
हरि आचार्य, कपिलवस्तु
श्री जनज्योती माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडाध्यक्ष बिष्णु गिरीलाई सर्वसम्मत रुपमा चयन गरिएको छ । कपिलवस्तुको बाणगंगा ७ मोतिपुर स्थित उक्त विद्यालय व्यवस्थापन समितिको नेतृत्व वडाध्यक्ष गिरीलाई सर्वसम्मत रुपमा प्रदान गरिएको हो । बाणगंगा धेरै विद्यालयमा बर्षौ देखि व्यवस्थापन समिति गठन हुन नसकेको अवस्थामा जनज्योती माध्यमिक विद्यालयमा अघिल्लो कार्यसमितिको कार्यकाल सकिएको २५ दिन पछि नयाँ नेतृत्व चयन गरि उदाहरण प्रस्तुत गरेको छ ।
विभिन्न रानीतिक दल, अभिभावक, शिक्षक, कर्मचारीहरुको सहमतिमा वडाध्यक्ष गिरीलाई नै अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो । गिरी नेतृत्वको समितिको सदस्यहरुमा क्या.टोप बहादुर थापा, शान्ता खनाल, सृजना सेजवाल, राम प्रसाद थारु, भिमलाल पाण्डे, सुनिता आचार्य (न्यौपाने), शिक्षक प्रतिनिधि झगेश्वर अर्याल, सदस्य सचिवमा प्रधानाध्यापक नारायण प्रसाद घिमिरे रहनुभएको छ ।
त्यस्तै छेदा थारुको अध्यक्षतामा शिक्षक अभिभावक संघ सर्वसम्मत रुपमा गठन गरिएको छ । जसको सदस्यहरुमा धनिश्वरा थारु, मनकुमारी परियार, राम बहादुर नेपाली, दिल बहादुर थारु, अनिता श्रेष्ठ, गीता जिसी, सबिता न्यौपाने, शिक्षक प्रतिनिधि मोहन कंडेल, पदेन सदस्य बिष्णु गिरी, सदस्य सचिवमा प्रधानाध्यापक नारायण प्रसाद घिमिरे रहनुभएको छ । विद्यालय ब्यबस्थापन समिति र शिक्षक अभिभावक संघका सम्पुर्णलाई टिका, माला सहित विद्यालयले शुभकामना व्यक्त गरेको विद्यालयका सुचना अधिकारी ईन्द्रमणि पाण्डेले जानकारी दिनुभयो ।
नवगठित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु गिरीले आफुलाई योग्य सम्झेर जिम्मेवारी प्रदान गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्नुभयो । वडाध्यक्ष समेत रहनुभएका गिरीले पद र जिम्मेवारी मात्र पाउनु ठुलो कुरा नभई जिम्मेवारी वहन गरि उत्कृष्टता हासिंल गर्नु ठुलो कुरा रहेको बताउनुभयो । अध्यक्ष गिरीले विद्यालयलाई उत्कृष्ट बनाउनका लागि तत्काल गर्नुपर्ने योजना र दीर्घकालीन योजनाहरु समेत प्रस्तुत गर्नुभएको छ । उहाँले सबैको साथ र सहयोगले नै आफु अगाडि बढ्ने बताउँदै सम्पुर्णले आ आफ्नो जिम्मेवारी निर्वाह गर्न समेत सचेत गराउनुभयो ।
कार्यक्रममा कक्षा १२ का छात्रा दिया गिरी, शिव वन्जाडे, छेदी थारु, शेषकान्त बेल्बासे, कृष्ण खनालले शुभकामना मन्तब्य राख्दै समितिको नेतृत्व शैक्षिक र समाजिक व्यक्तिलाई प्रदान गरेकोमा खुसी व्यक्त गर्दै निरन्तर समन्वय हुने बताउनुभएको थियो । विद्यालयका प्रधानाध्यापक नारयण पसाद घिमिरेले नवगठित ब्यबस्थापन समितिले विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था बनाउने विश्वास व्यक्त गर्नुभयो ।
सोहि कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रको उत्थानशिल समुदाय विकासका लागि समावेशी जिविकोपार्जन तथा शिक्षा सवलीकरण कार्यक्रम (विलिफ) कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई छात्रवृत्ति सहित शैक्षिक सामग्री प्रदान गरिएको छ । गरिव, विपन्न, अपांगता तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति सहित शैक्षिक सामग्री प्रदान गर्नुका साथै वालविकास कक्षाकोठाको स्तरोन्नति गरि विभिन्न शैक्षिक सामग्रीको ब्यबस्थापन गरिएको विलिफ कार्यक्रमका प्रबन्धक आर.टी.खाँनले बताउनुभएको छ ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको विलिफ कार्यक्रम अन्तर्गत शिक्षा विभाग टिम लिडर मन्जु भट्राई, विभिन्न संघ संस्था, टोल विकास संस्था, विद्यालयका शिक्षक कर्मचारी, विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रम विद्यालयका शिक्षक चुरामणि पौडेलको स्वागत तथा शिक्षक झगेश्वर अर्यालको सञ्चालनमा सम्पन्न भएको हो ।

