
हरि आचार्य, कपिलवस्तु
मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँएको छ । सोहि क्रममा मानव अधिकार एलाईन्स कविलवस्तुले मानवअधिकारको कानूनी ब्यबस्था र हाम्रो भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरि अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएको हो । अन्तरक्रिया कार्यक्रममा मानव अधिकार एलाईन्सका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज रोमकान्त घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै मानवअधिकारको कानूनी ब्यबस्था र हाम्रो भूमिकाबारे स्पष्ट पार्नुभएको थियो ।
उहाँले मानवअधिकार भनेको के हो, मानवअधिकार कुन कुन चरणमा आबश्यक छ, मानवअधिकारको विकासक्र, सामाजिक, आर्थिक, राजनीतिक, नागरिक र सांस्कृतिक अधिका गरि ५ वटै अधिकार, मानव अधिकारका सिद्धान्तहरु, नेपालको संविधानमा भएका मौलिक हक सम्बन्धि व्यवस्थाहरु, नागरिक तथा राजनीतिक अधिकारहरू, मौलिक हक कार्यान्वयन गर्न बनेका महत्वपूर्ण ऐनहरुको बारेमा स्पष्ट पार्नुभएको थियो ।
केन्द्रिय सचिव घिमिरेले अधिकार भन्ने कुरा कसैले लिने वा दिने कुरा नभई स्वतः पाउनु पर्ने नैसर्गिक अधिकार रहेको बताउनुभयो । सहभागीको जिज्ञासा मेटाउदै घिमिरेले अधिकारको सम्मान, संरक्षण, अधिकार उपयोग् गर्ने वातावरण् निर्माण, जनसशक्तीकरण, जनतालाई अधिकार दावी गर्न र उपयोग गर्न सक्ने बनाउने, पैरवी वकालत लगायत हाम्रो भुमिकाको बारेमा पनि जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा मानव अधिकार एलाईन्स कपिलवस्तुका अध्यक्ष रीता बोहोराको अध्यक्षता, एलाईन्सका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज रोमकान्त घिमिरेको प्रमुख आतिथ्यता तथा एलाईन्सका पदाधिकारी, सदस्यहरु तथा अन्य मानव अधिकार सम्बद्ध सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ ।