लुदस, कपिलवस्तु
सिद्धार्थ सामाजिक विकास केन्द्र बाणगंगा ४ कपिलवस्तुको बार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री एवं सांसद विष्णु पन्थीले सिद्धार्थ सामाजिक विकास केन्द्रले सामाजिक क्षेत्रमा रहेका कामहरुको प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको भयो । उहाँले समाजमा पछाडि परेका वर्ग तथा विपन्न वर्गको जीवनस्तर माथि उकास्न सिद्धार्थले खेलेको भूमिका उदाहरणीय रहेको बताउनुभयो ।
यस्तै समाज रुपान्तरणमा सिद्धार्थ सामाजिक विकास केन्द्रले खेलेको भुमिका महत्वपूर्ण रहेको जिल्ला समन्वय कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले बताउनु भएको छ । शिक्षा, स्वास्थ्य,रोजगार, कृषि लगायत समाजका हरेक क्षेत्रको उजागर गदै समय र देशको माग अनुसार संस्थाले काम गरेको भन्दै आचार्यले प्रशंसा गर्नु भयो ।
बाणगंगा नगरपालिकाका उप–प्रमुख रिता कुमारी चौधरीले बाणगंगा नगरपालिका बर्षोदेखि हातेमालो गर्दै अघि बढेको स्मरण गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । उहाले सिद्धार्थ सामाजिक विकास केन्द्रबाट सुरु गरेको यात्राले आफुलाई यहाँ सम्म ल्याउन सहयोग गरेको बताउदै संस्थाले समाज परिवर्तनमा अग्रणी भुमिका खेलेको बताउनु भयो ।
यस्तै कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापती विष्णु थापा, बाणगंगा भुपुसैनिक खानेपानी उपभोक्ता समितीका अध्यक्ष राजेन्द्र विक्रम शाह, किशोर किशोरी नगर संजाल अध्यक्ष अर्चना आचार्य लगाएतले बोल्दै संस्थाले नगर विकास एवं ग्रामिण तथा पिछडिएको बर्ग समुदायको उत्थानका निम्तिी संस्थाले खेलेको भुमिका सह्रायिन रहेको उल्लेख गर्नुभयो । साथै आगामी दिनमा पछिल्लो समय विकृतीको रुपमा फैलिएको लागु पदार्थ दुव्र्यसनी न्युनिकरण तर्फ पनि संस्थाले कार्यक्रम संचालन गर्नुपर्ने आवश्यक रहेको सुझाव दिनुभएको थियो ।
यता कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहीले संस्थाले विभिन्न निकायसंग समन्वय गर्दै सामाजिक उद्यमका कार्यक्रम समेत संचालन गरेको बताउनुभयो । विषेश गरि यो कार्यक्रम अन्तरगत महिलाहरुले लाभ लिन सफल भएको बताउनुभयो ।
सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहीको अध्यक्षता, उपाध्यक्ष हरिलाल शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थाका सचिव दुर्गा अर्यालले संस्थागत उद्देश्य, मुल्य मान्यता, कार्यगत अवधारणा, कार्य संचालन प्रक्रिया, कार्य क्षेत्र लगायतका बारेमा प्रकाश पार्नुभएको थियो ।
संस्थाको मातहतमा रही सन्चालित स्थानीय अधिकार कार्यक्रमको उदेश्य,कार्यक्षेत्र, लक्षित क्षेत्र, सफलता र चुनौतीका बिषयमा कार्यक्रम संयोजक अजय चौधरी, सिड्स विलिफ कार्यक्रमको परियोजनाका बरिष्ठ संयोजक आर.टी खान र रुपान्तरण कार्यक्रमको उदेश्य, कार्यक्षेत्र, लक्षित क्षेत्र, सफलता र चुनौतीका बिषयमा कार्यक्रम प्रबन्धक प्रकाश घिमिरले प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रमको उद्घाटन सत्र संस्थाका सहसचिव धु्रव बेल्बासे संचालन गर्नुभएको थियो । भने कार्यक्रमको सहजिकरण तथा सामाजिक परिक्षण रिपोर्ट सामाजिक परिक्षक संजय कुमार पासीले प्रस्तुत गर्नुभएको थियो ।
२०५२ सालमा स्थापना भएको संस्थाले आर्थिक सामाजिक सांस्कृतिक रुपमा पछाडी परेका वा पारिएका समुदाय गरिव, विपन्न, महिला, युवा, बालबालिका तथा सिमान्तकृत वर्गको अधिकार र चेतनाका लागि संगठन चेतना अभिवृद्धि र सशक्तिकरणमा रुपान्तरणमा जोड दिएको छ ।