ताजा अपडेट

बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

बाणगंगामा १५ करोड लगानीमा ७ तले ‘होटल मझेरी’ सञ्चालन, यस्ता छन् सुविधा !

Lumbini Darpan 2 २०८१ पुष १, सोमबार ०८:२९
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
करिब १५ करोड लगानीमा कपिलवस्तुको बाणगंगा नगरपालिकामा होटल मझेरी संचालनमा आएको छ । जनप्रतिनिधि छवीलाल रेश्मी मगर र होटल ब्यवसायी पर्शुराम थारुले नगरपालिकाको वडा नम्बर १ चार नम्बर जितपुरमा होटल मझेरी संचालनमा ल्याएका हुन् ।

करिब १०० जना अतिथिहरुलाई स्वागत गर्न सकिने गरी होटल संचालनमा ल्याइएको वडा नम्बर ४ का वडा अध्यक्ष तथा तथा संचालक छविलाल रेश्मी मगरले जानकारी दिए ।

उनका अनुसार होटल मझेरी यस क्षेत्रकै सुविधा सम्पन्न होटल रहेको छ । ७ तला रहेको होटलमा एक रातको लागि एक हजारदेखि १० हजारसम्मका सुविधासम्पन्न कोठाहरु रहेका छन् । संचालक रेश्मीले भने, ‘धेरै अध्ययन गरेर होटल संचालनमा ल्याएको छ, यहाँ स्टारलेभलको सुविधा हुनेछ । होटलका रुमहरु विदेशमा बसेजस्तो अनुभूति हुनेगरी डिजाइन गरिएको छ ।

उनले त्यहिअनुसार लुम्बिनी विकास कोष, त्यससम्बद्ध संस्थाहरुसंग पनि संयोजन भएको बताए । अब लुम्बिनी, कपिलवस्तु आएका कुनै पनि अतिथिले बास बस्न अन्य स्थानमा डुल्न पर्दैन, रेश्मी थप्छन्, ‘अब टुर प्याकेजमार्फत् पनि होटलको प्रचार गरिनेछ । नेपाल र भारतका ठाउँमा लामो अध्ययनपछि यस्तो होटलको परिकल्पना गरिएको हो । यसले यस क्षेत्रमा पर्यटन प्रवद्धन गर्न टेवा पुग्ने विश्वास गरेको छु ।’

राजापापानीमा थारु भिलेज संचालन गरिरहेका पर्शुराम थारुले रेश्मी र आफ्नो लगानीमा होटल संचालन भएको बताउँदै यहाँ स्थानीय रैथाने खानाको रुपमा रहेको थारु परिकारलाई पनि प्राथमिकतामा राख्ने बताए । राजापानी र थारु भिलेजमा एकै नासको सुविधा दिइने उनले बताए ।

राजापानी र चार नम्बरका होटलमा माछा, लोकर कुखुरा, हाँसका परिकारको साथमा पारिवारिक जमघट हुने बातावरण सिर्जना गर्ने थारुको भनाई छ । संचालक रेश्मीका अनुसार होटलमा अहिले ३२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । होटलमा सुविधा सम्पन्न २८ कोठाहरु छन् । भिभिआइपी र भिआइपी कोठामा छिरेपछि आफै पकाएर खाना खान सकिने छ भने सयन कक्ष पनि रहेको छ ।

यसका साथै १ सय जनासम्म अट्ने गरी मिटिङ हल पनि बनाइएको छ । सात तलामाथि रुफटप रेस्टुरेन्ट रहने छ भने त्यहाँबाट बाणगंगा नगरपालिकाभरलाई नियाल्न सकिने छ । होटलको आइतबार उद्घाटन गरिने र उद्घाटनका अवसरमा १५५ छुटको ब्यवस्था गरिएको संचालक बताउँछन् । होटलमा प्रशस्त पार्किङ सुविधा पनि रहेको छ ।

कोरोनापछि धेरै ब्यवसायी पलायन भएको देखेपछि स्वदेशमै केहि गर्नुपर्छ भन्ने प्रेरणा बोकेर मोटो लगानीमा होटल संचालनमा ल्याइएको संचालकद्धय बताउँछन् ।

होटलको संचालनपछि निकै राम्रो प्रतिक्रिया आइरहेको उनीहरुको भनाई छ । होटलमा विद्यूतीय सवारी चार्ज गर्ने ब्यवस्था पनि मिलाइएको छ ।

यो आफ्नो लागि ठुलो चुनौति रहेपनि सबैबाट सहयोग मिल्ने रेश्मीले विश्वास गरे । खान र बस्नको लागि मात्र नभएर दैनिक खाजानास्ताको लागि बाहिरी होटलहरुमाभन्दा महंगो नभएको उनले जानकारी दिए ।

होटल मझेरीको संचालनपछि यस क्षेत्रमा अब बिभिन्न पाहुनाहरुलाई राख्न सकिने बताउँदै सरोकारवालाले खुसी ब्यक्त गरेका छन् । होटलले बाणगंगा नगरपालिकाकै गरिमा बढाउने अपेक्षा गरिएको छ ।


प्रकाशित : २०८१ पुष १, सोमबार ०८:२९

Lumbini Darpan 2

लेखकबाट थप

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो
  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान
  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा
  • १६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न
  • १६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो
प्रतिक्रिया

यो पनि पढौँ

भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

१४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न कपिलवस्तु उद्योग वाणिज्य संघ र वेयलफेयर एकसाथ, ६० प्रतिशत काम सम्पन्न

महेन्द्र मा. वि काे ६५ औ बार्षिकाेत्सव सम्पन्न

१६ औँ कपिलवस्तु महोत्सवका आकर्षणः पहिलोपटक स्नो सिटि, जलपरी, सुनामी पिङ्ग नौलो

१६ औं कपिलवस्तु महोत्सवको आकर्षणः जानकी मन्दिरको झल्को दिने मुल प्रवेशद्धार बनाईदै

१६ औं कपिलवस्तु महोत्सव सफल पार्न स्थानीय व्यवसायी एकजुट

१६ औं कपिलवस्तु महोत्सव: डान्स आईडलको अडिसन सुरु, नृत्यकर्मीको मोह बढ्दै

मनकामना सामुदायिक वनको साधारण सभा : ६ करोड बढीको बजेट प्रस्तुत

बाणगंगा दुग्ध उत्पादक सहकारीको २३ औँ वार्षिक साधारण सभा सम्पन्न

भर्खरै

  • बुटवलमा एजुकेशन ट्रि ग्लोवलको नयाँ शाखाः विदेश अध्ययन चाहने विद्यार्थीलाई लक्षित सेवा प्रारम्भ

  • भूमि आयोग खारेजीविरुद्धको रिटको पेसी आज, अन्तरिम आदेशबारे निर्णय हुने

  • केन्द्रीय अध्यक्ष थापाद्धारा कपिलवस्तुमा लोक तथा दोहोरीगीत प्रतिष्ठानको कार्यालय उद्घाटन

  • १४ औं कपिलवस्तु डान्स आईडलका लागि १५ जना छनौट, नृत्यमा आकर्षण बढ्दो

  • विदेशीलाई शरण दिनेसम्बन्धी फैसलामा ट्रम्पको रोक

  • एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दे

  • हिलबर्ट स्कुलमा कुशल अभिभावकीय कला अभिप्रेरणात्मक तालिम प्रदान

  • लुम्बिनी भिजन कलेजका समृद्ध ज्ञवाली जिल्ला प्रथम

  • आफ्नै क्लिनिक मार्फत स्वदेशमा सम्भावना खोज्दैः रुचिका

  • प्रथम डान्स स्टारबाट छैठौं दिनसम्म १९ प्रतिस्पर्धी बाहिरिए, ११ जना प्रतिस्पर्धामा


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2025: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech