ताजा अपडेट

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

वेलफेयरले १६ औं महोत्सवको मिति तय गर्दा व्यापार संघको विज्ञप्ति, सम्झौता विपरित भएको दाबी

Lumbini Darpan 2 २०८१ पुष ४, बिहीबार ०८:२६
[sharethis-inline-buttons]

लुदस, कपिलवस्तु
भर्खर मात्रै १५ औँ कपिलवस्तु महोत्सव सकिएको छ । महोत्सवक पुर्णतया सम्पन्न हुन नपाउँदै आउँदो वर्षको महोत्सव कसले आयोजना गर्ने भन्ने सवालमा यहाँका तीन संस्थाले आ–आफ्नै घोषणा र दाबी बिरोध गर्न भ्याइसके । चार नम्बर स्थित बुद्ध रङ्गशालामा आयोजना हुँदै आएको कपिलवस्तु महोत्सव हाल सम्म कपिलवस्तु उद्योग वाणिज्य संघ र बाणगंगा वयलफेर सोसाइटीले आयोजना गर्दै आएका छन् । यसबीचमा गत वर्ष देखि नै यही महोत्सव आयोजना गर्ने घोषणा गर्दै कपिलवस्तु उद्योग व्यापार संघ समेत तयार देखियो । यही बेला १५ औँ कपिलवस्तु महोत्सव नसकिदै आउँदो १६ औँ संस्करण बाणगंगा वयलफेयर सोसाइटीले आयोजना गर्ने घोषणासहितको निमन्त्रणा सार्वजनिक भएपछि पुनः ती तीन संस्थाबीच महोत्सव आयोजनाबारे हानथाप सुरु भएको हो ।

यस अघि १५ औँ कपिलवस्तु महोत्सव आयोजनाका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले कपिलवस्तु महोत्सव हाल सम्म जसले आयोजना गरेको छ उनै संस्थाले आयोजना गर्ने बताएका थिए ।

पत्रकारले राखेका जिज्ञासाको जवाफ दिदैँ क्षेत्रीले कपिलवस्तु उद्योग वाणिज्य संघले कपिलवस्तु महोत्सव आयोजना गरेको र आगामी दिनमा पनि गर्ने उनको घोषणा थियो । उनको भनाइलाई आधार मान्दा हाल सम्म पनि कपिलवस्तु उद्योग वाणिज्य संघ र बाणगंगा वयलफेयर सोसाइटीले आलोपालो यो महोत्सव आयोजना गरिरहेका छन् ।

यता कपिलवस्तु उद्योग व्यापार संघले भने कपिलवस्तु महोत्सव आयोजनाका सवालमा बाणगंगा नगरपालिकामा तीन संस्थाका प्रमुखहरुसहित नगर प्रमुख, उपप्रमुख रिता कुमारी थारु, निमित्त प्रमुख प्रशासकिय अधिकृत राज कुमार तिवारी लगाएतको उपस्थितिमा बैठक बसी सहमति गरको थियो । उद्योग व्यापार संघका अध्यक्ष खिमानन्द पौडेल (कोपिल) का अनुसार २०८० सालमा बसेको उक्त बैठकले आलो पालो महोत्सव आयोजना गर्ने निर्णय गरेकाले आउँदो वर्ष अर्थात २०८२ सालको महोत्सव आयोजना कपिलवस्तु उद्योग व्यापार संघले गर्ने बताउँछन् ।

उनको यो भनाइलाई अध्ययन गर्दा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा २०८० असोज १४ गते बसेको भनिएको बैठकले उक्त वर्ष बाणगंगा वेलफेयर सोसाइटीले आयोजना गर्ने, २०८१ मा कपिलवस्तु उद्योग वाणिज्य संघले संचालन गर्ने र २०८२ मा उद्योग व्यापार संघ कपिलवस्तुले आयोजना गर्ने विषयमा सहमति भएको देखिन्छ ।

उक्त सहमतिका लागि बसेको बैठकमा व्यापार संघका अध्यक्ष पौडेलसहित वेलफेयरका अध्यक्ष राजकुमार खाँड र कपिलवस्तु उद्योग वाणिज्य संघका तत्कालिन अध्यक्ष डोलकराम घिमिरेको उपस्थिति थियो । तर हाल यो विषय भने पुनः कसले आयोजना गर्ने भन्ने सतहमा आएको छ ।

अर्को तर्फ बाणगंगा वेलफेयर सोसाइटीले निमन्त्रण कार्ड सार्वजनिक गरेपछि उद्योग व्यापार संघ चिडिएको छ । तत्कालका लागि भने कपिलवस्तु उद्योग वाणिज्य संघले यस विषयमा आफ्नो संस्थागत धारणा सार्वजनिक गरेको छैन । तर मेला आयोजना कसले गर्ने भन्ने विषयमा यी तीन संस्थाबीच राम्रै जुहारी चलिरहेको प्रष्टै बुझ्न सकिन्छ ।

संघका अध्यक्ष खिमानन्द पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै सम्झौता विपरित वाणगंगा वेयरफेयर सोसाइटीले १६ औँ कपिलवस्तु महोत्सवको मिति तय गरेकोमा व्यापार संघले आपत्ति जनाएको उल्लेख छ । सम्झौता विपरित आफुहरुलाई कुनै पनि जानकारी नगराइ तोकिएको मिति कुनै पनि हालतमा नमान्ने उद्योग व्यापार संघ कपिलवस्तुका अध्यक्ष पौडेलले बताउँछन् ।

सम्झौता यस्तो छ

वेलफेयरको निमन्त्रणा यस्तो छ

 


प्रकाशित : २०८१ पुष ४, बिहीबार ०८:२६

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

किसानको भरोसाको आधार बन्दै कृषि तथा पशु बहुउद्देश्यीय सहकारी

भर्खरै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

  • शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

  • दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech