ।

 


प्रकाशित : २०८१ मंसिर १६, आईतवार ०८:२०

Lumbini Darpan 2

लेखकबाट थप

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’
  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस
  • बालज्योती स्कुलद्धरा एसईई उतीर्ण विद्यार्थीलाई सम्मान, स्थापना देखि शत प्रतिशत नतिजा कायमै
  • बाणगंगा ३ मा १ दिने बहुसेवा शिविर संचालन, ४ सय जना लाभान्वित
  • नव प्रभात वनको मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विषयक वक्तृत्वकलामा भण्डारी प्रथम
प्रतिक्रिया

यो पनि पढौँ

रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा

ज्योति आधारभूत विद्यालय तिलोत्तमा ८, ४ नं मा शैक्षिक सामग्री वितरण

रसुवामा बाढी – ७ जनाको शव फेला

चिकित्सकहरु अझै सडकमा, आकस्मिक बाहेकका सेवा अवरुद्ध

भर्खरै

  • रसुवा बाढीमा परेका १० जनाको शव फेला, कति छन् बेपत्ता ?

  • बिहीबार यी नदीमा आकस्मिक बाढीको उच्च जोखिम

  • सय दिन पुग्दा पनि शाक्य असफल : आक्रोश उस्तै तीव्र”

  • बुद्ध एयरको ६ महिनाको आम्दानी ७ अर्ब ४१ करोड

  • ‘स्थानीय व्यवसाय माथि दवाव : नियमनको अभावमा स्थानीय उद्योग धरासयी बन्दै’

  • कपिलवस्तु जग्गा तथा आवास विकास संघले गुरुकुलका बटुकसंग मनायो स्थापना दिवस

  • ६० वर्षीय पुरुषले भेरी नदीमा हाम फाले

  • भोटेकोशीमा बेपत्ता भएका असईको शव त्रिशुली नदीमा फेला

  • रसुवा बाढीमा भेटिएका शव र मानव अङ्ग काठमाडौँ ल्याइँदै

  • अविरल वर्षाका कारण बर्दघाट क्षेत्र डुबानमा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

Follow Us

  • YouTube

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech