ताजा अपडेट

लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

सुनचाँदीको मुल्य बढ्यो

जीवनका निर्णय

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Sample Image

लुम्बिनीमा वनको क्षेत्रफल बढ्यो, कृषिको घट्यो

Lumbini Darpan 2 २०८१ पुष १२, शुक्रबार ०६:३४
[sharethis-inline-buttons]

बुटवल, पुस १२ गते
लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल बढेर ५४.७ प्रतिशत पुगेको छ । प्रदेशको कुल क्षेत्रफल १९ लाख १९ हजार ४१७ हेक्टर रहेकोमा १० लाख ४९ हजार ४०८ हेक्टर भूभाग वनले ओगटेको पछिल्लो अध्ययनले देखाएको छ । सन् २००० मा प्रदेशको कुल क्षेत्रफलको ४८.६ प्रतिशत वन क्षेत्रफल रहेकोमा सन् २०१९ मा ५१.३ प्रतिशत हुँदै अहिले ५४.७ प्रतिशत पुगेको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले तयार गरेको राष्ट्रिय भूक्षेत्र अनुगमन प्रणाली प्रतिवेदनले लुम्बिनी प्रदेशमा वन क्षेत्रफल वृद्धि भएको देखाएको हो । प्रतिवेदनका अनुसार यही अवधिमा वन बुट्यान क्षेत्रको क्षेत्रफल भने २.९ प्रतिशतबाट घटेर २.३ प्रतिशतमा झरेको छ ।

पछिल्लो दुई दशकमा कृषि भूमि खुम्चिएर सात लाख ३३ हजार ८०१ हेक्टरबाट छ लाख १४ हजार ५२१ हेक्टरमा आएको छ । कृषि भूमि, जल क्षेत्र, चट्टानी भूभाग, घाँसे मैदान र बुट्यान क्षेत्र खुम्चिँदा वनको क्षेत्रफल भने बढेको हो । प्रतिवेदनले प्रदेशको कृषि भूमि अहिले मानवनिर्मित संरचनाले भरिँदै गएको र दुई दशकको छोटो अवधिमै प्रदेशको कुल भूभागको ०.१ प्रतिशतबाट चार प्रतिशत भूभाग मानवनिर्मित संरचनाले ढाकिएको देखाएको छ ।

छ दशकअघि भने लुम्बिनी प्रदेशको तराईको ७० प्रतिशत भूभागमा वन रहे पनि अहिले तराईमा महेन्द्र राजमार्गको छेउछाउमा मात्रै वन सीमित भएको छ । वातावरणविद् युवराज कँडेलले पहाडबाट बसाइँ सरी तराई झर्ने, पहाडका खेत र बारी वनमा परिणत हुने तथा पछिल्लो समय काठदाउरा प्रयोग गरी खाना पकाउने प्रचलनमा भारी कमी आएकाले पनि वनको क्षेत्रफल वृद्धि भएको बताउनुभयो ।

उहाँका अनुसार अहिले प्रदेशको १३.८२ प्रतिशत वन मात्र तराई क्षेत्रमा छ ।
अहिले लुम्बिनी प्रदेशको सबैभन्दा धेरै वन चुरे र मध्य पहाडी क्षेत्रमा छ । वन मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को प्रगति प्रतिवेदन अनुसार यी क्षेत्रमा प्रदेशको क्रमशः ४३.५८ प्रतिशत र ३३.१२ वन रहेको छ । वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रले सार्वजनिक गरेको वन क्षेत्रको पछिल्लो नक्सा हेर्दा प्रदेशको ८० प्रतिशत वन चुरे र मध्य पहाडी क्षेत्रमै रहेको देखिएको छ ।

वातावरणविद् कँडेलले लुम्बिनी प्रदेशमा वनको क्षेत्रफल वृद्धि हुनुमा सामुदायिक वनको भूमिका र पहाडी क्षेत्रको बसाइँसराइलाई कारक तत्वका रूपमा रहेको बताउनुभयो । लुम्बिनीको चुरे र मध्यपहाडी क्षेत्रमा तीन हजार दुई सयभन्दा बढी सामुदायिक वन समूह छन् । यी समूहले वन संरक्षण गरेकाले पनि पहाडी क्षेत्रमा वन वृद्धि भएको कँडेलको भनाइ छ । पछिल्लो समयमा पहाडी क्षेत्रबाट तराई र अन्यत्र बसाइँ सरी जाने प्रवृत्ति उच्च रहेकाले वन उपयोग गर्ने जनसङ्ख्या पहाडी क्षेत्रमा निरन्तर ओरालो लागिरहेको देखिएको हो ।


प्रकाशित : २०८१ पुष १२, शुक्रबार ०६:३४

Lumbini Darpan 2

लेखकबाट थप

  • प्राविधिक शिक्षाकाे हव कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा अभिमुखीकरण
  • मिराई ल्याङ्गवेजको प्रथम स्थापना दिवसः वालगृहमा खाद्यान्नसंगै शैक्षिक सामग्री वितरण
  • बाल माविको नतिजा प्रकाशन, पुरस्कार वितरण तथा अभिभावक भेला सम्पन्न
  • कपिलवस्तु १ मा युवाहरु एमाले प्रति उत्साहित, २ सय बढी युवा एमालेमा प्रवेश
  • होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुद्धारा प्रशासनको सुचना पालना गर्न अनुरोध
प्रतिक्रिया

यो पनि पढौँ

नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल

शुक्लाफाँटाको जंगलमा हराएका १४ महिला भेटिए

दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

चोरी बढ्दा पनि प्रहरीले देखाएन चासो, बाणगंगामा श्रृंखलाबद्ध चोरीले स्थानीय त्रसित

मन्त्रिपरिषद्को निर्णय : सांसदले अब स्वकीय सचिव नियुक्त गर्न पाउने

रोजगारीको सुनिश्चितता बिनाका तालिम बन्द गरिने, नयाँ कार्यविधि ल्याइँदै : श्रममन्त्री यादव

सर्वोच्चद्वारा निजी मिडिया माथिको सरकारी विज्ञापन प्रतिबन्ध बदर

बनगाईमा यात्रुबाहक दुई बस एकआपसमा ठोक्किँदा करिव २ दर्जन घाइते

मिटरब्याज पीडितसँग वार्ताका लागि निजगढ पुगे गृहमन्त्री

भर्खरै

  • लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै

  • नागढुङ्गा सुरुङमार्ग भोलि उद्घाटन हुँदै

  • हरिशयनी एकादशीमा भक्तिमय बन्दै जीतपुर

  • एकादशीको पावन अवसरमा कपिलवस्तुमा ‘युवा भजन साँझ–२०८३’ हुँदै

  • श्रावण १३ देखि लक्ष्मणघाट बोलबमधाममा एकमहिने श्रावणी धार्मिक मेला सुरु हुँदै

  • सुनचाँदीको मुल्य बढ्यो

  • जीवनका निर्णय

  • अर्थमन्त्री वाग्लेलाई सहभागी नगराई प्रधानमन्त्री बालेनको व्यवसायीसँग निरन्तर छलफल

  • सामान किन्दा सक्कली बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा, १० लाखसम्म जित्ने अवसर

  • बजेट कार्यान्वयनका लागि अर्थमन्त्री डा. वाग्लेले शुरु गरे सचिवहरूसँग छलफल


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
प्रबन्ध सम्पादक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  
 

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech