
प्रकाश गौतम
परिचित बचत तथा ॠण सहकारी सस्था तिलोत्तमा १२ को १४ औ बार्षिक साधारण सभा अधिवेशन तिलोत्तमा १२ को जनता माध्यमीक बिद्यालयमा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष चित्र बोहोरा क्षेत्रिको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले अहिले सबै क्षेत्रको आर्थिक अबस्था बिग्रदै भएको भन्दैै त्यसको असर सहकारी क्षेत्रमा रहेको बताउनु भयो । उहाँले सहकारीले सदस्यहरुकोे आर्थिक अबस्था बलियो हुदै गएको बताउदै महिलाहरुको आर्थिक सामाजिक र अधिकारको क्षेत्रमा काम गरेको भन्दै नगरपालिकाकले सधै सहयोग गर्ने बताउनु भयो ।
तिलोत्तमा नगरपालिका वडा न ११ अध्यक्ष बिष्णु बराल क्षेत्रि र गोपाल घिमिरेले राज्यको सही सोच र ब्यबाहार सहकारीमा हुन नसकेका कारण सहकारीक्षेत्र धरासायी भएको बताउनु भयो ।उहाहरुले सहकारीलाई समय सापेक्ष बनाउनु पर्ने बताउर्दै उदेस्य अनुसार लगानी गर्न अग्राह गर्नु भयो । राष्ट्रिय सहकारी बैक ड्राइभरटोलका प्रमुख बाुदेव कोइरालाले ग्रामीण होस या सहर सहकारीले आय आर्जन र जिबिको पार्जनका लागी भुमीका निर्वाह गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा केन्द्रीय दुग्घ सहकारी संघका केन्द्रीय सदस्य हरि काफ्ले ,प्रगतिशिल महिला बिकाश बहुउदेश्यीय सहकारी तिलोत्तमा १० सहकारीका अध्यक्ष सीता न्यौपाने, जुटपानी टोल बिकाश संस्थाका अध्यक्ष कृष्ण थारु लगायतले अहिले सहकारीहरुको अबस्था चुनौती र अवशरका बिषयमा आफ्ना भनाइ राख्नु भएको थियो । सहकारीका अध्यक्ष चित्र ब बोहोरा क्षेत्रिले अध्यक्षको प्रतिबेदन पेश गर्नु भएको थियो । कार्यक्रमका अवशरमा सहकारीले बिद्यार्थि , जेष्ठ सदस्य , अशल ऋणी , बचत कर्ता , अशल समुह लाई सम्मान गरेको छ ।
सहकारीका उपाध्यक्ष अनिता गुरुङ स्वागतमा भएको कार्यक्रमको सन्चालन सचिव रामु कंवरले गर्नु भएको थियो । यसैबिच आजै सम्पन्न अधिबेशन बाट पुन चित्र बोहोरा क्षेत्रिको अध्यक्षता नयां समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा रामु कंवर , सचिवमा चन्द्रकला अधिकारी , कोषाध्यक्षमा पबित्रा घिमिरे रहनु भएको छ । जसको सदस्यमा चन्दा गुरुङ , लक्ष्मी पान्डे , शारदा शुबेदी , दुर्गा यादव , बाल कृष्ण पान्डे रहनु भएको छ । त्यसैगरी निता गुरुङको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । जसको सदस्यमा प्रेम कुमारी ठकुरी र सिर्जना बराल रहनु भएको छ ।

