सांसदको स्वतन्त्र अभिव्यक्तको अधिकार विशेषाधिकार समितिले सुनिश्चित गर्छ: सभापति न्यौपाने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
लुम्बिनी प्रदेश सरकारको विशेषाधिकार समितिका सभापति गिरधारीलाल न्यौपानेले विधायिकाको अधिकार र मर्यादाको रक्षा गर्न विशेषाधिकार समितिको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ ।

बुटवलमा लुम्बिनी प्रदेश सभा, विशेषाधिकार समितिको आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा सम्पन्न आयोजित संसदको विशेषाधिकार : सवैधानिक तथा कानुनी व्यवस्था र प्रचलित अभ्यास सम्वन्धि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै न्यौपानेले भन्नुभयो, “विधायिकाको गरिमा जोगाउँदै यसको प्रभावकारिता अभिवृद्धि गर्न हामी प्रतिबद्ध छौं । छिटो न्याय प्रदान गर्ने र सदस्यहरूको स्वतन्त्रता सुनिश्चित गर्न आवश्यक संरचना तयार गर्नुपर्ने हाम्रो प्राथमिकता हो ।”

कार्यक्रममा विधायिका सदस्यहरूको अधिकार, मर्यादा, स्वतन्त्रता, र प्रभावकारिताका विभिन्न आयाममाथि गहन छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले विधायिकाको प्रभावकारिता बढाउन अन्तर्राष्ट्रिय अभ्यासको अनुसरण र ती अभ्यासलाई स्थानीय सन्दर्भमा अनुकूल बनाउने विषयमा समेत ध्यान केन्द्रित गरेका थिए ।
विधायिका सम्बन्धी विवाद समाधानका लागि छिटो निर्णय गर्ने प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा पनि जोड दिइएको थियो ।

सभापति न्यौपानेले विधायिकाको स्वायत्तता र लोकतान्त्रिक प्रणालीलाई सबल बनाउन विशेषाधिकार समितिको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँका अनुसार, “समितिले स्वस्थ र मर्यादित वातावरण निर्माण गर्दै विधायिकालाई थप प्रभावकारी बनाउने दिशामा आफ्नो जिम्मेवारी पूरा गर्नेछ ।”कार्यक्रमले अघि सारिएका सुझाव र मार्गनिर्देशनलाई कार्यान्वयन गर्न विशेषाधिकार समितिले प्रतिबद्धता व्यक्त गरेको छ ।

विशेषाधिकार समितिले विधायिकाको स्वायत्तता सुनिश्चित गरी जनप्रतिनिधिहरूलाई स्वतन्त्र रूपमा अभिव्यक्त हुने वातावरण बनाउँने यो समितिले लोकतान्त्रिक शासन प्रणालीको शुद्धता र कार्यक्षमता बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने सभापति न्यौपानेले बताउनुभयो ।

यस्तै विषय विज्ञ तथा संविधानसभा सदस्य खिमलाल देवकोटा, योगेन्द्रराज तिमल्सिना र शिव गौडेलको प्रस्तुति र संयुक्त राष्ट्र संघीय संसद सहयोग परियोजनाको प्राविधिक समर्थनले समितिको काम, कर्तव्य र अधिकारको व्यवस्थालाई थप स्पष्ट बनाएको बताईएको छ ।

लुम्बिनी प्रदेश सभा, विशेषाधिकार समितिका सभापति न्यौपानेको अध्यक्षता, समिति सदस्य निमा गिरीको स्वागत मन्तब्य तथा सचिव सम्झना सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।


प्रकाशित : २०८१ मंसिर २०, बिहीबार ०६:३४