लुदस, कपिलवस्तु
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा शुद्धोधन गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा एमालेका उम्मेदवार मोहमद ताहिर मुसलमान १ हजार १ सय ५० मत ल्याइ निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।
एमाले उम्मेदवारका निकटतम प्रतिद्वन्द्वी कांग्रेशका दिनेश कुमार यादवले १ हजार ७६ मत प्राप्त गरेका थिए ।
त्यस्तै, जनमत पार्टीका सीताराम पटेल कुर्मीले ४ सय २३ मत प्राप्त गरेका छन् भने जसपा नेपालका रामबहादुर कुर्मी चौधरीले ३ सय ४१ मत प्राप्त गरेका छन् ।
निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका उम्मेदवार रफि मोहम्मद मुसलमानले १ सय ३८ मत ल्याउँदा रास्वपाका अशोककुमार चौधरीले ९२ मत ल्याएका थिए भने राप्रपा उम्मेदवार इनताज अहमद धोवीले ६६ र नागरिक उन्मुक्तिका उम्मेदवार सूर्यकुमार चौधरी थारुले ३३ मत प्राप्त गरेका छन् ।
यता निर्वाचनमा अशोक कुमार राई नेतृत्वको जनता समाजवादी पार्टीका उमेदवार रमेश कुमार पाण्डेय सहित स्वतन्त्र उमेदवारहरु पुजारी थारु र सर्वजित मल्लाहले शुन्य मत पाए । जसपा पार्टीको चुनाव चिन्ह गोलाकार भित्रको मुठ्ठीबाट लडेका पाण्डेय सहित तिन जनाले आफ्नै मत नपाएको देखिएको छ ।
कांग्रेसबाट विजयी वडाध्यक्ष तिलकराम यादवको निधन भए पछि उप निर्वाचन भएको हो ।