पत्रकार महासंघ कपिलवस्तुमा मतदान सम्पन्नः ८१ मत खस्यो, मतगणना सुरु

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

हरि आचार्य, कपिलवस्तु
नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको मतदान सम्पन्न भएको छ । ३ बजे सकिएको मतदानमा ८१ मत खसेको निर्वाचन समिति संयोजक सरोज खनालले जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघको नेतृत्वको लागि २ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेतृत्वका लागि पार्वती पाण्डे, र डिलाराम भुसाल चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

पाण्डे प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रगतिशिल पत्रकार संघ नेपाल र समाजवादी प्रेस संगठनको संयुक्त प्यानलबाट उम्मेद्वार बनेकी हुन भने भुसाल प्रेस सेन्टर र प्रेस मञ्चको संयुक्त प्यानबाट उम्मेद्वार बनेका हुन् ।

पत्रकार महासंघ कपिलवस्तुमा ८८ जना सदस्य रहेका छन् । सर्वदलीय बैठक बसेर मत गणना सुरु गरिसकिएको निर्वाचन समितिले जनाएको छ ।


प्रकाशित : २०८१ मंसिर २८, शुक्रबार १८:२९