हरि आचार्य, कपिलवस्तु
१५ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८१ मा आयोजना गरिएको अन्तरविद्यालय ब्याडमिन्टन प्रतियोगितामा स्काईलार्क माध्यमिक विद्यालय ओदारी प्रथम हुन सफल भएको छ । ब्याडमिन्टन प्रतियोगितामा स्काईलार्कका विद्यार्थीहरु मनसुन पुन मगर र धर्मानन्द पाठक प्रथम भएको विद्यालयका प्राचार्य तोलाकान्त डुम्रेले जानकारी दिनुभएको छ ।
त्यस्तै होराईजन मावि सिद्धिपुरका रोमन सेन र सिजन बिष्ट द्धितीय तथा भर्तापुर माध्यमिक विद्यालयका रिजन गिरी र सिमन सुनार तृतीय हुन सफल भएको कार्यक्रमका संयोजक तथा प्याब्सन बाणगंगा नगर कमिटीका अध्यक्ष अन्जित खनालले जानकारी दिनुभएको छ । स्काईलार्क माविका प्राचार्य तोलाकान्त डुम्रेले प्रथम विद्यार्थीहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै विद्यालयमा पठनपाठनसंगै अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिएको परिणाम यो भएको बताउनुभयो ।

प्रतियोगितामा रेशम खनाल र सुर्य पोख्रेल रेफ्रिको भुमिकामा रहनुभएको थियो । १५ औं कपिलवस्तु महोत्सवमा ब्याडमिन्टन, भलिबल, लोकनृत्य, लोक गीत, वक्ततृत्वकला लगायतका खेलकुद तथा प्रतियोगिता आयोजना गरिएको शैक्षिक संघ संस्था समन्वय समिति संयोजक वासुदेव घिमिरेले जानकारी दिनुभयो ।




















